विषयवस्तुमा जानुहोस्

कथाः मेरी स्वास्नी र त्यो मान्छे

(साभारः समकालीन साहित्य)

– सञ्जय बिष्ट-

आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: जसो ऊ त्यही बाटो हिँड़्थ्यो।
‘त्यस’-को नाम जान्दैन देवेन्द्र। आकृति अर्थात् शारीरिक बनावटले त्यो देवेन्द्रजस्तै छ। म मान्छे हुँ— को बोध उसलाई यही आकृति अर्थात् शारीरिक बनावटले नै गराएको हुँदा आफ्नै जस्तो आकृतिको त्यसलाई ऊ ‘त्यो मान्छे’ भन्छ।

घाम लागेको थियो न्यानो, घरका छानाहरूतिर।। सुकाइएका लुगाहरूतिर। बाटातिर। चारैतिर।

पुराना मैला लुगाहरूमाथि उत्तानो सुतेको रहेछ त्यो मान्छे देब्रे खुट्टामाथि चढ़ाएको दाहिने खुट्टा हल्लाउँदै टुलुटुलु आकाशतिर हेरेर मस्तसँग।
समस्याहरू, दु:खहरू एउटै पनि नभएको जस्तो त्यो मान्छेलाई देखेर नमान्दा नहुने कुरो रहेछ दु:ख भन्ने लागेको थियो देवेन्द्रलाई।
हो, त्यही दिन हो याद गरेको देवेन्द्रले त्यसलाई। देखेको कतिचोटि पहिल्यै पनि थियो भने उसले याद नगरेको थियो। त्यसपछिका प्रत्येक दिन बिहान निस्केर अफिस पुग्नलाई त्यो बाटो भएर हिँड़ेन भने पनि बेलुकी घर पस्नलाई त त्यही बाटो हिँड़्यो देवेन्द्रले। अथवा बिहान बेलुकीमा एकपल्ट ऊ त्यो बाटो हिँड़्यो नै। पहिलोचोटि याद गरेपछि जति दिन देवेन्द्र त्यहॉंबाट हिँड़्यो प्राय: जसो उसले त्यसलाई त्यहीँ देख्यो— उभेको, टुक्रुक्क बसेको र अधिकत्तरचाहिँ निस्फ्रिकी सुतेकै।

त्यो दिन दिउँसो त्यो मौसमको पहिलो वर्षा भयो हठात् । अफिसमै थियो देवेन्द्र।
‘‘बर्खा लाग्यो अब।’’कहिले पर्छ र भनूँ भइरहेको जस्तो एकजनाले भनिहाल्यो।
तर दस मिनटजति पातुलो परेपछि रोकिई पनि हाल्यो पानी।
बेलुकी अफिसबाट निस्किसकेको थियो देवेन्द्र। अँध्यारो थिएन आकाश तर पानी छिटाउन थाल्यो फेरि। केही बेरपछि पानी केही बाक्लियो पनि । छाता ओढ़ेकाहरू दुई-तीनजनाबाहेक देवेन्द्रजस्तै अलइलि भिज्दै हिँड़िरहेका थिए सबै। भिज्दै हिँड़्नु त्यो दिन कसैलाई पनि अप्ठ्यारो लागेको थिएन।
त्यहॉं आइपुगेको उसले देख्यो—त्यो मान्छे आफ्नै ठाउँमा भिजेरै बसिरहेको रहेछ, सधैँजस्तै निस्फ्रिकी।
कतै ओत नलागी घर पुग्यो देवेन्द्र।
भिजेको देखेर ‘‘भिजु भो?’’ अनावश्यक सोधी स्वास्नीले उसलाई।
देवेन्द्रले ‘‘अलइलि’’ भन्यो।
‘‘फेर्नोस् लुगा।’’ नभनेकै भए पनि फेरिहाल्थ्यो लुगा उसले। आवश्यक ठानेर स्वास्नीले भनेका यी दुई शब्द देवेन्द्रले आवश्यक मानेरै ग्रहण गर्यो। घर बनाइराख्नुलाई कति आवश्यक अनावश्यक र कति अनावश्यक आवश्यक मान्नुपर्छ भन्ने दुवै जान्दथे।
चुह्लाबाट तातो चियाको कपसित आएकी स्वास्नीलाई ‘‘छाता कहॉं छ हँ मेरो?’’ सोधेको थियो देवेन्द्रले।
तर अर्को दिन बिहान देवेन्द्र उठ्दा पश्चिमपट्टिको डॉंड़ा-पाखा घामको न्यानो कम्बलभित्र थियो। आकाशका टुक्रे बादलहरूले आफ्ना मौलिक रङ्ग त्यागेका थिए।
‘‘लानोस्,’’ भनी स्वास्नीले।
‘‘होस् जोक्करजस्तो मात्रै देखिन्छु,’’ भन्यो उसले। निकालिदिएकी थिई छाता स्वास्नीले । लगेन देवेन्द्रले।
त्यसपछि कुनि कति दिनसम्म घाम लागिरह्यो। कुनि कति दिनसम्म घाम लागेर एक दिन, दिन बिग्रियो। कुनि कतिवटा दिन बिग्रिएर एक दिन पानी पर्यो।
त्यो दिन घर फर्किँदा देवेन्द्रले जस्तै थुप्रैले छाता ओढ़ेका थिए। ओत लागिरहेका र भिज्दै हिँड़िरहेकाहरू पनि केही थिए।
धेर-थोर दिन बिग्रिरह्यो त्यसपछि। छाता बनाउनेहरू अब घर-घर आउन थाले।

रातभरि थामिएर फेरि बिहानैदेखि थालेको थियो पर्नु पानीले। त्यहॉं पुगेको देवेन्द्रले देख्यो; त्यो मान्छे भिजेकै लुगाहरूमाथि टुक्रुक्क बसेको रहेछ। घाममा जस्तै पानीमा पनि निस्फ्रिकी त्यहीँ बसिरहनु सक्ने त्यो मान्छेलाई देखेर देवेन्द्र एकपल्ट छक्कै पर्यो। त्यसलाई बिर्सिएर परिरहेन।
छाता ओढ़ेर ऊ बाटोको छेउछेउ हिँड़्दैथ्यो। एउटा जिप्सी गाड़ीले खाल्डोको हिलो उछिट्याएर गयो देवेन्द्रको पतलुङभरि। देवेन्द्रभित्र एउटा अश्लील शब्दले करायो ड्राइभरलाई। तातो अनुहारको उसले मौन उभेर निक्कै परसम्म त्यो गाड़ीलाई हेरिरह्यो।
अब दिन, कुनै दिन एक छिन उघ्रिएर, पानी मात्रै परिरहने भइसकेको थियो। देवेन्द्रले दुई सय तीस रुपियॉंमा डक् ब्याक कम्पनीको एउटा जुत्ता किन्यो।
एक दिन त्यहॉं पुग्नुभन्दा केही वरतिरै देवेन्द्रले त्यो मान्छेलाई सम्झयो। आज छैन होला।—मनमनै भन्यो। टाढ़ैबाट त्यसको ठाउँमा हेर्यो उसले। टाढ़ैबाट देख्यो, त्यो त त्यहीँ रहेछ।
छक्क परेको देवेन्द्रले ‘रात-दिन भिज्दा पनि नहुँदो रै’छ त बिमार।’ मनमनै भन्यो।
भिजेरै बसेको त्यसलाई देखेर देवेन्द्रलाई ‘जा, पर्तिर गएर बस्।’ भन्नु मन लागेको थियो तर भन्नु मन लागेकै देवेन्द्र त्यसलाई नाघेर निक्कै वरसम्म आयो। अब ऊ अर्कै मनको भयो।
घाममा, पानीमा, गरममा, जाड़ोमा जेमा पनि देवेन्द्रले त्यो मान्छेलाई ऊ त्यहॉं पुग्दा-पुग्दा त्यहीँ देख्यो। ‘संयोग हो, संयोग’ उसले आफैलाई भन्यो। ‘मान्छेले यसरी सक्तैन बस्नु’ पनि भन्यो।
कुनि कुन दिन हो एक दिन, त्यसको छेउमा आइपुग्दा शान्त बसेको त्यसलाई देखेर ‘को होला यो?’ देवेन्द्रमा जिज्ञासा जन्मेको थियो। त्यो दिन जन्मिएपछि त्यो जिज्ञासाले जन्मँदै-मर्दै-जन्मँदै गरिरह्यो ऊभित्र तर आफूभित्रको जिज्ञासा सधैँको निम्ति मार्नलाई उसले केही गरेन। मान्छेको हूलमूलमा उभेर मान्छेको छेउमा, ‘तिमी को?’ सोध्नु उसको निम्ति असम्भव सम्भव नै थियो।
बसेको त्यसको छेउमा, सुतेको त्यसको छेउमा कि त कक्रक्क परेका दुई-तीनवटा सुक्खा रोटीहरू कि त भॉंचिएका र सलक्की पनि केही बिस्कुटहरू पनि छरिएको हुन्थ्यो। एक-दुईपल्ट देवेन्द्रले त्यो मान्छेको मैला लुगामाथि बनरोटी पनि देखेको थियो। एक दिनचाहिँ उसले त्यहॉं पानीकागजको थैलीमा अलिकति तरकारी पनि देखेको थियो।
घर फर्किरहेको थियो देवेन्द्र। थोत्रे लुगाहरूमाथि गुट्मुटिएर सुतेको रहेछ त्यो। सधैँजस्तो छरपस्टिएका मैला लुगाहरूमाथि केही बिस्कुटहरू छरपस्टिएका थिए। एउटा नयॉं कुरो थपिएको थियो त्यसको टाउकोछेउमा —पुरानो एउटा अल्मुनियमको थाल। देखिरहने, दया भएको र नलजाउने पनि कसले थालमै थापेर खाओस् सोचेर राखिदिएको हुनुपर्छ भन्ने सोच्दै हिँड़िरहेको देवेन्द्रले आफ्ना दुवै हात खाली देख्यो।
अघिदेखि खाली-खाली लागिरहेको देवेन्द्रले उभिएरै ‘थुक्क!’ मुखैले पनि भन्यो।
वरिपरि हेरेर ‘साला, घाम लाग्यो कि’ भन्यो मनमनमा।
फर्क्यो। ‘कहॉं छाडॐे होला?’ सोच्दै फर्क्यो।
सुतिरहेकै देख्यो तर ध्यान दिएन यसपल्ट त्यो मान्छेलाई। छिटो-छिटो हिँड़्यो देवेन्द्र।
‘आऽऽऽ ठिकै छ पाइनँ भने, थोत्रे भइसकेको छ त्यो। नयॉं किन्छु।’ सोचु सकेको देवेन्द्रले तर त्यहीँ छाड़े होला लागेकैमा छोड़ेको रहेछ।
भित्र राखिदिएको रहेछ। नथापी भनेर थापेर पनि ‘‘धन्यवाद’’ भन्यो उसले दोकानेलाई।
त्यही छाता टेक्दै अब बिस्तारै हिँड़्न थाल्यो देवेन्द्र।
बिस्तारै हिँड़्दै ऊ त्यहॉं आइपुग्यो। उठेकै छैन रहेछ त्यो मान्छे। त्यहॉं आधा घण्टाजति अघि देवेन्द्रले नयॉं थोक पुरानो थाल देखेको थियो। त्यही पुरानो थालमा अझ नयॉं थोक आठ-दसवटा खुद्रा पैसा देखेर ऊ छक्क पर्यो।
एकदम भूल बुझाइ हो मान्छेहरूको।—मनमनै किटान गर्यो। ज्यादै स्वाभिमानी पुरुषको रूपमा बुझेको थियो उसले त्यो मान्छेलाई।
उठेपछि, पुरानो थालमा अलिकति खुद्रा पैसा देख्दा त्यसको स्वाभिमानको पुरानो र बलियो दुर्ग भत्किन्छ अब—सोच्यो देवेन्द्रले।
फेरि बौरी उठ्यो देवेन्द्रभित्र केही दिनहरूलाई मरेको ‘को होला त्यो?’
लोग्ने होला स्वास्नीले छाड़ेको।—मनमनै सोच्यो।
रक्सी खान्थ्यो होला भक्कु।— स्वास्नीले छाड़्नुको कारण पनि बनायो।
कुट्थ्यो होला स्वास्नी र मसिना नानीहरूलाई। —थप्यो।
भागेको पीरले त होइन माया गरेकी स्वास्नी अर्कैसँग?—सोध्यो आफैलाई। हुनसक्छ नि। आइमाई त हो—उत्तर बनाएर दीपक, दुर्गाबहादुर र आफ्नै मामालाई पनि छाड़ेर भाग्ने माइजू, दीपक र दुर्गाबहादुरका स्वास्नीहरूसँगै सम्झ्यो।
गति छाड़ेन त मामाले। दुर्गाबहादुरले अर्की ल्याइहाल्यो। परै दीपकले मसिना छोरा-छोरी हुर्काएन एक्लैले?—पनि सम्झ्यो।
राधा भागी भने कसैसँग त्यस्तै हुनु म?—बित्थाको प्रश्न आयो देवेन्द्रको मनमा त्यो मान्छेले गर्दा।
‘काट्छु।’ तर लोग्ने कराइहाल्यो भित्रबाट।
सक्तैनस्। तरङ-तरङ झस्किँदै बस्नुबाहेक केई गर्नु सक्तैनस्। न रुनु सक्छस्, न हॉंस्नु सक्छन्। न मर्नु सक्छस्, न बॉंचु नै सक्छस्। निक्कै दिन मरेको जस्तै बॉंचेर तर बिस्तारै तँ बॉंच्छस्। —ऊभित्रको मान्छेले उसलाई भन्यो।
हिजोआज कारणबिनै झर्किबस्छे।—सम्झ्यो।
झर्केकोहरू चार-पॉंचवटा सम्झ्यो।
पहिला निद्राले झ्याप-झ्याप पार्दा पनि ‘अँ-अँ’ भनिबस्नु पर्थ्यो। हल्लाएर उठाउँथी। उत्ता फर्केर सुतिहाल्छे ओछ्यानमा पस्नेबित्तिकै हिजोआज।—कार्यहरू देवेन्द्रले अब ठुलै कारणमा देख्नुथाल्यो।
‘‘क्या हो हन! मान्छे भने बुढ़ो भइसक्यो।’’ भनेर अस्ति राति पनि उत्तै फर्केर सुती।—सम्झेर देवेन्द्रले ज्यादै थाकेको अनुभव गर्यो।
ब्यालिसको मान्छे बुढ़ो हुन्छ?—आफैलाई सोध्यो।
पहिला सोधेर पकाउँथी। हिजोआज मलाई मन नपर्ने-नपर्ने तरकारी मात्रै पकाउँछे। भिण्डी, पोटल, वैगुण… सम्झेको देवेन्द्रले आर्द्र पायो आफूलाई।
जो नै भए पनि अर्को मान्छेको मनभित्र पस्नु सक्तैन मान्छेले।—निष्कर्षसित घर पुगेको उसलाई ‘‘किन आज छिट्टै?’’ दैलैमा सोधी राधाले।
‘‘छिटो आउनु हुँदैन घर म?’’ प्रश्न र प्रश्नमै उत्तर बिचमा व्यवधान थिएनै जस्तै थियो।
‘‘मन पर्दैन तिमीलाई म छिट्टो आ’को?’’ नभन्नु पर्थ्यो लाग्यो देवेन्द्रलाई भनिसकेर।
‘‘मन पर्दैन भनेँ मैले? भनेँ? आफू भने कैले आइपुग्छ भनेर खिड़की खोलेर हेरिरहन्छु…’’कराई राधा पनि।
‘‘खिड़की खोलेर हेरेको मलाई नै हो भनेर कसरी विश्वास गर्नु?’’ रोक्ने कोसिस गरेको थियो देवेन्द्रले। सकेन। बस्, कुरा बढ़्दै गयो। बढ़्दै गयो।
यस्तो स्थितिमा अधिकत्तर स्वास्नीहरूले गर्ने नै गरी राधाले। दराजबाट लुगा निकाली रुँदै। त्यहीँ फेरी अनि निस्की कोठाबाट र घरबाट।
स्थिति आफ्नो नियन्त्रणबाट बाहिरिसकेको छ भन्ने बुझेको मुढ़ाजस्तो देवेन्द्र मुढ़ामा बसिरह्यो।
निहुँ मात्रै चाहिएको थियो उसलाई।—लामो सास फेर्यो देवेन्द्रले।
केले केले थिचेको अनुभवको देवेन्द्र आधा घण्टाजत्तिपछि उठ्यो त्यहॉंबाट।
उठेर, के भा’को म?—आफैलाई सोधाइजस्तो भन्यो।
फेरि त्यहीँ बस्यो।
अब बिस्तारै एकपछि अरू सम्भावनामा विषालु सॉंपहरू आएर ठुँग्न थाले उसलाई। निक्कैबेर सहिरह्यो ठुँगाइहरू उसले। भर्खर खोलेको जुत्ता तान्यो र लगायो।
लगाएर बसिरह्यो।
खोलेर कुनापटि सुल्काइपठायो।
उठेर चुह्लामा गयो। कराईको ढकनी उठायो। अन्डा-चाउमिन पकाइदिएकी रहेछ राधाले उसलाई मनपर्ने।
एक क्षण हेरिरह्यो कराईको चाउमिनलाई।
हातको कराईको ढकनी लगायो।
‘खान्नँ।’ मन-मनै भन्यो।
खाएन पनि।
रात परिसकेको थियो। आफैले पकाएर पनि केही खाएन उसले। उत्तानो पल्टियो ओछ्यानमा। पल्टिनु निमन्त्रणा भयो फेरि सम्भावनाका साना-ठुला विषालु सॉंपहरूलाई। केही ठुँगाइहरूमा उसले आश्वासनको झारमौरो लगायो। राति दुई-तीनखेप उसले अँध्यारोमा पलङको कुनापट्टि हात पुर्यायो।
भित्ताको पुरानो बजे घड़ीमा बाह्रपल्ट बजेपछि एकपल्ट फेरि एकपल्ट र अझै एकपल्ट पनि बजेको सुन्यो देवेन्द्रले।
छर्लङ्गै हुनेरहेछ —सोचेको थियो तर दुईपल्ट बजेको भने सुनेन। निदाउनु सकेछ उसले। तर बिहान छिट्टै ब्युँझेको उसले निद्रा ठुलो कुरो रहेछ पीरभन्दा, बुझ्यो।
ब्युँझेको उसलाई राधाको अनुपस्थिति र धुमधाम भोक लागेको एकसाथ थाहा भयो।
खॉंदिनँ चाउमिन।— सङ्कल्प दोहोर्याएपछि ‘बाहिरै खान्छु’ पनि सोच्यो।
नौ बजीतिर दैलो ढक्ढकियो।
के-के खबरसित को-को आइपुग्छ होला सोचिरहेको उसले दैलो खोल्यो।
अघि सोचेकाहरूमध्येकै सालो रहेछ।
सधैँजस्तो भेटिरहने सालोले सधैँजस्तो नमस्ते गरेन उसलाई।
‘‘घरमा आउनुहोस् अरे; आमाले भन्नु भा’को’’ निवेदन वाक्यमा थियो तर लयमा थिएन।
जॉंदिनँ, सोचेर ‘‘किन?’’ सोध्यो देवेन्द्रले।
‘‘दिदी सॉंझमा आइपुग्नु भो,’’ भन्यो सालोले।
सालोलाई देख्दै ढुक्क पनि भइसकेको देवेन्द्र अब अझ ढुक्क भयो।
‘‘तिमी जाऊ, म आउँछु’’ भन्यो देवेन्द्रले।
‘‘लिएरै आउनू भनेको छ,’’ सालोले भन्यो।
‘‘कसले?’’ अनुहार उज्यालिहाल्यो देवेन्द्रको।
‘‘आमाले’’ सुनेर अँध्यारी पनि हाल्यो।
‘‘हैन, तिमी जाऊ। म आउँछु।’’ फेरि भन्यो देवेन्द्रले।
सालो गइसकेपछि उसले अलिक नयॉं पतलुङ र कमेज निकालेर इस्त्री लगायो। जुत्ता तानेर ब्रस र पालिस पनि तान्यो।

‘त्यो मान्छे’ बसिरहेको रहेछ।
कहिल्यै त्यसरी नहेर्ने त्यसले, त्यसको नजिक-नजिक पुगिरहेको देवेन्द्रलाई हेरिरह्यो।
त्यसको एकदम नजिक पुगेपछि देवेन्द्र, त्यसले त्यसको त्यै थाल समाएको हात अघि बढ़ाएर ‘‘दाजु’’ सुनायो। कसैलाई कर्तव्य सम्झाएको।
यत्तिका दिनहरूसम्म एकजना स्वाभिमानी पुरुषको रूपमा बुझेको त्यो मान्छेको सम्बोधनले छक्क पर्यो देवेन्द्र तर नअड़ी ऊ हिँड़िरह्यो।
अनेक सम्भावनाहरूको निष्कर्षमा, साह्रै भनेछ भने फुत्त निस्केर आउँछु —को कमजोर विचारसित पुगेको देवेन्द्रलाई पहिले सासूले नै देखी।
भएकी नै हो कि बनिएकी हो—खुशी अनुहारकी नै सासूले ‘‘ए! ज्वाइँ, आउनुहोस् न,’’ भनी।
सासू उभिरही।
‘‘अफिस?’’ बित्थाको सोधी।
‘‘आजु गइनँ,’’ बसेको उसले भन्यो।
उत्ता चुह्लातिर फर्केर सासू कराई, ‘‘राधा ज्वाइँलाई चिया बना।’’
‘‘एक छिन ज्वाइँ’’ थपेर गई उत्तै।
आमा-छोरीहरूको अस्पष्ट के-के बुझ्ने कोसिस गर्यो देवेन्द्रले। बुझेन।
निक्कैबेरपछि हातमा चियाको कप र ओठमा ब्यङ्ग्यात्मक मुस्कानसित आई साली।
‘‘म त आउनुहुन्न होला भन्दै थिएँ,’’ चिया टेबलमा राखेर भनी।
‘‘किन?’’ सोध्यो देवेन्द्रले।
‘‘तपाईँलाई दिदी अब पुरानो भएको होलाजस्तो लागेको थियो,’’ भनी।
सालीलाई हेरेर मुसुमुसु हॉंसिरह्यो ऊ।
‘‘केमा रिस उठेको थियो?’’ सोधी।
मुसुमुसु हॉंसी नै रह्यो ऊ।
‘‘बित्थामा त होइन होला नि भेना।’’
मुस्कुराइरहनु अब बल गर्नुपर्ने भयो देवेन्द्रलाई।
‘‘यस्तै हो सधैँ?’’
‘‘सोध न तिम्रै दिदीलाई,’’ मौनता तोड़्यो देवेन्द्रले।
‘‘भोलि आइतबार। आजु नजॉंदा पनि हुन्छ।’’ भेनाको टाउको टेक्न अग्रसर सालीले कुरा घुमाई।

लोग्ने-स्वास्नी त्यहॉं आइपुग्दा सॉंझ परेको थियो। मान्छेले माग्ने वृत्ति सिकाएर माग्ने शैलीचाहिँ नसिकाएको त्यो मान्छेले देवेन्द्रलाई हातको थाल बढ़ाएर निवेदनहीन लयमा भन्यो ‘‘दाजु’’।
झनक्क रिस उठेको देवेन्द्रले स्वास्नीपट्टि फर्किएर त्यो मान्छेलाई देखाएर, रिसाएरै भन्यो, ‘‘यसले गर्दा पो त।’’
नबुझेर छक्क परेकी राधाले सोधी ‘‘के?’’
‘‘घरमा भन्छु,’’ देवेन्द्रले भन्यो।

कथा : स्मृति By sushma

साभार: माईसंसार (विद्युतीय छापामा एउटा नेपाली ब्लग)

http://www.mysansar.com/archives/2012/04/id/25703#more-25703

‘त्यो कलिलो उमेर अनि पहिलो उष्णता … …’

यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो।

ऊ अर्थात् मेरी श्रीमतीकी साथी।

अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को कोठामा फोन बजेको सुनेर ऊ फोन उठाउन गई। श्रीमतीको अनुपस्थितिमा उसको फेसबुकमा अनायसै आँखा गए। त्यहाँ उसकी साथीले यही स्ट्याटस् लेखेकी थिई। मैले नाम पढेँ र फोटो निकै बेर हेरेँ। स्मृति…, यो नाम मेरो लागि नयाँ थिएन, न त अनुहार नै बिर्सेको थिएँ तर आफ्ना ब्यस्त दिनचर्याका अगाडि यो नाम र अनुहार मेरो मानसपटलमा धमिलो भै दबिएको थियो। समयको फेरबदलसँग मुहार केही भरिएको थियो तर त्यही आँखा थिए, त्यही तीखा हेराइ। त्यहाँ अझै पनि त्यही तीर्खा थियो, समुद्र पिउन खोज्ने।

फोन श्रीमतीकै थियो क्यार, अर्को कोठाबाट उसले कुरा गरेको आवाज आउँदै थियो। मैले फेसबुकको फोटोबाट आफ्नो ध्यान हटाउन सकिनँ। स्मृति आफ्ना चम्किला आँखाहरुमा मलाई तानिरहेकी थिई। मैले एकछिसम्म श्रीमतीको बाटो कुरेँ। उसको गफ हत्पति नटुंगिने कुरामा ढुक्क भएर मैले स्मृतिको प्रोफाइल खोलेँ। त्यहाँ उसका अरु पनि फोटोहरु राखिएका थिए। त्यसमध्ये कुनै कुनै धेरै पुराना देखिन्थे। ब्ल्याक एण्ड ह्वाइटमा राखेकी आफ्नो एउटा फोटोमुनि उसले लेखेकी थिई, ‘ओल्ड इज गोल्ड’। अनि त्यसमाथि थुप्रै कमेन्टहरु आएका थिए। म पुनः श्रीमतीको फेसबुक एकाउण्टमा फर्केँ। स्मृतिको फेसबुकमा राखिएको स्ट्याटस्ले मभित्र सुषुप्त रहेका पुराना केही यादका पत्र उप्किँदै गए।

*****************

स्कूलमा परीक्षाको अन्तिम दिन थियो। तेस्रो घण्टी बजेपछि मैले कापी बुझाएँ। लास्ट बेन्चमा बसेकी केटीले पनि कापी बुझाई। ऊ अरु दिन पनि मैले कापी बुझाएपछि मात्र बुझाउँथी। त्यसो हुनुमा कुनै संयोग थियो वा उसको नियत, जान्दिन। ऊ हाम्रो सेक्सनकी थिइन, कुन क्लासकी भनेर चासो पनि राखिनँ। सरले सबै कापी बटुलेर गन्नु भयो र बाहिर निस्कनु भयो। साथीहरुमा मेरो मात्र सिरियल नम्बर माथिल्लो तल्लामा परेको थियो, अरु सब भुईँतल्लामै थिए। परीक्षा सकिएकोले मन हलुङ्गो थियो। मैले मजाले आङ्ग तानेँ। कम्तीमा केही दिनका लागि अब टेन्सन भएन। उमेश ‘आजको पेपर त खुवा हुन्छ’ भन्दै थियो बिहान, सायद परीक्षा चाँडै सकाई बाहिर निस्किसकेको होला। म रीक्षाहलबाट बाहिर आउँदा त्यो केटी पनि निस्की। माथिल्लो तल्लामा अरु कोही थिएनन्।

परीक्षाको समयमा क्लासभित्र किताब लान पाइन्न थियो। सबैले क्लासबाहिर र्‍याकमा किताब छाड्थे। मैले पनि त्यहीँ राखेको थिएँ। अब भोलिदेखि के गर्ने हो, मनमनै सोच्दै मैले किताब समाएँ। त्यो केटी पनि मेरै छेउ उभिई। आफ्नो हातमाथि परेको तातो र नरम स्पर्शले झसङ्ग भएको मन सम्हाल्न नपाउँदै उसले मेरो हात तानेर आफ्नो छातीमाथि राखी। उसको छाती जोडले धड्किरहेको थियो। गाला गुलाबी थिए र कान रातो देखिन्थ्यो। सोच्दै नसोचिएको कुराले म स्तब्ध भएँ। ओठमुख सुकेर जिउ काम्यो। मुटुको ढुकढुक बढेर कानै फुट्ला झैँ भयो। वरिपरि कोही थिएनन् तैपनि लाजले नीलोकालो भएँ। मैले आफ्नो हात थुतेँ र ऊतिर हेरेँ। ऊ म भन्दा खाइलाग्दी ज्यानकी थिई। उमेरमा पनि मभन्दा अलि जेठी देखिने ऊ मलाई सर्लक्क निलुँला झैँ गरी हेरिरहेकी थिई। बघिनीको अगाडि परेको पाठो बनी उसको अगाडि निरीह उभिरहेको देखेर ऊ खितिति हाँसी। आफ्नो किताब टिपेर ऊ तल ओर्लिसक्दा पनि म भनेँ त्यत्तिकै उभिरहेँ।

“तल नआइ, किन स्ट्याच्यु बनिरहेछौ? पेपर बिगार्‍यौ कि के हो?” उमेशले माथि आई नबोलाएको भए, खै म कतिबेर अझै त्यही अवस्थामा हुन्थेँ।

“हैन,” म त्यो सम्मोहनको स्थितिबाट बाहिर आएँ। मुटु अझै पनि उस्तै नराम्रैसँग धड्किरहेको थियो। उमेशले के भएको भनी मसँग निकैबेर कोट्याएर सोधिरह्यो। यो कुरा म कसरी बताउन सक्थेँ र? केही बोलिनँ। उसले कुनै लख काट्न सकेन।

हामी तल आउँदा स्कूल कम्पाउण्डमा अझै पनि केही विद्यार्थी बाँकी थिए। दिएको पेपरमा आ–आफ्ना जवाफ भेरिफाई गरिरहेको सानो झुण्ड गेटतिर लाग्दै थियो। मैले नजानिँदो आँखाले खोजेँ, अघिनैकी केटी त्यहाँ थिइन। गेटबाहिर केही केटीहरु सडकछेउ उभिएर चना चटपटे खाँदै थिए। त्यसमा त्यो केटी पनि थिई, मलाई नै हेरिरहेकी। मैले उसलाई ठाडै हेर्न सकिनँ। दायाँबायाँ नजर डुलाएँ।

चटपटे खाएर उनीहरु अगाडि लागे। उमेशले यो कुरा खासै ख्याल गरेन। ऊ खाली दिउँसो हुने फुटबल म्याचको मात्र कुरा गरिरहेको थियो। मैले कस्सेर उसको हात समाएँ। पसिनाले भिजेका मेरा हात देखेर ऊ छक्क पर्‍यो।

“तिम्रो हात कति तातो? सन्चो छैन जस्तो छ तिमीलाई।” ऊ अलि आत्तियो।
“हैन, म ठीक छु।” हामी अगाडि बढ्यौँ, दृष्टिहरु भने घरिघरि उठ्दै साथीहरुसँग अगाडि गैरहेकी उसैलाई पछ्याइरहेका थिए।

एकछिनसम्म हामी दुबै मौन हिँडिरह्यौँ।

“भरे म्याचमा तिमी आउँछौ कि आउँदैनौ?” उमेशको प्रश्नतिर मेरो ध्यान थिएन। म अझ पनि लठ्ठिएकै थिएँ। हत्केलामा नरम स्पर्श बाँकी थियो। जिउभरी उम्रिएका काँडाहरु बसिसकेका थिएनन्।

“ती अगाडि जाने केटीहरु चिन्छौ?” छुट्टिने दोबाटोनिर आइपुग्दा मैले उल्टै उमेशलाई खुसुक्क सोधेँ। “ए, अँ बुट्टावारीतिरका हुन्।” उसले सहज उत्तर दियो। मनभित्र प्रश्नका धेरै झिल्का राखेर म छुट्टिएँ।

****************
परीक्षापछिको बिदामा पोखरा जाने कुरा थियो, ज्वरोले दुई दिन थलिएँ, जानै पाइनँ। त्यो ज्वरो थियो वा अनुभूतिको उन्माद, दुई दिनसम्म रन्केको जिउमा मैले अरु केही गर्नै सकिनँ। जबजब पनि घटना सम्झन्थेँ, जिउभरि करेन्ट दौडन्थ्यो। हातबाट शुरु भएको गर्मी सम्पूर्ण शरीरभरी फैलिन्थ्यो, त्यसपछि चिम्लिएका आँखा खोल्नै मन लाग्दैनथ्यो। बन्द आँखाभित्र पनि ऊ मेरो हात तानेर आफ्नो शरीरभरी दलिरहन्थी र म सिरिङ्ग हुँदै आत्तेर आँखा खोल्थेँ। मैले यो कुरा उमेशलाई भनिनँ। उमेश त के, कसैलाई पनि भन्ने कुरै भएन।

हप्ता दिनको बिदा छिनमै सकियो। स्कूलमा फेरि चहलपहल शुरु भयो। क्लास शुरु भएको दुई दिनसम्म स्कूल हाताभरी त्यो अनुहार कतै देखिनँ। भय मिश्रित कौतुहलताले गाँजिरह्यो। स्कूलमा त्यही अनुहार खोजिरहेँ। तेस्रो दिन मेरो खोजाइमा विराम लाग्यो। टिफिन ब्रेकमा जिज्ञासावश दश क्लासका सेक्शनहरु चहार्दै हिँडेको थिएँ।

“स्ट्याच्यु।”

आफ्नो पछाडिबाट आएको मन्द आवाज सुनेर मेरा पाइला टक्क अडे। ऊ आफ्नो क्लासको ढोकामा अडेसिएर मलाई हेर्दै थिई। उसका दृष्टि तीखा सुइरा झैँ ममाथि गडिरहेका थिए। घण्टी लाग्यो र म बचेँ। हैन भने संकोच र सम्मोहनको स्थितिमा मैले पाइला चाल्नसम्म पनि सकेको थिइनँ। म दौड्दै क्लासमा फर्केँ। उमेश मलाई खोज्दै थियो।

“खाजा खानु पर्र्दैन? कहाँ पुगी आयौ?”

“लाइब्रेरी, ” सजिलै ढाटेँ मैले। मेरो फुलेको सास र खाली हात देखेर उमेशले पत्याएन पनि होला।

“क्लास टेनका कति जना केटीहरुको नाम तिमीलाई थाहा छ उमेश? ऊ मेरो प्रश्नले छक्क पर्‍यो। किनकी योभन्दा अगाडि न म यस्तो प्रश्न गर्थेँ, न यस्ता बिषयमा मलाई कुनै रुचि हुन्थ्यो। पछि मलाई बिनसित्तैको प्रश्न सोधेँ भन्ने लाग्यो। सोधिहालेथेँ तर मैले जोड गरिनँ, कुरा आयो, गयो।

उसको नाम स्मृति रहेछ, उसका साथीहरुले बोलाउँदै गरेकाले पछि एकदिन थाहा पाएँ। नाम थाहा पाएपछि मभित्र टुसाएको ऊप्रतिको आकर्षण झन् गहिरो हुँदै गयो। ऊ’bout जिज्ञासाहरु घनिभूत हुँदै गए। साथीहरु कहिलेकाहीँ सिनियर केटीहरुका कुरा गर्थे, त्यो बेला उनीहरुले स्मृतिका पनि कुरा निकाल्छन् कि भन्ने आश लागिरहन्थ्यो तर उनीहरुका कुराकानीवीच स्मृति कहिल्यै आइन। साथीहरुमध्ये म सबैभन्दा कम उमेरको मात्र हैन साह्रै लजालु स्वभावको पनि थिएँ। पढाइ र फुटबलभन्दा अन्ततिर ध्यान नजाने मेरो मस्तिष्कमा स्मृतिले घर गर्दै गरेकी कुरा उनीहरुको लागि अकल्पनीय नै थियो।

स्कूल आउँदाजाँदा अधिकांश समय म आफ्ना साथीहरुसँगै हुन्थेँ। टिफिनब्रेकमा बाहिर आउँदा कहिलेकाहीँ एक्लै र समूहमा भेटिँदा पनि स्मृति मलाई घुरेर हेर्थी। एकनास गहिरोसँग हेर्ने उसका तीखा दृष्टिहरुले मलाई धुजाधुजा च्याती निर्वस्त्र गरेझैँ लाग्थ्यो। त्यही भएर मलाई ऊसँग भन्दा उसको दृष्टिदेखि डर लाग्थ्यो। साथीहरुको बीचमा लुक्दै, छेलिएर तैपनि उसलाई हेर्नबाट भने म आफूलाई रोक्न सक्दिनथेँ।

एकदिन किताब फर्काउन लाइब्रेरी जान लागेको थिएँ, ऊ कहाँबाट हो फुत्त मेरो अगाडि देखा परी। “कहाँ हिँड्न लागेको?” उसले जानी जानी सोधेकी प्रश्नमा मेरो सातो गयो। म रातो मुख लाएर उभिएँ। ऊ केही नबोली फर्की। सायद मेरो अबोधपनामा ऊ खिन्न पनि भई। त्यो दिन पहिलो चोटि उमेशलाई स्मृतिले जिस्काएकी कुरा सुनाएँ। उसले यो कुरालाई हल्का लियो,“ऊ जसलाई पनि जिस्काउँछे तर कसैले उसलाई जिस्काएमा भित्तै पुर्‍याउँछे रे, ख्याल गर्नू।”

म डराएँ। एक त आफ्नै संकोच, अर्को स्मृतिभन्दा सानो भएको हीनताबोधले ऊसँग सम्बन्ध बढाउन पहल गर्न सकिनँ। त्यो मात्र हैन, स्कूल प्रिन्सिपलको छोरो भएको कारणले पनि म आफ्नो र बुवाको छविप्रति बढी सजग थिएँ। त्यो दिनदेखि स्मृतिले बोल्ने कोशिस चैँ गरिन। ऊसँग देखादेखभन्दा बढी सम्बन्ध लम्बिन सकेन मेरो। जे भए पनि मेरो कलिलो मनमा उसले अचानकै हलचल ल्याएकी थिई।

उसको एसएलसी सकिएपछि भने हाम्रो देखादेख पनि टुट्यो। उसले कहाँ र के पढी, थाहा पाउन सकिनँ। कसैले भने, ऊ काठमाण्डौ गई। मेरो पनि एसएलसीको चिन्ता थियो। स्कूल, ट्युसनको टेन्शनमा स्मृति अलिकति ओझेलमा परी। एस.एल.सी.सकियो।

दाइले साइन्स पढ्नु भएको थियो, मैले पनि त्यही अनुसरण गरेँ। आइ.एस्सी धरान र बी.एस्सी. मेची क्याम्पसबाट पास गरेँ। ठूल्दाइ काठमाण्डौमै हुनुहुन्थ्यो। त्यसपछि हत्केलाभरि तातो साँचेर म काठमाण्डौ आएँ। ठूल्दाइकोमा बस्दै मैले शंकरदेव क्याम्पसबाट एम.बी.एस. गरेँ। बाल्यकालको कठोर अनुशासनबाट टाढा क्याम्पसका निरज, याम र चन्द्रका संगतले मलाई आफ्नो संकोचको घेराबाट धेरै हदसम्म बाहिर आउन सिकायो। मैले केटीहरुलाई जिस्काउन जानेँ, उनीहरुसँग धक नमानी कुरा गर्न सिकेँ, उनीहरुलाई साथी बनाउन सकेँ तर हत्केलाको गर्मीले पग्लिएको मनको सानो कुनो अझै पनि भरिएको थिएन।

कुरैकुरामा एकदिन साथीहरुबाट थाहा पाएँ स्मृतिले बिहे गरिछ त्यो पनि आफूभन्दा पाँच वर्ष कान्छो केटासँग। हत्केलाको गर्मी केही चिसियो। यो उसको मामला थियो, उसको स्वतन्त्रता, त्यसमा हनन् गर्ने अधिकार मसँग थिएन तर म आफ्नो तर्फबाट सोच्न सक्थेँ र मेरो कल्पनामा कोही अंकुश लगाउन सक्दैनथे। बितेका धेरै बर्षहरुले पनि हत्केला चिस्याएन। हत्केलामा बसेको तातो स्पर्शको अनुभूतिभित्र स्मृति बसिरही। बन्द आँखाबाट बिगतको सानो टुक्रामा प्रत्येक पटक चियाउँदा त्यो पल ताजा हुन्थ्यो र जिउ धक्क फुल्थ्यो। स्मृति नरम स्पर्शले घुरिरहन्थी।

एक दिन उमेशले सुनायो, “स्मृतिले आफ्नो श्रीमान्लाई डाइवोर्स गरी रे।” म छक्क परेँ। “त्यस्ती मापाकी केटीले श्रीमान् के सहन्थी होला र?” ऊ हाँस्यो। मुटु हल्का काम्यो मेरो। दोहोर्‍याएर उमेशलाई हेर्न सकिनँ मैले। ऊ कहाँ छे भनेर सोध्न खोजेको प्रश्न मनैभित्र दबाएँ। ‘काठमाण्डौ सानो छ, कुनै दिन त ऊसँग जम्काभेट कसो नहोला?’, हत्केलाको तातो मुटुमा सर्‍यो, हल्का करेन्ट लाग्यो र मन तरङ्गियो।

“हैन, मेरो फेसबुक अघि के गर्दै हुनुहुन्छ?” श्रीमती फोनमा कुरा टुङ्गयाएर कतिबेला आई, चालै पाइनँ। “स्मृतिले फोन गरेकी। भोलि घर आउँछु भन्दै थिई। ” मनिर बस्दै उसले भनी।

“कहिलेदेखिको साथी हो स्मृति तिम्रो?”

“धेरैभा’को छैन तर निकै इन्टिमेट बनिसक्यौँ। भोलि टीनएज सेक्रेट पनि बताउँछु भन्थी।” श्रीमती ओठभरि रहस्य पोतेर मुस्काई।
“के होला, गेस गरौँ न?”
“तिम्रा साथीहरुका के कस्ता सेक्रेट हुन्छन्, मलाई थाहा हुन्छ र? ”
“हरेक मान्छेका सेक्रेट हुन्छन् रे नि।” श्रीमतीले मलाई छड्के हानी।
“के नचाहिने प्रसङ्ग लिई बसेकी” झसङ्ग भएँ। मैले उसको अनुहारमा हेर्न सकिनँ। गएर बेडमा पल्टेँ। एकछिनमा ऊ पनि आइपुगी। बत्ती निभाएर बेडमा मसँग टाँसिई र मेरो हात उठाएर आफ्नो छातीमाथि राखी, त्यही हात, जसभित्र अर्ध विकसित नरम स्पर्शको तातो थियो। श्रीमती त मेरो अंगालोभित्र निदाइहाली, म सुत्न सकिनँ। बीचमा स्मृति थिई, म उसलाई हटाउन सकिरहेको थिइनँ।

संविधान निर्माणय् कालबिलया खँ (Matter of GIVE and TAKE concerned to FORMATION of CONSTITUTION)

नेपालभाषामा लेख
Article in NEPAL BHASA (Newari Language)
This article is in DEVANAGARI script.
साभार: गोरखापत्र,
ने. सं. ११३२ बछलाथ्व खास्थि
वि. सं. २०६९ बैशाख १५ गते शुक्रबार

संविधान निर्माणय् कालबिलया खँ

सुरेश मानन्धर

संविधान निर्माणया झ्वलय् थानाच्वंगु स्वंगू प्रमुख एजेण्डा मध्ये आ: राज्य पुनर्संरचना छगुली हे जक पूवंक सलहल याये ल्यं दनि। विवाद जुयाच्वंगु निर्वाचन प्रणाली व शासकीय स्वरुपया ’bout दलतय् दथुइ करिब करिब सहमति यायेगु चरण थ्यनेधुंकूगु दु। तर राज्य पुनर्संरचना छगुली धा:सा आ: नकतिनि वहस तिनि सुरू जुल, निर्णय भचा तापा:गु हे खँ जुयाच्वंगु दनि।

राज्य पुनर्संरचनाया सवालय् दलतय्‌सं निर्णय याये मफया: आ: थुकियात शासकीय स्वरुपलिसे प्याकेजया रुपय् समाधान यायेगु धका: न्हूगु खँ पित ह:गु दु। राज्य पुनर्संरचनाया सवाल, खास याना: संघीय प्रणालीया खँ व शासकीय स्वरुपया सवाल निगू निगू बिस्कं बिस्कं हे मुद्दा ख:। थुपिं निगूयात दलतय्‌सं छाय् प्याकेजया रुपय् समाधान यायेगु धया ह:गु ख:, थ्व थुइके थाकुगु विषय जुयाच्वंगु दु।

शासकीय स्वरुपया मामिलाय् एमालेया थ:गु हे धापू मदु यद्यपि एमालें हयाच्वंगु ‘निर्वाचित प्रधानमन्त्री प्रणाली’ दथुया लँपु जुइफुगु यक्व हे सम्भावना दु। तर नेपाली कांग्रसं धयाच्वंगु संसदीय प्रणाली व माओमादीं धयाच्वंगु प्रत्यक्ष निर्चाचित राष्‍ट्रपतिया विवादं एमालेया मध्यमार्गी लँपुयात सुनां नं वास्ता यानाच्वंगु मदु।

थ्वहे दथुइ नेपाली कांग्रेस पाखें छगू प्रस्ताव व:गु दु, यदि माओवादी राज्य पुनर्संरचनाया सवालय् लचक जुल धा:सा कांग्रेस नं शासकीय स्वरुपया सवालय् लचक जुया बी फइ। कांग्रेसया थ्व प्रस्तावपाखें छगू शंका ब्वलंका बिउगु दु – आ: गनं राज्य पुनर्संरचना व शासकीय स्वरुप सम्बन्धी नीतिया दथुइ छुं कथंया सम्झौता जकं जुइत्यंगु मखुला? राज्य पुनर्संरचनाया सवालय् माओवादी लचक जुइगु धा:गु छु ख:? थ्व गनं पहिचानया आधारय् प्रदेश दयेकेमा: धइगु लाइनयात माओवादीं त्व:तेगु व उकिया पलेसा संसदं प्रधानमन्त्री ल्ययेगु धइगु लाइनयात कांग्रेसं त्व:ते धा:गु जकं मखुला? थ्व निगु मुद्दाय् निगू पार्टी थवंथवय् सम्झौता यायेमा:गु जूगुलिं जकं आ: राज्य पुन-संरचना व शासकीय स्वरुप ’bout प्याकेजय् सहमति यायेगु धका: प्रस्ताव ह:गु ख: ला?

तर छता खँ थन छु थुइकेमा: धायेबलय् संघीय प्रणाली व शासकीय स्वरुपयात कया: थौंकन्हय् दलतय्‌सं गुगु कालबिल यायेत्यंगु ख: उकिया दथुइ छुं स्वापू धा:सा मदु। संघीय प्रणाली धइगु सदियौंनिसें उत्पीडनय् लानाच्वपिं जनतायात अधिकार प्रत्यायोजन यायेगु प्रक्रियालिसे स्वापू दुगु विषय ख:। देय्‌या आदिवासी जनजाति, मधेसी व दलित समुदाय थ्व देशय्‌ सदियौंनिसें निगूगु दर्जाया नागरिक कथं म्वाये मालाच्वंगु दु। राज्यसत्ता तक थ:गु पहुँच दयेकेगु लागिं उमिसं संघीय प्रणालीया माग या:गु ख:सा राजनीतिक दलतय्‌सं नं वहे प्रयोजनया लागि संघीय प्रणालीयात स्वीकार या:गु ख:। अधिकार बीमा:गु प्रमुख निकायत जातीय इकाई जूगुलिं जातीय\भाषिक\क्षेत्रीय पहिचानया आधारय् संघीय प्रदेशत दयेकेगु खँ न्हय:ने व:गु ख:।

उखे शासकीय प्रणाली न्ह्यागु हे जूसां उकिं जनताया अधिकार सुनिश्‍चित यायेगु सन्दर्भय् खास छुं हे भूमिका म्हिते मफइगु खँ निश्‍चित दु। देशय् न्हापा राजतन्त्र दुगु ख:। आ: राजतन्त्र मदयेसातकी उकिया थाय् राष्‍ट्रपतिं काइगु स्वाभाविक जुल। आ: देय्‌या कार्यकारी अधिकार राष्‍ट्रपतियात बीगु लाकि संसदं ल्यइम्ह प्रधानमन्त्रीयात बीगु धइगु खँ चाहिं देय्‌या उत्पीडित समुदाययात गय् याना: अधिकार बीगु धइगु सवाललिसे स्वा:गु विषय धा:सा मखु। राष्‍ट्रपति प्रत्यक्ष निर्वाचित जु वा संसदं ल्य, प्रधानमन्त्री संसदं ल्य वा प्रत्यक्ष निर्वाचित या, न्ह्यागु हे या:सां उत्पीडित जनतायात बीगु अधिकारलिसे थ्व स्वानाच्वंगु खँ मखु। थथे निगू थवंथवय् छुं स्वापू हे मदुगु विषययात सहमतिया नामय् राजनीतिक दलतय्‌सं कालबिलया विषय दयेके जिउ ला?

राज्य पुनर्संरचनाया ’bout नेपाली कांग्रेसयात दकलय्‌ मय:गु गुगु पक्ष ख: व माओवादीया लागिं दकलय्‌ प्रमुख पक्ष ख:। अथे हे शासकीय स्वरुपया ’bout माओवादीयात दकलय् मय:गु गुगु पक्ष ख: व कांग्रेसया लागिं दकलय् प्रमुख पक्ष जुयाच्वंगु दु। थज्यागु खँयात दलतय्‌सं छग: हे टोकरीइ तया कालबिल यायेगु पाय्‌छि जुइ मखु। शासकीय स्वरुपय्‌ सम्झौता यायेमा:सा उकियात मेगु हे प्रक्रियां यायेमा:। उकथं हे राज्य पुनर्संरचनाय्‌ सहमति यायेमा:सा उकियात मेगु हे प्रक्रियां यायेमा:। देय्‌या लागि निगुलिं सवालया थ:थ:गु हे महत्व दु। अय जुया: छगूयात बलि बिया: मेगुयात टिके यायेगु ज्या राजनीतिक पार्टीतय्‌सं याये मजिउ।

अथे हे मेगु छता खँ, शासकीय स्वरुप आमजनता वा जनताया गुगुं निश्‍चित समूहलिसे प्रत्यक्ष सरोकार दुगु विषय मखु। तर राज्य पुनर्संरचनाया खँ देया तमाम आदिवासी जनजाति, दलित मधेसी, मस्मां आदि जातीय समुदायलिसे प्रत्यक्ष सरोकार दुगु विषय ख:। आ: जुइगु राज्य पुनरसंरचनापाखें थ:पिंत अधिकार प्राप्‍त जुइ धइगु आशा उमिसं यानाच्वंगु दु। यदि दलतय्‌सं उकी हे समझौता याना: राज्य पुनर्संरचनाय्‌ गडबडी यात धा:सा थ्व समुदायतय्‌सं त:धंगु आन्दोलन याइगु सम्भावना दु। तर शासकीय स्वरुप धा:सा न्ह्यागु हे व:सां स्वयम राजनीतिक दलतय्‌सं बाहेक मेपिंसं उकी सरोकार क्यनीगु गुन्जाइस मदु। उकिं सहमति यायेबलय्‌ नं दलतय्‌सं छु विषयया गुलि संवेदना दु धइगु खँ: दुनुगलंनिसें मनन्‌ यायेमा:गु अतिकं आवश्यक दु।

नेपालभाषा ब्वंकीपिनि प्रशिक्षण (Training to Nepal Bhasa Teachers)

नेपालभाषामा लेख
Article in NEPAL BHASA (Newari Language)
This article is in DEVANAGARI script.
साभार: गोरखापत्र,
ने. सं. ११३२ बछलाथ्व खास्थि
वि. सं. २०६९ बैशाख १५ गते शुक्रबार

 नेपालभाषा ब्वंकीपिनि प्रशिक्षण

न्हयब्व:म्ह शीला साय्‌मि

नेवा: देय्‌ दबू, नेवा: वस्ती नेवा: स्कूल अभियान व नेपालभाषा स्यनेकने पुच:या ग्वसालय् स्वन्हुयंकं  जूगु नेपालभाषा स्यनामिपिनि प्रशिक्षण ज्याझ्व: नकतिनि क्वचाल। नेपालभाषा ब्वंकाच्वंगु ब्वनेकुथि व न्हुगु शैक्षिक सत्रनिसें नेपालभाषा ब्वंकेत्यंगु झिंगुगू व्वनेकुथिया स्यनामिपिंत जक उगु प्रशिक्षण बिउगु ख:। प्रशिक्षणय् मुक्‍कं पीम्ह स्यनामितय्‌सं ब्वति का:गु ख:सा झिंछम्हेसिनं प्रशिक्षण बिगु ख:।

नेपालभाषा विषय प्रभावकारी व व्यवस्थित रुपं ब्वनेकुथिइ स्यनेगु ता:तया: उगु प्रशिक्षण नह्याकूगु ख:सा ब्वमिपिंत नेपालभाषाप्रति गुकथं आकर्षित यायेगु धइगु विषयय् नं प्रशिक्षण बिउगु ख:।

प्रशिक्षणया न्हापां कुन्हु नेपालभाषा स्यनेकने पुच:या न्वकु सानुकाजी महर्जनं प्रशिक्षण बियादिगु ख:सा उगु कक्षाय् वय्‌कलं मातृभाषाया संरक्षण गुकथं यायेगु व थ:गु मातृभाषा गुलि तक महत्वपूर्ण जू धइगु विषयय् प्रशिक्षण बियादीगु ख:। अथे हे पुच:या नाय: रमिता शाक्यं नेपालभाषाया कक्षा गुकथं संचालन यायेगु धइगु विषयय् बियादीगु ख:। प्रशिक्षणय् कार्टुनिष्‍ट रबिन साय्‌मिं कार्टुन चित्रपाखें नेपालभाषा गुकथं ब्वंकेगु धका: कनादीगु ख:सा जगतसुन्दर ब्वनेकुथिया सुनिता मानन्धरं ओरी-गामी, उगु हे ब्नेकुथिया रत्‍नदेवी कसां ‘मचा बाखँ’, मोडर्न नेवा: स्कूलया लसता सिंहं नेवा: व गैर नेवा:त दुगु कक्षाय् नेपालभाषा गुकथं ब्वंकेगु धयागु विषयय् अले स्यनामि लिसें कलाकार मय्‌जु सृजना महर्जनं नृत्य व संगीतया माध्यमं नेपालभाषा ब्वंकेगु धयागु विषयय् प्रशिक्षण बियादीगु ख:। थुकियालिसें नेवा: वस्ती नेवा: स्कूल अभियानया कजि दिपक तुलाधरं नेपालभाषाया सामान्य व्याकरणया विषयय्, शिक्षा विभागया डा. सुमनकमलं बहुभाषी शिक्षा, विद्योदय मा. वि. या स्यनामि उज्वलतारा बज्राचार्यं अभिनय व कला व नेवा: इन्टरनेशनल स्कूलया प्रधानाध्यापक रेणुका बज्राचार्यं इन्टरनेटया माध्यमं नेपालभाषा स्यनेगु विधि ’bout प्रशिक्षण बियादीगु ख:।

स्वन्हयंकया कक्षाय् नेवा: देय् दबुली हे जूगु ख:सा व्यावहारिक कक्षा न्यू जेनिथ इङ्ग‌लिस स्कूलय् जूगु ख:। प्रशिक्षण ज्व:छिया कक्षा बिचा: याना स्वयां अप्व: उपलब्धीमूलक जूगु ग्वसा: खल:या धापू दु। अथे हे प्रशिक्षणया झ्वलय् थ:पिंसं ब्वनेकुथी स्यनाच्वनागु स्वयां अप्व: प्रभावकारी जूगु प्रशिक्षार्थीतय्‌सं प्रतिक्रिया बिउगु ख:।

काठमाडौं नेवा: किन्डरगार्टेनया स्यनामि (प्रशिक्षार्थी) सुनिला महर्जनं प्रशिक्षण विधि तसकं बांला:गु व अ:पु जूगु धासें थुगु कक्षां थ:त मांभाय्‌या महत्व थुइका बिउगु खँ कनादिल। अथे हे अन्‍नपूर्ण स्कूलया स्यनामि निलहिरा शाहीं नं किपा, बाखं, अभिनय व कलाया माध्यमं स्वयां कासा म्हितका: स्यनेगु विधि थ:त य: ता:गु खँ कनादिल। वय्‌कलं थ:के मांभाय् व थ:गु संस्कृति संरक्षण यायेमा: धइगु बिचा: प्रशिक्षणया कारणं हे ब्वलंगु खँ नं कनादिल। प्रशिक्षणयात कया: प्रतिक्रिया बीगु झ्वलय् ग्रीन पीस एकेडेमीया स्यनामिं प्रशिक्षणं मांभाय्‌या ल्याखय् थ:त पुनर्जन्म बिउगु आभास यानादिल।

नेवा: देय दबूया नाय: नरेश ताम्राकारं न्हापा थ:गु भाय्‌या लागि झी सरकारनाप ल्वानाचना। सरकारं आ अधिकार बी धुंका: झी थ:थ: हे थ:गु छेँय् थ:गु भाय् मल्हा:से दास मनोवृत्ति ब्वलंकाच्वंगु दु धयादिल। अथे हे नेवा: वस्ती नेवा: स्कूल अभियानया कजि दिपक तुलाधरं आ: जुइगु न्हूगु शैक्षिक सत्रया कक्षाय् नेपालभाषाया थीथी पत्रिका, एफएमया ज्याझ्व: व टेलिसिरियलया माध्यम कायेगु खँ कनादिल।

नेपालभाषा स्यनेकने पुच:या नाय: रमिता शाक्यं छम्ह नेवा: जुया थ:गु म्हसीका बी मफुत धा:सा मेगु न्ह्यागु हे भाय् स:सां उकिया छुं अर्थ मदइगु बिचा: प्वंकादिल।

आ: स्वनिगलं पिनेयापिं स्यनामिपिनिगु नितिं याकनं हे निक्व:गु प्रशिक्षण नं जुइत्यंगु जानकारी नं वय्‌कलं बियादिल। थौकन्हय् मुक्‍कं ५७ गू ब्वनेकुथी नेपालभाषा  ब्वंकाच्वंगु दु सा न्हुगु शैक्षिक सत्रय् थप ४० गू ब्वनेकुती नेपालभाषा ब्वंकेगु तयारी जुयाच्वंगु दु।

बुंगद्य:या रथ सालेगु भाव (A Famous Nepali Festival of Machchhindra Nath Rath Yatra)

नेपालभाषामा लेख
Article in NEPAL BHASA (Newari Language)
This article is in DEVANAGARI script.
साभार: गोरखापत्र,
ने. सं. 1132 बछलाथ्व खास्थि
वि. सं. 2069 बैशाख 15 गते शुक्रबार

 बुंगद्य:या रथ सालेगु भाव

-बुद्धाचार्य शाक्य

कामारुपीठया सुवर्णया वर्णपिनिगु राक्षसया कुलय् जन्म जुयाबिज्या:म्ह यक्ष, किन्‍नर व नाग सहित जाना: रक्षा यानात:म्ह करुणामययात दक्व देवदेवीपिंत आह्‍वान याना: दयेकात:गुरथय् बिज्याके धुंका: यलया नगर परिक्रमा यायेगु चलनयात बुंगद्य:या या: अर्थात् जात्रा धका: धाइ। वसपोल बुंगयाम्ह लोकेश्‍वरयात तिरहुतेतसें विरचि नारायण धका: धाइसा नागपंथी खसतसें मत्स्येन्द्रनाथ धका माने याइ।

स्वीनिकु तजा:गु रथयात टौदहया कर्कोटक नागराजया प्रतिक स्वीनिकु ता:हाक:गु घ:मा: तया: सालेगु याइ। भयंकर ग्यानापुगु ख्वा:पा:म्ह, पात्र ज्वनाच्वंम्ह वँचुम्ह भैरवया रुप धारण याना: रथयात न्ह्‍याकेगु कुत: यानाच्वंगु रुपय् सकसिनं खनाच्वंगु दु।

उकिं बुंगयागु रथया घ:मालय् भैरवया ख्‍वा:पा: तयात:गु धाइ। घ:मा:या ख्वा:पा: पुं नं च्वयेगु याइ। अले गल सुचुकेगु धका: धकिं काप: तयेगु याइ। उकिया द्य:ने लुं सियात:गु सिज:यागु तपा:गु ख्वा:पा: पुइकेगु याइ। रथ लगंख्य:या माइसिमा थ्यंका: बौ बीबलय् म्येयागु आतापुति पुया: उगु ख्वा:पा: द्य:ने क्वखायेकेगु याइ।

बुंगद्य:या रथ सायेकीम्ह उगु भैरव मूर्तिया छ्यनय् च्वना: गजू ज्वना: ख: सालेत ह:पा: बीगु याइ। ह:सय् धका: ह:पा: बीवं हइसे धका: सालीपिंसं घ:मालय् चिनात:गु खिप: साली। पूच्वय् रथ ख्यलं क्वथाप्व:या पलेस्वां पुखू मपूतले ह:से हाइसे मधासे ‘सय् सय्’ जक धया: सालेगु याइ। क्वथाप्व:या पलेस्वां पुखू पुलेवं हसे हइसे धका: ह:पा: बिया: सालेगु याइ। थौ म्हिग: थ्व परम्परायात त्व:ता: सय् सय् धाइगु थासय् नं ह:से हइसे हे धायेगु यानाहल।

बुंगद्य:या रथ न्ह्यातकि तत:सकं का: पुया: दुन्दुभी याइ, बुंगद्य:या ज:ख: च्वाम्व: गायेकेगु याइ, न्यासिचा: पहलं धिमे व भुस्या थाइ। खिप: ज्वना: सालीपिं हर्ष जुया: हा:… हा:… हा:… धका: हालेगु अले स्वयाच्वंपिं भक्तजनपिं व दर्शनया नितिं पियाच्वंपिं दक्वं भक्तिभावं विभोर जुइ। चन्द्र सूर्य न्ह्य:ने ब्वया: ध्वजा पताका फसं ब्वयेके बिया: छाय् पा बियाच्वंगु बुंगद्य:या दथुइ बुंगम लोकेश्‍वरया रथ अतिकं न्ह्याइपुक खने दयाच्वनी। यल देशय् दछिया छक्व: बुंगद्य:या रथ परिक्रमा जुइगुयात ज्योतिमय करुणामयनं संसारयात दर्शन बियाबिज्या:गु धाइ। रथ सालेगु खिप:यात बासुकी नाग व अनन्त नाग नापं च्याम्ह नागया प्रतिनिधि माने यानात:गु दु। अनेक विज्ञानया लिधंसा कया दयेकात:गु बुंगद्य:या रथ सायेकीम्ह न्ह्यलुवायात अर्थात ह:पा: बीम्हेसित घ:मा ख्वा: धका: नां छुइगु चलन दु। बासुकी, सुमूर्ति, अनन्तं, देवसु, नन्द, पद्‍म, छत्र व इष्‍ट च्याम्ह नागं खिप: जुया: बुंगद्य:या रथ सालीगु विश्‍वास यानात:गु दु। बुंगद्यवं विरचि नारायणयागु रुप कया: छक्व: दर्शन बिउगु धका: ख: क्वसं खिपं चीगु घ:मालया म्वलय् निम्ह ब्राम्हणत च्वना: नं ह:पा: बीकेगु चलन यलया जुजु श्रीनिवास मल्लं चले यानाबिल। थ्व हे कथं बुंगद्य:यात नारायण न धाल। इमित गुलिसिनं सय् सय् बाज्या धका: न धा:। तुयुगु जामालं फिना: फेतां चिना: ह्याउँगु गां न्यया: बुंगद्य:या रथय् च्वना: ह:पा: बीगु ज्या याइपिं जूगुलिं उमित द्य: बाज्या नं धायेगु या:।

बुंगद्य:या रथ सालेगु भावया व्याख्या अर्थ वंक ज्यायेमा:, मखुगु धाल धा:सा पाप पुनेय: धइगु विश्‍वास नं यानात:गु दु।

(थ्व च्वसु झिंनिदँ जात्राया लसताय् पिदने धुंकुगु दु।)

साइबर नशा

साभार: माइसंसार, शनिवार साहित्य

website:  http://www.mysansar.com/archives/2012/04/id/25639#more-25639

साइबर नशा

By mysansar,

on April 21st, 2012

-शुषमा मानन्धर-

“तिमीले ईमेलमा फोटो अट्याच किन नगरेकी? हालसालैको फोटो अहिले तुरुन्तै स्क्यान गरी पठाउनू।” कृषुले फोनमा भनेको थियो। मेरो कथा उसले एउटा पत्रिकामा दिएको रहेछ, त्यसैको लागि फोटो अर्जेन्ट्ली चाहियो भन्दै थियो। अस्ति भर्खर खिचेको एउटा फोटो थियो त्यसैले ‘हुन्छ’ त भनेँ, स्क्यान गर्न नजिकैको साइबर बन्द थियो। खोज्दै जाँदा अलिपर मोडमा अर्को साइबर भेटेँ तर त्यहाँ निकै भीड थियो। भर्खरका तन्नेरीहरुले अखडा नै जमाएका देखिन्थे। हरेक कम्प्युटरमा ठिटाठिटीहरु झुम्मिएका थिए। अधिकांशहरु च्याट गर्नमा नै व्यस्त देखिन्थे। एउटा कम्प्युटरमा अलि पाकी महिला हेडफोन लगाई वेबक्याममा सम्भवतः आफ्नो छोरोसँग कुरा गर्न व्यस्त थिई। उनीहरुको कुराकानी धेरै दिनपछि मात्र भएको झैँ बुझिन्थ्यो। निर्देशन दिइएको जस्तो लाग्ने उसको आवाज बेलाबेला चर्को सुनिन्थ्यो, केटाहरु फर्केर हेर्थे। छोरासँग कुरा गर्ने धूनमा उसलाई अरु केही ख्यालै थिएन। क्याबिन बनाइएको कुनाको कम्प्युटरमा भने एउटा अधबैँसे जमेको थियो। ऊ घोप्टिएरै टाइप गरिरहेको थियो। उसले घरिघरि टाउको नउठाउने हो भने, ऊ त्यहाँभित्र भएको नभएको थाहा पाउन गाह्रै थियो।

साइबरभित्र मैले संचालकलाई सर्सती खोजेँ। काउन्टरमा बसिरहेको उन्नाइस बीस वर्षको केटो आफै पनि कम्प्युटरमा व्यस्त थियो।

“भाइ, एउटा स्क्यान गर्नु थियो।” मैले फोटो निकालेर टेबुलमा राखेँ। “हस्, हुन्छ एकैछिन पर्खनुस् न है? यो सकाइ हालुँ।” उसले व्यावसायिक मुस्कान सहित मलाई बस्न आग्रह गर्‍यो। कुर्न भनेपछि कम्ती झिँझो लाग्दैन मलाई। बाहिर पनि के गैहाल्नु? कम्मरमा हात लाएर सोच्दै थिएँ, एउटा केटो मोबाइलमा कुरा गर्दै हतारमा पेमेन्ट गरेर बाहिरियो। ऊ बसेको कम्प्युटर खाली भयो। स्क्यान गर्ने भाइ, अझै पनि व्यस्त नै थियो। समय कटाउने उद्देश्यले त्यो खाली कम्प्युटरमा बसेँ। स्क्रीन अन नै थियो र स्क्रीनको बटम लाइन ब्लीप गर्दै थियो। जिज्ञासाबस् मैले त्यहाँ क्लिक गरेँ, कम्प्युटर स्क्रीनमा च्याटबक्स देखापर्‍यो।

“हाइ स्वीटी, किन नबोलेकी?” च्याट लाइनमा अर्कोतर्फबाट कोही सोधिरहेको थियो। यो कम्प्युटरमा भर्खरै एकजना केटो बसेको थियो, ऊ स्वीटी कसरी भयो, मैले अनुमान लाउन सकिनँ। कुनै सन्देश टाइप नगरीकनै मैले इन्टर हानेँ।

“ब्ल्यान्क मेसेज किन नि?” उसले सोध्यो। “मलाई चिन्नुहुन्छ र?” मैले आश्चर्य मान्दै प्रश्न टाइप गरेँ। “त्यही त चिन्न खोज्दैछु। तपाईको ए.एस.एल. प्लीज।” उसले लेखेको प्रश्नसँगै स्क्रीनमा कालो गगल्स लाएर हाँसेको कार्टूनको इमोटिकन देखियो।

म छक्क परेँ, “के हो यो ए.एस.एल. भनेको?” मेरो प्रश्नमा कम्प्युटरमा उत्तर आइपुग्यो, “एज, सेक्स एण्ड लोकेशन।” ए, ए। मैले टाउको हल्लाएँ र टाइप गरेँ, “जि.सि.।” अब उतापट्टि उसको छक्क पर्ने पालो थियो, “के हो नि यो जि.सि. भनेको?” मैले छोटो जवाफ लेखेँ, “गर्ल फ्रम कम्प्युटर।”

“हाउ फन्नि, उमेर चैँ खै लेखेकी?”

त्यहीबेलामा काउन्टरको भाइले मलाई लक्षित गर्दै सोध्यो, “हजुरले स्क्यान गर्ने भन्नुभएको हैन?”

“हो, आइहालेँ।” तर म उठिहालिनँ। उसले एकैछिन मैले च्याटिङ्ग गर्दै गरेको हेरिरह्यो, फर्केर आफ्नो रजिस्टरमा केही टिप्यो र ऊ पुनः आफ्नो कम्प्युटरमा व्यस्त भयो। अगाडि गई मैले काउन्टरमा फोटो छाडेँ र स्क्यान गरिएको फोटो पेनड्राइभमा सेभ गरेर ल्याइदिन अनुरोध गरेँ। म एकछिन त्यहाँ ऊसँग अल्मलिँदा स्क्रीनमा एउटा अर्को प्रश्न देखा परिसकेको थियो, “रिसायौ कि?” उसको प्रश्नले बास्तवमा मलाई रीस उठाएकै थियो। कुरा गर्न पनि खोज्ने अनि उमेर पनि सोध्ने।

“म जति नै उमेरकी भए पनि तिमीलाई के?” मैले सबै अक्षर क्यापिटल फन्टमा टाइप गरेर उसलाई हपारेँ।

“कूल डाउन, त्यसरी नरिसाउन। भैगो तिमीसँग उमेर सोध्दिन तर उमेर सोध्दैमा केटीहरु किन झनक्क रिसाइहाल्छन् हँ? उमेर सोध्नु अपराध पनि त हैन, हो र?”

“त्यो त हैन। तैपनि शुरुमै उमेरको कुरा उठाउने, त्यो पनि अपरिचितसँग। रीस उठ्दो हुँदैन र? ”

“हो,हो हुन्छ, मैले पनि मानेँ। यो प्रसङ्गमा तिम्रो र मेरो कुरा मिल्यो।” उसको उत्तरसँग यो चोटि ताली पिट्दै गरेको इमोटिकन देखापर्‍यो। काउन्टरको भाइले पेनड्राइभ मेरो टेबुलमा ल्याइदियो, “थ्याङक्यु।” म ऊतिर हेरी मुस्काएँ। च्याटिङको साइटसँगै मैले आफ्नो ईमेल खोलेँ र कृषुलाई फोटो अट्याच गरी पठाएँ।

मसँग च्याट गर्ने मान्छे मलाई रमाइलो लाग्यो। ऊसँगको वार्तालाप रोचक बन्दै गैरहेको थियो।

“अनि आफू चैँ कहाँबाट नि?” मैले उसको लोकेशन जान्न चाहेँ। यो पालि उसले मेरै शैली चोर्‍यो, “तिमी कम्प्युटरबाट, म पनि कम्प्युटरबाट। हा हा।” आफू हाँसेको जनाउन उसले दुई शब्द बढी थप्यो।

“मैले त तिमी मोबाइलबाट भन्ठानेकी थिएँ, तै कम्प्युटरबाट पो रहेछौ। गूड, अरु के गर्छौ?”

“यो सोध न, के गर्दिन?”

“यसो भन्नुको तात्पर्य?”

“कलेज पढ्छु, घुम्छु मस्ती गर्छु। कुनै पीरै छैन।” उसको जवाफले म कतै आफूभन्दा निकै सानोसँग च्याट गरिरहेकी त छैन, भन्ने शंका लाग्यो। यो साइबरभित्र पनि धेरैजना मभन्दा कम उमेरका नै थिए। अन्त पनि कमबेसी यही स्थिति होला। साइबरमा के कामले आएकी, धत्तेरीका, केमा भुलेर बसेछु। दोधारमा माउस क्लिक गर्दै बसेथेँ, उसले स्क्रीनमा दुईतीन वटा प्रश्नहरु एकैपटक फाल्यो,“हेलो, आर यु देयर? हेलो? हेलो?”

“अँ, यतै छु।” मैले जवाफ फर्काएँ।

“तिमीले साइन आउट गरी हिँड्यौ कि भन्ने लागेको थियो। एकछिन त बस्छौ हैन? तिमीसँग कति रमाइलो कुरा भैरहेको छ।”

“एकछिन चैँ बस्छु। सायद अर्को आधाघण्टा। त्योभन्दा बढी बस्दिन। तिमी चैँ कतिबेर बस्छौ?”

“म पनि लगभग आधाघण्टा बस्छु होला तर तिमी भन्छौ भने दुईचार घण्टा बढी बसुँला। स्वीटी, तिमीलाई एउटा कुरा थाहा छ?” उसले मलाई सम्बोधन गर्दै भन्यो।

“स्वीटी? तर मेरो नाम स्वीटी कहाँ हो त?” उसले अघिदेखि स्वीटी भनेको मलाई चित्त बुझेको थिएन।

“तिम्रो लगिङ नेममा यही नाम डिस्प्ले भैरहेको छ, त्यसैले पो। ठीकै छ, तिम्रो रियल नेम भन न त।” मैले बल्ल ख्याल गरेँ, म स्वीटी नामबाट सागरसँग च्याट गर्दै रहिछु।

“ठीकै छ सागर, तिमी यो च्याटमा मलाई स्वीटी नै भन्न सक्छौ। अघि के सोध्दै थियौ मलाई?”

“आज न्युरोडमा भूतको बवाल भा’थ्यो नि, थाहा पायौ?”

“त्यही भएर त्यत्रो ट्राफिक जाम भा’को थियो? मान्छेहरु कुरै नबुझि कत्रो हल्ला फैलाउँछन् हगि?”

“त्यही त। कागले कान लग्यो भन्दा कान छाम्नुभन्दा कागको पछि दगुर्छन्। हात्ती आयो, फुस्सा। स्वीटी, तिम्रो र मेरो बिचार किन यतिविघ्न मिलेको?” अप्रत्यासित रुपमा उसले अनौठो प्रश्न गर्‍यो।

तत्काल कुनै उत्तर दिन नै आएन मलाई। मैले सिर्फ ङिच्च दाँत देखाइ हाँसेको स्माइली प्रेषित गरेँ। ऊसँगको कुराकानीले मन झङक्रित भएर यो परिचय निकै गाढा र नजिकको झैँ लाग्न थालेको थियो।

कीबोर्ड नजिक साइलेन्टमा राखेको मेरो मोबाइल झललल बल्यो। अघि दिउँसो साइलेन्टमा राखेकी मोबाइलमा साइलेन्स अफ गर्न बिसेँ। कृषुको फोन थियो। मैले उठाइनँ। ‘म साइबरमा छु, फोटो स्क्यान गरी पठाइसकेँ। आफ्नो ईमेल चेक गर।’ मैले उसको मोबाइलमा मेसेज पठाएँ । मभन्दा अगाडिको लहरमा बसेकी पाकी महिलाले छोरासँग कुरा गर्न सकाएकी जस्तो छ, उसले काउन्टरमा बस्ने भाइलाई बोलाई। हेडफोन निकालेर ऊ काउन्टरमा उभिई। साइबर संचालक अगाडि आएपछि ऊसँग कुरा गरेर त्यो महिला बाहिर निस्की। यसो हेर्दा संचालक भाइ र त्यो महिला परिचित हुन् कि जस्तो लाग्यो।

“तिमीलाई टाइप आउँदैन र? जवाफ लेख्न किन यति ढिला? म यहाँ कुर्‍याकुर्‍यै छु। ” सागर भन्दै थियो।

“तिमीभन्दा फास्ट छु, कम्प्युटर नै स्लो छ, के गरुँ?” मैले गुनासो लेखेँ।

“त्यसो भए, अर्को कम्प्युटरमा सिफ्ट होऊ न त। कम्प्युटर अर्को खाली छैन?” सागर मलाई अर्को कुनै फास्ट कम्प्युटरमा बस्न अनुरोध गर्दै थियो। चारैतिर नजर डुलाएँ, भर्खर खाली भएको कम्प्युटरमा एउटी केटी बसिसकेकी थिई।

“सब हाउसफूल छन् सागर। केही छैन, केही मिनेट त हो।” घडी हेरेँ, एक घण्टा हुन दश मिनेट बाँकी थियो। दश मिनेटपछि उठ्छु भन्ने सोचेँ। एकछिनसम्म सागरले कुनै प्रतिक्रिया जनाएन।

“कता हरायौ, आफू चैँ हिँडेउ कि के हो?” मेरो प्रश्नमा उसले लेख्यो, “तिम्रो कम्प्युटरलाई लागेको रोग मेरोमा सर्‍यो जस्तो छ। सीट्, क्या स्लो!”

“त्यसोभए कम्प्युटर किन चेन्ज गर्दैनौ?” म आफ्नो बाँकी भएको दश मिनेटको भरपुर मजा लिन चाहन्थेँ।

“यार, यहाँ पनि हाउसफूल छ।” उसको पनि गुनासो उस्तै थियो।

त्यहीबेला एउटी बच्ची साइबरभित्र पसी र कुनामा अड्डा जमाइरहेको अधबैँसेलाई तान्न थाली, “ड्याडी जाउँ न?”

“तिमीहरुको किनमेल सकियो?” ऊ बच्चीलाई सोध्दैथियो।

“मम्मी बाहिर हुनुहुन्छ।” छोरीको भनाइमा उसले आश्वस्त गर्‍यो, “ल ल बाहिर बस्दै गर, म आइ हालेँ।”

“यद्यपि मैले तिमीलाई देखेको छैन, तर तिमी निकै आत्मीय लागिरहेछौ। स्वीटी, के हामी आजपछि पनि सम्पर्कमा रहिरहन सक्दैनौँ?” सागरका यी शब्दहरुले मनभित्र कताकता काउकुति लगायो। कसैले स्पर्श गरेझैँ रोमान्चित भएँ, भित्र कतै तातो सललल बग्यो। आँखा अगाडि अग्लो, छरितो, युवक याचना गरिरहेझैँ लाग्यो।

“किन नसक्नु, मित्रता यसरी नै गाँसिने त हो नि।”

“९८४१……………. मैले आफ्नो मोबाइल नम्बर दिएको छु, मलाई मीसकल गर। म पनि मोबाइलमा तिम्रो नम्बर सेभ गर्छु।”

सागरले दिएको नम्बर आफ्नो मोबाइलमा सेभ गरेँ र टेबुलमै राखी मीसकल गरेँ।

“ल, मैले पनि तिम्रो नम्बर सेभ गरेँ स्वीटी, फोन गर्नेछु तिमीलाई। तिमी पनि फोन गर्छ्यौ त? ”

“गरिहाल्छु नि।” मैले यो उत्तरसँग जिब्रो निकालेको इमोटिकन पनि सेन्ड गर्न चाहेँ तर जानिनँ। अल्मल गर्दै थिएँ, सागरले बडेमान्को अक्षरमा प्रश्न गर्‍यो, “फेरि गायब? ”

“हैन, म इमोटिकन खोज्दै थिएँ क्या!”

“यत्ति छोटो समयमै तिमीले के गर्‍यौ, गर्‍यौ स्वीटी, कुछकुछ होता है, भैरहेछ। आइ एम स्योर, आज रातभरी तिमीले मलाई सुत्न दिने भइनौ।” उसका शब्दहरु मात चढाउने खालका थिए। मैले उसबाट प्रेषित शब्दहरु मार्फत् उसलाई हेरिरहेँ। कहाँबाट होला, कस्तो देखिँदो हो, सागरको कल्पनामा तरंगित र उत्तेजित, मैले लेखेँ, “मैले के गरुँला र तिमीलाई?”

“सबथोक।” उसको छोटै जवाफले पनि सिरिङ्ग भएँ। लाज मानीमानी प्रत्युत्तरमा लेखेँ, “हा हा।”

अहिले बच्चीसँग एउटी महिला पनि भित्र पसी, “छिटो जाउँ न ढिला भैसक्यो।” उसले अधबैँसेको अघि उभिएर अलि आजित भएर भनी। अधबैँसे केही नबोली कम्प्युटरबाट उठ्यो। ऊ सँगसँगै छेउछाउका अरु दुईतीन केटाहरु पनि उठे। साइबर खाली जस्तै देखियो। बच्चीको हात समाउँदै निस्कँदै गरेको अधबैँसे भुँडे पनि थियो। यस्तालाई पनि के साइबर आउनु परेको होला, छक्क र दिक्क मानी सोच्दै थिएँ, ऊ आफ्नी श्रीमतीलाई स्पष्टिकरण दिँदै थियो, “आज ईमेल हेर्न आएको फाइदै भा’छ। ”

मेरो कम्प्युटर ह्याङ्ग भयो। मैले काउन्टरको भाइलाई बोलाएँ। “दिदी, कम्प्युटर रिस्टार्ट गर्नुपर्ला जस्तो छ।” समय हेरेँ, एकघण्टा त बितिसकेछ। “भैहाल्यो।” म पनि कम्प्युटरबाट उठेँ। सागरलाई ‘बाई’सम्म पनि भन्न पाईनँ, साह्रै थकथक लाग्यो। बिचरा उता साइबरमा पर्खँदै कति मेसेज पठाइसकेको होला। माया लाग्दो उसको अनुहार सोचेर खल्लो भएँ, तै हामीले मोबाइल नम्बर आदानप्रदान गर्न चैँ भ्याएछौँ। काउन्टरमा गई पैसा तिरेर बाहिर निस्केँ। अघि साइबरभित्र बसेका दुई केटाहरु ढोकैछेउ उभेर भर्खरै हेरेका वेबसाइटका कुरा गर्दै थिए।

ममा सागरको नशा अझ बाँकी नै थियो। हिँड्दाहिँड्दै उसको मोबाइलमा कल गरेँ। उसले उठायो। “कहाँ छौ?” मैले सोधेँ। “न्यूरोड, साथीहरुसँग।” लाइन डिस्कनेक्ट भयो। ऊ पनि साइबरबाट हिँडिहालेछ होला, मैले सोचेँ। मैले मीसकल मात्र गरेँ। अलि पर गाडी कुरिरहेको मान्छेले मोबाइल उठायो, नम्बर हेर्‍यो र फोन राख्यो। मैले पुन मीसकल गरेँ, यो पालि पनि उसैले फोन उठायो। उसले कुरा गर्नुभन्दा अघि नै मैले लाइन डिस्कनेक्ट गरेँ। सशंकित उसले चारैतिर हेर्‍यो। मोबाइल चलायो र कानमा टाँस्यो। मेरो मोबाइलमा सागरको नम्बर डिस्प्ले भैरहेको थियो। मैले साइलेन्टमा रहेको आफ्नो मोबाइल डिस्कनेक्ट गरी स्वीचअफ गरेँ।

गाडी कुर्दै गरेको साइबरभित्रको अघिको अधबैँसे, मोबाइल कानमा राखी फन्फनी घुम्दै थियो ।

केही नेपाली उखान टुक्का संग्रह (Some Nepali Proverbs Collection) भाग – ६

१.  हिस्स बूढी खिस्स दाँत।
२.  ल्हासामा सुन छ कान बुच्चै।
३.  चौटा खान गएकी झोलमा डुबेर मरी।
४.  अल्छीलाई बल्छी मर्दलाई जाल।
५.  अल्छी तिघ्रो स्वादे जिब्रो।

६.  टुहुराको पनि दिन फर्कन्छ।
७.  अनिकाले मानू बाँडिचूडी खानू।
८.  आफ्नै छोरी नखरमाउली तन्‍नेरीलाई दोष।
९.  आफू नमरी स्वर्ग देखिन्‍न।
१०. काम न धाम पेटभरी माम।

११. आयूको छोरालाई वायूको डर।
१२. उसै त बूहारी मरिच खाएकी।
१३. तिर्खा धाउँछ खोला धाउँदैन।
१४. एउटा थाप्लो दुईटा नाम्लो।
१५. आकाशमा थुके मुखमा छिटा।

१६. उसै त सासू सुन लगाएकी।
१७. पानी खानू मूलको स्वास्नी ल्याउनू कूलको।
१८. खाउनु न पिउनु पुर्पुरोमा चिनु।
१९. दु:खीलाई दिन्छु नभन्‍नू विधवालाई लान्छु नभन्‍नु।
२०. गीत गाउनेको सुसेलीबाटै थाहा हुन्छ।

२१. घर नभएको छोरो र सुत्केरी नभएको बुहारी।
२२. घर आए कुकुर बलियो।
२३. चीनको राजा भोटको नून, ज्यानै दिए नि नदेख्‍ने गुन।
२४. जसको तरबार उसको घरबार।
२५. जहाँ माल उहीं पानी।

२६. जसले बोक्छ भारी खान्छ मेख मारी।
२७. टुहराको पनि दिन फर्कन्छ।
२८. जाँगर न साँगर खाने बेला आँगर।
२९. जुवाको धन गन्दै नगन।
३०. जो होचो उसको मुखमा घोचो।

३१. जो छ खूनी उसैलाई हुनी जो छ दानी बिग्रने बानी।
३२. टाढाको देउता करेसाको भूत।
३३. ताप्के ताते पो हुन्छ, बींड मात्र तातेर हुन्छ।
३४. दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ।
३५. दूध दिने गाईको लात्ती सहनु।

३६. वनको बाघले खाए नि नखाए नि मनको बाघले खाने।
३७. बारी न विरुवा नौ मुरी तोरी।
३८. बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार।
३९. विसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु बेस।
४०. भाइ फुटे गँवार लुटे।

४१. भोको भन्छ डाँडावारि खाउँ अघाएको भन्छ डाँडापारि खाउँ।
४२. भेटी न सेटी बस मरिमेटी।
४३. मर्ने बेला हरियो काँक्रो।
४४. मह काढ्नेले हात चाट्छ।
४५. माछाको बल पानीसम्म।

४६. मुखमा सरस्वती हुनेको सधैं वृहस्पति आउँछ।
४७. लगनपछिको पोते के काम?
४८. सासूको माया छोरी छउन्जेल बुहारीको माया छोरा छउन्जेल।
४९. शोक न सुर्ता भोक न भकारी।
५०. सुख पाए ससुराली जानू दु:ख पाए मीतकहाँ जानू।

५१. हात्ती उडाउने बतास आयो पिउरी खेल्छस् राँड।
५२. हातमा पुस्तक मनमा दश थोक।
५३. मूर्ख र पैसा छिट्‍टै सकिन्छ।
५४. अर्काको भर भोकभोकै मर।
५५. कालो बादलले संधै पानी पार्दैन।

५६. पहेंलो सबै सुन हुँदैन।
५७. ऋणदेखि नडराउनू दिनदेखि डराउनू।
५८. माग्नेको धन दशचोटि गन्।
५९. बुढानिलकण्‍ठ नारानथान सौता सौता हानाहान।
६०. खोलावारि खोलापारि ढुंगा हानाहान
एउटा पोइको दुइटा स्वास्नी लगौटी तानातान।

६१. के निउँ पाउँ कनिका फुकाउँ।
६२. उनीहरूको घरमा झगडा हाम्रो घरमा धुनधान।
६३. मानो रोपेर मुरी फल्ने।

मेरी मनकी रश्मी – कथा (शनिवार साहित्यबाट)

साभार: माईसंसार (विद्युतीय छापामा एउटा नेपाली ब्लग)

Website: http://www.mysansar.com/archives/2012/04/id/25577#more-25577

मेरी मनकी रश्मी
By mysansar, on April 14th, 2012

-सुवास-

मेरा भन्ने कुरा सदा झैं सकिए एकैचोटी। कारण- उस्ले नारी ब्रम्हास्त्र प्रहार गरी, आँशु झारेरै रोइ। अनि याद आयो, सात वर्ष भएछ, ऊ झ्याम्मिएर मलाइ अँगालो हाल्दै रोएको एयरपोर्टमा। सँगै अमेरिका आउने धेरै प्रयास गरे पनि खैरेले खै किन हो पत्याएन उसलाई पहिलोपल्ट एम्बेसीमा। म एक सेमेस्टर चाँडो आउनु पर्ने भयो। मैले पनि म पहिला यहाँ आएर वातावरण मिलाएमा पछि उसलाई सजिलो हुने आश्वाशन दिदै उडेंथें मन नहुँदा नहुँदै। धेरै लामो भयो छ महिना मेरो लागि, उस्ले पनि त्यसै भनी। पछि धेरै राजनीति गरेर भर्जिनिया जान्छु भनेर उ सोझै टेक्सस आएकी थिइ, मेरो कलेजमा। बाउ आमाले छोरी हराइ भनेर धेरै भागदौड गरे अरे, एलिना (उस्की बेस्ट फ्रेन्ड) लाई नाना भाँती छड्के प्रश्न गरे अरे। पछि बिस्तारै हुरी मत्थर भो, पातहरू पनि हल्लिएर थाके शायद।

दिन चर्या ब्यस्त थियो मेरो, अन्डर ग्राजुएटको पढाइ, ग्यास स्टेसनको काम, साहुले मिल्ने भए स्टोरमै सुत भन्न मात्र बाँकी थियो। अनि उस्ले (रश्मी) भर्खरै छेउको सिटीको मलमा थ्रेडिङको काम सुरु गरेकी। थोत्रो टोयोटा क्याम्रि, कहीले काहि त लाग्थ्यो, साला गाडिमा ओछ्यान लगाएर सुत्न पाए पनि हुने। आफ्नो काम, रश्मीको काम, कहीले काँही नाई भन्न नसकेर रश्मीको रुम पार्टनर पूजाको समेत काम। कति हाँक्नु गाडी ? यति नै दुरी काठमान्डौमा ट्याक्सी हाँकेर बेलामा मिटर ज्यादा घुमाको भए त सायद जडिबुटिमा चार आना घडेरी जोडी सकिन्थ्यो होला। धन्य हो मेरो ढाड अनी मेरो थोत्रो क्याम्री, सहनु सहेकै हो। बिस्तारै मेरा हाड जोर्नीहरू झर्किदै गए, कहीले काँही म साँझ बिहान ढिलो रश्मिकोमा पुग्दा अथवा कहीले काँही यसो रोमान्टिक हुँदै गर्दा पूजाको आँखा तराई पनि बढ्दै गयो। यस्तै यस्तैमा एक सेमेस्टर बितेछ, पत्तै भएन। पूजालाई मेरो र रश्मीको लभ स्टोरीले टेन्सन दिएको कुरा बाह्रौ चोटि सुन्नु पर्यो, कन्पारो तातेर आयो। साला छ मैना यसै कुरियो, अर्को छ मैना दौडधुप मै निस्किसक्यो, त्यहाँमाथि यो आमा न मामा पट्टिकी सति सावित्री सासू बन्न खोजेको कति दिन सहनु ?

आजकाल दिन चर्या धेरै सुध्रेको थियो, मैले पनि उस्को मल छेउको ग्यास स्टेसनमा काम मिलाको थिएँ, धेरै जसो आउने जाने समय म्याच गराउने प्रयास हुन्थ्यो हामि दुबै जनाको। जे जस्तो भए पनि दुई कुरा बाट छुटकारा पाइएको थियो, पूजाको गिद्दे हेराइ अनि मेरा रुम पाट्नरको अल्छी तथा कोडिपना। हुन त गर्लफ्रेन्ड संगै नबस भनेर धेरैले सल्लाह दिएका थिए, ‘सगै बसे पछि गर्लफ्रेन्ड पनि बुढी जस्तै गनगने हुन्छन्, छेउछाउ मात्र बसेर गर्लफ्रेन्डको फाईदा पनि लिने, अनि बुढीको बेफाइदा बाट पनि बच्ने’ तार्किक सल्लाह पनि दिएकै हुन साथिहरूले। केही दिन त सोचें मैले पनि, भनिन्छ केटा मान्छेले तीन ठाउँ बाट सोच्छ रे। मैले पनि मन, दिमाख र जननेन्द्रिय लाई एकजुट गरेर सोचें, सँगै बस्ने निधो गरियो, परेको जो सुकैले बेहोरोस्। धेरै कुराहरू फेरिए त्यसपछि, म सरसफाइमा ध्यान दिने भएँ, मुभी मन पराउन थालेँ, उस्ले फुटबल हेर्न थाली, फेसबुकका पासवर्ड साटिए, रिलेसनशिप स्टाटस फेरिए, टी-सर्ट प्यान्ट र जुत्ता म्याच गरेर लाउनु पर्ने हुन थाल्यो, हुँदा हुँदा मेरो बोल्ने स्टाइल केटीको जस्तो हुन थाल्यो भन्न समेत भ्याए साथिहरूले। धेरै कुरा बदलियो, चुरोट खाने बानी पनि छुटी नै सकेको थियो, उस्ले पनि खान्छे भन्ने थाहा पाउनु अघि सम्म त , पछि त सबै साझा भए, एस्ट्रे चुरोट अनि चुरोट तान्ने ओठहरू। जे होस्, एउटा जबान मान्छेका चार आधारभुत आवश्यकताहरू,गाँस, बास, कपास र सहबास रे, त्यतिका लागि बल्छी थाप्नु या भैलो खेल्नु नपर्दा पनि मगजको धेरै हिस्साले फुर्सद पायो। उस्ले सबै मलाइ सुम्पीइ, मैले मेरो सबै उसलाई सुम्पिएँ,मेरो भर्जिनिटी बाहेक, बाँकी भए त उसैलाई सुम्पन्थेँ म पनि, छ मैनाको एक्लो बसाइ, वीकइन्ड , क्लब अनि क्लबभरिका पोटिला खैरिनी हरु, एउटी मेनुकाले मेरो तपस्याको पनि बिश्वामित्र कै हाल गराई। त्यति कुरा बिर्सने हो भने हाम्रा सबै दु:ख बाँडिए, खुशि गाँसिए, उसलाई सहारा, मलाइ भरोसा, रमाउदा रमाउदै सात बर्ष कतिबेला बित्यो, पत्तै भएन, हेर्दा हेर्दै मास्टर्स पनि सकियो। ग्राजुएसनको बेलामा आफ्नो बसाइको तरिकाले गर्दा बाउ आमालाई घुम्न बोलाउन पनि सकिएन, एक मनले धिक्कारेँ आफैंलाइ, फेरि चित्त बुझाएँ आफैंले। मास्टर्स सकिएपछी उ त्यहि बस्ने भै एक दुई मैना आफ्नै फिल्डको काम खोज्न, म आएँ यतातिर कन्सल्टेन्सीमा हान्निदै आइ टी को खेती गर्न।

थाहा छैन यो एक मैनामा के के फूल फुले, उ आज मलाई भेट्न आएकी छे, अचम्मको सरप्राइज लिएर, उसको घरबाट बिहेको प्रेसर दिए रे। ठिक छ एउटा जागिरमा अल्झिन पाए बिहे ठुलो कुरा भएन, अथवा बिना जागिरै पनि सिन्दुरै हाल्न के को आइतबार ? बाँकि सबै सिमा नाघेको बर्सौ भैसक्यो। सात बर्षमा ननिस्केको हाम्रो जातीय अन्तरको कुरा पनि पहिलो पल्ट निस्क्यो, त्यो पनि संगै बिफ खाको मुखबाट। उसको बुबा मुटुको रोगि रे, अलिकति दुख पुग्ने कुरा सुनाउनै हुन्न रे , नयाँ कहानि फुरेछ मार्केटमा, बाबु आमाले अर्कै केटासँग बिहे गर्ने प्रेसर दिए रे, आदी इत्यादी। शुरुमा सबै चिज पत्याएर उसलाई कन्भिन्स गर्ने असफल प्रयास गर्दै थिएँ म बबुरो, अन्त्यमा उस्ले आशुँ झारी, अँगालो मारी अनि बिदा मांगी। त्यहि मान्छे, तिनै आँखा, त्यहि आँशु, सात बर्षमा आँशुको तात्पर्य र नियत पुरै बिपरित भएछ, म एक्लो भै सकेंछु।

मेरो संसार तिर्मिरायो, रुन मलाइ बच्चै देखि आउदैन, नत्र रुन्थें पनि होला। बिर्सी दिनु रे उस्लाइ, के के मात्र बिर्सिनु ? सम्झेँ सात मिनेटमा गएको सात बर्ष, आफू नसुती नसुती उस्को असाइन्मेन्ट गर्दा आँखा कमजोर भएर लगाको चस्मा नाक माथी अझै छ, उस्को फी तिर्दा घोटेको क्रेडिट कार्डको ब्याज अझै तिर्दै छु, अझै कति तिर्नु पर्ने हो, फोन लाइन एउटै हो, मिनेट शेयर गरिन्छ, फेसबुकको पासवर्ड अझै साझा छन्। ‘आइ लभ यू, आइ मिस यू’ के के हो के के, उसैले सिकाइ उसैले बिर्साइ। आधा घण्टा मैले टेक्स्ट रिप्लाई नगर्दा मेरा साथि हरूलाई समेत टेक्स्ट गर्न भ्याउँथी, त्यो नाटक या यो नाटक ? पुराना केही कुराहरू सम्झन लायक रहेनन, बिर्सन लायक मलाइ छोडिन। अनि फेरि सल्किए अनगिन्ती चुरोटहरू,’बैगुनी भन्दा चुरोट जाति, मुटुनै जलाए पनि आफूले चाहुन्जेल ओठमा टाँसिरहन पाइन्छ’ कतै ट्रकको पछाडि देखेँथें, हो रैछ। धुवैँ धुवाँ भो कोठा, घरि घरि स्मोक डिटेक्टर कहालिन्छ, मन कहालिएको बेला। त्यस्को मुखैमा टेप बेरिदिएँ, बल्ल शान्त भयो।

मन बहलाउने सबै उपायहरू नाकाम हुँदै गएका छन आजकाल, एउटा थोत्रो बास्केटबल लिएर कोर्टमा जान्छु हरेक साँझ, थोरै भए पनि बिर्सन खोज्छु। आज त एक्छिन रिङ्ग के ताकेको थिएँ, एउटा फुच्चे आएर पालो पालो रिङ्ग मा ट्राइ गर्ने प्रस्ताब राख्यो। धिक्कारेँ आफैलाई, एउटा जाबो रिङ्ग एक्लौटी बनाउन नसक्ने लाछी, रिस उठ्यो, के गरु ? फुच्चेलाई थर्काउँ ? फेरि डर लाग्यो, माझी औँला ठड्याइदियो भने, कालेको बच्चो पो हो त। घर फर्किदै थिएँ, साथिले फोन गर्यो, रश्मीको बिहेको कुरा चलेको केटा ग्रिन कार्ड होल्डर रे। बल्ल थाहा भो, जात, प्रेसर, मुटुको रोग, सबै कहानि एकाएक किन फुर्यो भनेर। सोल्टिनीले नराम्रो सँग मामु बनाइछे, बल्ल भेउ पाइयो।

ओछ्यानमा बसेर निदाउने प्रयास गर्दै थिएँ, घरबाट आमाको फोन आयो, स्वर दरो पार्दै उठाएँ। आमाले अरु दिन भन्दा साह्रै लामो कुरा गर्नु भो, मैले सबै कुरामा अँ, हो, हुन्छ भनेर सहमती जनाइरहेँ, फोन राखियो। म ओछ्यानबाट जुरुक्क उठेर ल्यापटप खोलेँ, फेसबुक खोलेर आमाले भनेको नाम सम्झिदै सर्च गरेँ ‘सुश्मा पौडेल’, फेसबुकले तीन बटी सुश्मा पौडेल देखायो, तिनवटै राम्रा रैछन। (नराम्रो फोटो त कस्ले पो प्रोफाइल पिक्चर राख्छ र ?)खिसिक्क हाँस्दै घर जाने प्लेनको टिकट हेर्न थालेँ। लामो सास तानेर ओछ्यानमा पल्टिएँ, मेरो सामुन्नेको भित्तामा सजिएको फोटो फ्रेममा बल्ल मेरो ध्यान गयो, त्यहाँ मूर्ख म अनि मेरी मनकी रश्मी, दुबै हाँसीरहेका थियौँ।

केही नेपाली उखान टुक्का संग्रह (Some Nepali Proverbs Collection) भाग – ५

तल क्रम संख्‍या दिई केही नेपाली उखान टुक्‍का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्। जसको अंग्रेजीमा समान अर्थ दिईएका छैनन्, अंग्रेजीमा तिनको समान अर्थ क्रम संख्‍या उल्लेख गरी कमेन्ट वा रिप्लाई मार्फत पठाउनुहोस्।

Along with Serial Numbers, some Nepali Proverbs and their English Equivalent Meanings are given below. For those having no English Equivalent Meanings, you are requested to send their English Equivalent Meanings stating Serial Numbers.

१. मूर्खलाई सय कोर्रा बुद्धिमानलाई एक कुरा।
–  A word to the wise is enough.
२. मौन सम्मत्ति लक्षणम्।
–  Silence means consent.
३. राम्रो बैठान आधा बैठान।
–  Well begun is half done.
४. लोहाको बैरी लोहा।
–  Diamond cuts diamond.
५. लङ्‍का मार्ने हनुमान जस पाउने डेंढू।
–  One sows another reaps.

६. सास छउन्जेल आश।
–  While there is life, there is hope.
७. सन्तोषी सदा सुखी।
–  Content is happiness.
८. सितैको धन फुपूको श्राद्ध।
–  Evil got evil spent.
९. सुनलाई खोल हाल्नु पर्दैन।
–  A fair face needs no paint.
१०. संगतले मानिस चिनिन्छ।
–  A man is known by the company he keeps.

११. हतपतको काम लतपत ।
–   Haste makes waste.
१२. हात्तीको मुखमा जीरा।
–   A drop of water in the ocean.
१३. हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात।
–  Childhood shows the man as morning shows the day.
–  Coming events cast their shadows before.
१४. नाकमुनि कन्दनि।
१५. कि लायो सुनको बाला कि गयो … … … को छाला।

१६. कि भयो अमरावतीको राज कि भयो चपरीमुनिको वास।
१७. आए बौको गए साहुको।
१८. आम्दानी चारानाको खर्च बारानाको।
१९. लोभले लाभ, लाभले विलाप।
२०. बुढेसकालमा पाटीको वास।

२१. साउँको भन्दा ब्याजको माया।
२२. ससुरालीको धनमा नामर्दको रजाईं।
२३. बूढी मर्‍यो काल पल्क्यो।
२४. कुकुरलाई मासु पैंचो।
२५. कुकुरलाई घ्यू नपचेको।

२६. दशा भनेको बाजा बजाएर आउँदैन।
२७. धेरै खाए मल थोरै खाए बल।
२८. औषधी र उपदेश मीठो हुन्‍नँ।
२९. जति भान्छे त्यति खिचडी।
३०. अनिकालमा बीउ जोगाउनु हुलमुलमा जीउ जोगाउनु।

३१. जुन थालमा खायो त्यही थालमा हग्छ।
३२. सोर्‍है साला सत्र।
३३. स्याल कराउनु कुखरा हराउनु।
३४. बाख्राको चाकमा किरा परेको।
३५. कसाईंको अगाडि बाख्रा रोएको।

३६. खसी जोख्‍नु सय चोटि मान्छे जोख्‍नु एक चोटि।
३७. हुने हार दैव नटार।
३८. कांही नभएको जात्रा हाँडी गाउँमा।
३९. ठाउँ न ठहर बूढीको रहर।
४०. कपाल दुखेको औषधी नाइटोमा लाई।

४१. काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे।
४२. गाँसी गुँसी एकै नासी।
४३. कोढीको जीउ प्यारो अपुताको धन प्यारो।
४४. खर्च न बर्च तीर्थ जानु पर्छ
सपनतीर्थ जाँदाखेरी चुरोट खानुपर्छ।
४५. डिङ्‍गाको सरापले हात्ती मर्दैन।

४६. कताको जिली कताको गाँठी।
४७. वल्लो घाट न पल्लो तीर
वारि खाल्डो पारि भीर।
४८. नपाउनेले केरा पायो बोक्रा समेत चपायो।
४९. पापा पनि चिची पनि।
५०. जति कालो उति मेरै बौको सालो।

५१. जान्‍नेलाई श्रीखण्‍ड नजान्‍नेलाई खुर्पा बींड।
५२. जसको शक्ति उसको भक्ति।
५३. धोबीलाई हतार हुँदैमा घाम लाग्दैन।
५४. जसले जान्यो उसले तान्यो।
५५. नबिराउनु नडराउनु ।

५६. आई लाग्ने माथि जाई लाग्नु।
५७. जसको बाँदर उसैले नचाउँछ।
५८. घैया रोपेर धान फल्दैन।
५९. हलो जोत्दैमा गोरू ब्याउँदैन।
६०. शिवजीलाई धतुरोले लाग्दैन।

६१. काम न काजको दुश्मन अनाजको।
६२. काग बस्नु हाँगा भाँचिनु।
६३. हावा नचली पात हल्लिंदैन।
६४. एउटा पोईको दुईटा जोई ख्वाउने बेलामा कोही न कोही।
६५. तरुनी छउन्जेल सयवटा पोई मर्ने बेला कोही न कोही।

केही नेपाली उखान टुक्का संग्रह (Some Nepali Proverbs Collection) भाग – ४

तल क्रम संख्‍या दिई केही नेपाली उखान टुक्‍का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्। जसको अंग्रेजीमा समान अर्थ दिईएका छैनन्, अंग्रेजीमा तिनको समान अर्थ क्रम संख्‍या उल्लेख गरी कमेन्ट वा रिप्लाई मार्फत पठाउनुहोस्।

Along with Serial Numbers, some Nepali Proverbs and their English Equivalent Meanings are given below. For those having no English Equivalent Meanings, you are requested to send their English Equivalent Meanings stating Serial Numbers.

१. नहुनु मामा भन्दा कानो मामा निको।
– Half a loaf is better than no loaf.
– Something is better than nothing.
२. नाच्न जान्दैन आँगन टेढो।
– A bad carpenter quarrels with his tools.
३. पापको धन प्रायश्‍चित।
– Ill-got; Ill-Spent.
४. बाठो लड्छ तीन बल्ड्याङ् लाटो लड्छ एक बल्ड्याङ्।
– Too much cunning overreaches itself.
५. बाँदरको हातमा नरिवल।
– Casting pearl before swine.

६. साउनमा आँखा फुटेको गोरूले बार्‍है महिना हरियो देख्‍छ।
– Everything looks yellow to a jaundiced eye.
७. भन्‍ने बित्तिकै सबै कुरा हुँदैन।
– Rome was not built in a day.
८. भालुलाई पुराण सुनाएर के हुन्छ।
– Crying in wilderness.
९. रातभरी करायो दक्षिणा हरायो।
– Crying in wilderness.
१०. भेंडा भेंडासित बाख्रा बाख्रासित।
– Birds of feather flock together.

११. म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो।
– Man proposes God disposes.
१२. मच्चियो मच्चियो थच्चियो।
– Much cry and little wool.
१३. मनको लड्‍डु घ्यूसित खानु।
– Building castle in the air.
१४. मरेको बाघको जुँगा उखेल्नु।
– Flogging a dead horse.
१५. माग्नेलाई तातो भात।
– Beggars must not be choosers.

१६. मीठो कुराले पेट भर्दैन।
– Fair words butter no parsnips.
१७. मुखमा रामराम बगलीमा छुरा।
– A honey tongue a heart of gall.
१८. केटाकेटी आए गुलेली खेलाए मट्‍याङ्‍ग्राको सत्यानाश।
१९. साँढेको जुधाई बाच्छाको मिचाई।
२०. ओरालो लागेको गाईलाई मृगले पनि लखेट्‍छ।

२१. भण्‍डारीले भन्दियो, गोतामेले गोद दियो।
२२. काम गर्ने कालु मकै खाने भालु।
२३. मनको लड्‍डु घ्यूसँग खानु।
२४. काम गर्ने कालु जस पाउने ढेँडु।
२५. चिप्लो न चाप्लो त्यसै दुख्‍छ थाप्लो।

२६. उही नाम्लो उही कुम्लो।
२७. ढुंगाको भर माटो, माटोको भर ढुंगा।
२८. कुसाइतमा पञ्‍चेबाजा।
२९. फलामले फलाम काट्‍छ।
३०. केटी हेर्नै नपर्ने केटो बोल्नै नपर्ने।

३१. हिंडने गोरूले चुटाई खान्छ।
३२. ले ले बाबु गुलेली मारिदिउँला जुरेली।
३३. काम साँचे आफूलाई खान साँचे अरूलाई।
३४. आँखाको तिरिमिरि … … को झ्याईं।
३५. घर्तीको अर्ती सुन्‍नु।

३६. आगो ताप्नु मुढाको कुरा सुन्‍नु बुढाको।
३७. बाघ बूढा स्याल तन्‍नेरी।
३८. बूढा मरे भाका सरे।

केही नेपाली उखान टुक्का संग्रह (Some Nepali Proverbs Collection) भाग – ३

तल क्रम संख्‍या दिई केही नेपाली उखान टुक्‍का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्। जसको अंग्रेजीमा समान अर्थ दिईएका छैनन्, अंग्रेजीमा तिनको समान अर्थ क्रम संख्‍या उल्लेख गरी कमेन्ट वा रिप्लाई मार्फत पठाउनुहोस्।
Along with Serial Numbers, some Nepali Proverbs and their English Equivalent Meanings are given below. For those having no English Equivalent Meanings, you are requested to send their English Equivalent Meanings stating Serial Numbers.

१.  छुच्चाको धन लुच्चाले खान्छ।
– Penny wise pound foolish.
२. छोरो पाउनु कैले कैले भोटो सिउनु ऐले।
– Counting the chickens before they are hatched.
३. जति भाँडो उति चुबुर्को।
– Many minds many thoughts.
४. जस्तालाई तस्तै ढिंडालाई निस्तै।
– Tit for tat.
५. जस्तो काम उस्तै माम।
– As you sow, so you reap.

६. जस्तो रोप्यो उस्तै फल्छ।
– As you sow, so you reap.
७. जस्तो देश उस्तै भेष।
– While in Rome, do as the Romans do.
८. लंगडाको देशमा खुट्‍टा खुम्च्याउनु।
– While in Rome, do as the Romans do.
९. जसको शक्ति उसको भक्ति।
– Might is right.
१०. जसरी आयो त्यसरी गयो।
– Easy come, easy go.

११. जिब्रो चिप्लो मन भने कालो।
– A wolf in lamb’s clothing.
१२. दु:ख कहिल्यै एक्लै आउँदैन।
– Adversity never comes alone.
१३. दु:ख विना सुख हुँदैन।
– No pain no gains.
१४. धेरै खाए घिउ पनि तीतो हुन्छ।
– Too much of anything is bad.
१५. धेरै जोगी मठ उजाड।
– Too many cooks spoil the broth.

१६. नपत्याउने खोलाले बगाउँछ।
– Still water runs deep.
१७. नमच्चिने पीङको सय झड्का।
– An empty vessel sounds much.
१८. रित्तो गाग्री छचल्किन्छ।
– An empty vessel sounds much.
१९. भेंडाको खोलमा ब्वाँसो।
– A wolf in lamb’s clothing.
२०. वल्लो घरको नरे पल्लो घरमा सरे।

२१. चोरलाई चौतारो साधूलाई सुली।
२२. एक कान दुई कान मैदान।
२३. एउटा घिउ बेचुवा अर्को तरवार बेचुवा।
२४. बत्ती मुनि अँध्यारो।
२५. नमच्चिने पीडको सय झड्का।

२६. झिंगाको डिंगाले हात्ती मर्दैन।
२७. एक कानले सुन्यो अर्को कानले उडायो।
२८. आँखा नदेख्‍ने नेत्रलाल कान नसुन्‍ने कर्णकान्त।
२९. नानी भन्दा आची ठूलो।
३०. भ्वाड् भन्दा स्वाङ् ठुलो।

३१. उत्ताउली गाईलाई बाघले खाई।
३२. भन्दाखेरी छ गन्दाखेरी सात।
३३. तै रानी मै रानी कुवाको पानी को खानी।
३४. एउटा सियो चोर अर्को फाली चोर।
३५. सर्पको खुट्‍टा सर्पले देख्‍छ।

३६. थुतुनो र मुतुनो जोगाएर राख्‍नु।
३७. जो निर्धन उसैको नाम धनप्रसाद।
३८. खाइछाड कि लाइछाड मरेपछि लम्पसार।
३९. तित्राको मुखै वैरी।
४०. नयाँ दुलही चुरा धेरै बजाउँछिन्।

४१. धान खाने मुसा चोट पाउने भ्यागुतो।
४२. काग भन्दा कोईली चंख।
४३. बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल बिक्दैन।
४४. आच्छ्युँ खाएँ बाच्छ्यूँ खाएँ झुसे बारूलो।
४५. भाड्‍राको टोपीलाई गुँयलाको फूल।

४६. माग्नेलाई तातो भात।
४७. मामाको घोडा मेरो हि हि।
४८. जंगलमा मड्‍गल।
४९. काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।
५०. सर्प पनि मरोस् लट्‍ठी पनि नभाँचियोस्।

५१. कुचोले बढार्नु पर्ने कसिङ्‍गर हावाले उडायो।
५२. बाख्रा पुच्छर काट्‍यो बोकालाई सजिलो।
५३. भेंडा भेंडाको हूलमा बाख्रा बाख्राको हूलमा।
५४. दिउँ आफू नाङ्‍गो नदिउँ माग्नेको मुख बाङ्‍गो।
५५. माग्नेको मुख बाङ्‍गो।

५६. चोरको हजार दाउ।
५७. हग्नेलाई भन्दा देख्‍नेलाई लाज।
५८. जो अगुवा उही बाटो हगुवा।
५९. नयाँ जोगी खरानी धेरै घस्छ।
६०. कुमाईंको घुमाई, जैसीको जाल
कायस्थको लेखा, आसामीको काल।

६१. जसको डम्फू उसकै ताल।
६२. निभ्न लागेको बत्ती चहकिलो बल्छ।
६३. मर्नु भन्दा अगाडि आङ् तन्काउनु।
६४. जति सुमसुम्यायो उति … … … साँगुरो।
६५. जसको बिहे उसैलाई देख्‍न नदे।

६६. बाघको छालामा स्यालको रजाईं।
६७. राजाको धन जान्छ भँडारेको पेट पोल्छ।
६८. सरकारी काम कहिले जाला घाम।
६९. सूर्य अस्त चन्द्र मस्त।
७०. उही नाम्लो उही कुम्लो।

७१. कागलाई बेल पाक्यो हर्ष न विस्मात्।
७२‌ धन देख्‍दा महादेवको तीन नेत्र।
७३. औंला दिंदा डुँडुल्ना निल्छ।
७४. घिउ केमा पोख्‍यो दालमा।
७५. जस्तो जस्तो पण्डित उस्तो उस्तो स्वाहा।

७६. लुटको धन फुपूको श्राद्ध।
७७. लोभीको धन छट्‍टुले खान्छ।
७८. अड्को पड्को तेलको धूप।
७९. घरै पिंडालु वनै पिंडालु
ससुराली जाँदा बार्‍ह हातको पिंडालु।
८०. कुन्ताको महादेव खरानी घसेको।

८१. कुकुरलाई लुतो।
८२. हाँसको चाल न बकुल्लाको चाल।
८३. माछो माछो भ्यागुतो।
८४. आलु खाएर पेडाको धाक।
८५. धाक भन्दा धक्‍कू ठूलो हिंडन लागे खुट्‍टा लुलो।

८६. बेला न कुबेला बजि नयला।
८७. अन्धाको सहारा लङ्‍गडा।
८८. लगनको बेला हगन।
८९. सुनारको सय चोट लोहारको एक चोट।
९०. जोगीको घरमा सन्यासी पाहुना।

९१. हात्तीको मुखमा जीरा।
९२. सानो छउन्जेल मर्ला भन्‍ने पीर ठूलो भएपछि मार्ला भन्‍ने पीर।
९३. आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढा माथि।
९४. सूर्यको अगाडि बत्ती।
९५. आउँछ समय पर्खंदैन, बग्छ खोलो फर्कंदैन।

९६. खुट्‍टा भए जुत्ता हजार।
९७. हात्ती लम्कनु घोडा चम्कनु।
९८. कुरो र कुलो जता लग्यो उतै लाग्छ।
९९. खाने पिउने रामे चोट पाउने चामे।
१००. खोला र माया तलतिरै बग्छ।

१०१. नामर्दलाई लुतो।
१०२. अजिङ्‍गरको आहारा दैवले पुर्‍याउँछ।
१०३. भैंसीलाई सिङको भारी हुँदैन।
१०४. गुरू गुँढ चेला चिनी।
१०५. मुसाको छोरा दरबारमा।

१०६. बाउभन्दा छोरा जान्‍ने खुकुरीभन्दा कर्द लाग्ने।
१०७. आँ गर्दा अलङ्‍कार बुझ्ने।
१०८‌. जस्तो आफू उस्तै च्यापू।
१०९. हगेपछि दैलो देख्छ।
११०. जति नङ्‍रा उति दार्‍हा।

१११. मर्नु भन्दा बौलाउनु निको।
११२. जहाँ गार्‍हो उही सार्‍हो।

ब्राजिलमा नरभक्षी मानिस (Maneater People in Brazil)

साभार: सौर्य दैनिक, २०६९ बैशाख ४ गते सोमबार

ब्रासिलिया : मान्छेको मासु खाने मानिसका प्रसंग दन्त्यकथामा पाइन्छन्। तर, वास्तविक जीवनमै यस्तो घटना घटेको सुन्‍नुभयो भने तपाईंलाई आश्‍चर्य लाग्ला! ब्राजिलमा यस्तै अपत्यारिलो घटना भएको छ।

ब्राजिलका तीनजनाले एउटी महिलाको हत्या गरेर मृतकको मासुबाट परिकार बनाएका छन्। त्यस्तो परिकार खानुबाहेक उनीहरूले छरछिमेकीलाई समेत बिक्री गरेको सार्वजनिक भएपछि यसले ब्राजिलमा सनसनी मच्चाएको छ। ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्दै आएका जोर्ग बेल्ट्रो निग्रोमोन्ट, उनकी श्रीमती इसाबेल पाइरस र प्रेमिका ब्रुना डा सिल्भाले एक महिलाको हत्यापछि तिनको मासुबाट परिकार बनाएको प्रहरीले जनाएको छ।

आयाको जागिर लगाइदिने प्रलोभन देखाई घरमा बोलाएर उनीहरूले ती महिलाको हत्या गरेका हुन्। प्रहरीले उनीहरूको बगैंचाबाट थप दुई शव बरामद गरेको छ। सोही क्षेत्रका दुई महिला केही दिनअघिदेखि हराइरहेकोले ती शव उनीहरूकै हुन सक्ने आशंका गरिएको छ। यी नरभक्षी  ‘विश्‍वको शुद्धिकरण र जनसंख्या कटौती’ मा विश्‍वास राख्‍ने सम्प्रदायका मानिस हुन्। उनीहरूलाई गत बुधबार प्रहरीले प्रक्राउ गरेको थियो। सोधपुछका क्रममा उनीहरूले अपराध स्वीकार गरेका थिए। हरेक वर्ष तीन महिलाको हत्या गर्ने योजना आफूहरूले बनाएको उनीहरूले प्रहरीसमक्ष बताएका छन्। (डेलिमेल)

लँ तब्या यायेमा:गु थाय् (Places in NEPAL to HAVE THE ROADS WIDENDED)

नेपालभाषामा लेख
Article in NEPAL BHASA (Newari Language)
This article is in DEVANAGARI script.
साभार: गोरखापत्र,
ने. सं. 1132 चौलाथ्व षष्‍ठि
वि. सं. 2068 चैत्र 15 गते बुधवा:

लँ तब्या यायेमा:गु थाय्

-कमलरत्‍न तुलाधर

स्विट्जरलाय्‌ण्डया नांजा:म्ह नेपाल देशया एक्सपर्ट टोनी हेगेन नेपालय् यक्व चा:हिउम्ह मनू वय्‌क: हे जुइमा:। टोनी हेगेनं देश दुच्छिं चा:हिला: नक्सा दयेकेगु व फोटो कायेगु लिसें थाय्‌थासय् अध्ययन न या:गु ख:। नेपा:मितय्‌सं थ:गु देश म्हससीकेत वयागु सफुपाखें यक्व: ग्वाहालि कायेगु या:।

खुइदँ न्ह्य: टोनी हेगनं नेपालया गांगामय् गथे खंगु ख: यक्व थासय् आतक अथे हे तिनि। उलि ईया दुने शहरय् न्हून्हूगु मोटर, तत:जा:गु छें व किसिम किसिमयागु रेष्‍टुराँ दयेधुंकल, तर गांगामय् धा:सा लँ जक मदुगु थाय् नं अझ यक्वं दनि। अथे हे वास: याये मखना: मनूत सिनाच्वंगु न दनि।

थौकन्हय्‌या जमानाय् वास: यायेगु मदया: मनूत सिनाच्वंगु दु धायेगु मछालापुसे च्वंगु खँ ख:। तसकं अविकसित अवस्थाया चिं ख:। तर देशया हामा व प्लानर धा:पिनिगु विचार स्वनिगलं पिहाँ वनेफुगु मखु। गांगामय् लँ, ताँ व अस्पताल दयेकेगु पलेसा स्वनिगलय् मोटर ब्वाकेत लँ तब्या यायेगु ज्याय् निं हथाय् चायाच्वंगु दु। देश विकास सिबें न राजधानीइ फर्माइस दयेकेज्याया योजना दयेकाच्वंगु दु।

उखुन्हु तिनि पिहां व:गु छगु समाचार कथं सिंहदरबार दुने योजना आयोगया ज्याकू यायेत भराय्‌खागु बिल्डिङ दनेगु प्लान दयेकूगु दु। देश विकासया ग्वसा ग्वइगु योजना आयोगयात थ:त विल्डिङ निं दनेमा:गु छु हथाय्‌गु ख: सीकेफुगु मखु। अथे हे बुलडोजर हया: तुरुन्ता तुरुन्त छें थुनेगु यानाच्वंगु नं अजू चायेमा:गु खँ जुल। छाय्‌धा:सा स्वनिग:या गुलिमछि थासय् लँ स्यनाच्वंगु दं दं दयेधुंकल, तर लँ भिंकेत धा:सा सरकार हथाय् चायाच्वंगु मदु।

अथे हे ताँ स्यनाच्वंगु दु। छगु उदाहरण कथं सिनामंगलया ताँ काय जिऊ। थनयागु ताँ दुनाच्वंगु दु, तर सरकारं ताँ भिँकेगु वास्ता यानाच्वंगु मदु। झीगु सरकारयात गबलय् छु हू वइ धाय थाकू। छगू ईलय् गुँदपाकयागु क्वालिटी चेक यायेगुलिइ तसकं मेहनत या:गु ख: थौंकन्हय् वास्ता मयाये धुंकल।

न्हापा नम्बर प्लेट व मोटरसाइकल गयाव:पिनि हेलमेट चेक यायेगु हू व:गु ख:सा थौकन्हय् सिटबेल्टया धुन चलेजुयाच्वंगु दु। गुँदपाकयागु क्वालिटी चेक यायेगुलिइ गुलि ध्यान त:गु ख: उलि हे कडा नक्सां लँ दयेकेबलय् नं क्वालिटी चेक या:गु जूसा दयेकेसात स्यनीगु मजुइगु खइ। ओभरलोड यानात:गु ट्रकं याना: पिच यानात:गु व लोहं लानात:गु लँ दच्छि मदुबलय् हे गा:गा: वनीगु जुयाच्वंगु दु।

नक्सा पास याना: छेँ दनात:पिंत दण्ड बीगु तर सुकुम्बासी धा:पिंत ध्यबा बीगु नीतिं सकसितं गजब यानाबिउगु दु। अथे हे बुलडोजर हया: छेँ थुनेगु ज्याय् सरकारं क्यनाच्वंगु इफिसेन्सी छगू स्वये मदुगु नमूना ख:। थ्व हे जोश गामय् विकास यायेगुलिइ क्यंगु जूसा टोनी हेगेनयागु देश स्विट्जरलाय्‌ण्ड थें च्वंकेत ई माली मखु।

नेपाली उखान टुक्का संग्रह (Some Nepali Proverbs Collection) भाग – २

तल क्रम संख्‍या दिई केही नेपाली उखान टुक्‍का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्। जसको अंग्रेजीमा समान अर्थ दिईएका छैनन्, अंग्रेजीमा तिनको समान अर्थ क्रम संख्‍या उल्लेख गरी कमेन्ट वा रिप्लाई मार्फत पठाउनुहोस्।
Along with Serial Numbers, some Nepali Proverbs and their English Equivalent Meanings are given below. For those having no English Equivalent Meanings, you are requested to send their English Equivalent Meanings stating Serial Numbers.

1. एक हातले ताली बज्दैन।
–   It takes two to make a quarrel.
२. कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा।
–   A little learning is a dangerous thing.
3. कसैको आहार कसैको विष।
–   One man’s food is another man’s poison.
4. कसैले तपाईं भनोस् नभनोस् आफैं मपाईं।
–   Self praise is no praise.
5. काग कराउँदैछ पिना सुक्दैछ।
–   Let the dog bark.

6. काटेको घाउमा नुन चुक।
–  Adding insult to injury.
7. काना गोरूलाई औंसी न पूर्णे।
–   Day and night are alike to a blind.
8. खाउञ्‍जेल आफ्नो खाइसक्यो बिरानो।
–   The danger past, God is forgotten.
9. खाने मुखलाई जुँगाले छेक्दैन।
–   Where there is a will, there is a way.
10. जहाँ इच्छा त्यहाँ उपाय।
–    Where there is a will, there is a way.

11. गर्जने बादल बर्संदैन।
–     Barking dogs seldom bite.
12. गधा मलेर गाई हुँदैन।
–     A black stone will never turn white.
–     Black will take no other hue.
13. गल्ती गर्नु मानिसको स्वभाव हो।
–     To err is human.
14. गाई मारेर गधा पोस्ने।
–     To rob Peter to pay Paul.
15. गुहुलाई चलायो गन्ध।
–     Do not vex the lion.

16. घाँटी हेरी हाड निल्नु।
–     Cut your coat according to your cloth.
17. चोरको मनमा जहिले पनि ढुकढुक।
–     A guilty mind is always suspicious.
18. जसको मन खोटो उसको मन छोटो।
–     A guilty mind is always suspicious.
19. एउटा बिराउने शाखा पिराउने।
20. बाँदरको पुच्छर लौरो न हतियार।

21. के खोज्छस् कानो आँखो।
22. नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार।
23. रातभरी रुङ्यो, बूढी जिउँदै।
24. जब राती, बूढी ताती।
25. हात्ती छिर्‍यो पुच्छर अड्क्यो।

26. हात्ती आयो हात्ती आयो फुस्सा।
27. किन रोइस् मङ्‍गले आफ्‍नै ढंगले।
28. एक्लो बृहस्पति झुट्‍टा।
29. नजिकको तीर्थ हेला।
30. ढुंगा खोज्दा देउता मिल्नु।

31. गहिरा घरलाई पहिरा डर, डाँडा घरलाई के को डर।
32. लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ।
33. लाटा देशमा गाँडा तन्‍नेरी।
34. अन्धाको देशमा आँखा छोप्नु, लङ्‍गडाको देशमा खुट्‍टा खोच्याउनु।
35. साउनमा आँखा फुटेको गोरूले बार्‍है महिना हरियो देख्छ।

36. औंसीमा किन्यो पूर्णेमा फाट्‍यो।
37. खान्‍न खान्‍न लोकाचार खाएपछि माना चार।
38. काम छउन्‍जेल भाँडो काम सकिएपछि ठाँडो।
39. जति भाँडो उति चुबर्को।
40. तँ आँट म पुर्‍याउँछु।

41. हरिप देखेर दैव डराउँछ।
42. दैव दिने पितृ हर्ने।
43. बार्‍ह वर्षमा पोइ आयो मै राँडलाई ज्वर आयो।
44. अघि राँड मानिन, पछि राँड जानिन।
बाघ लाग्यो घिच्याउन, राँड लाग्यो चिच्याउन।
45. बाहुना बाउले च्याउ खाओस् न स्वाद पाओस्।

46. मर्ने बेलाँ हरियो काँक्रो।
47. भुक्ने कुकुरले टोक्दैन।
– Barking dog seldom bites.
(English Equivalent meaning: sent by Mr. Buddy)
48. विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन।
49. राम राम सीता पोइ मर्ने बेला कोही न कोही।
50. मर्दकी दश ओटी।

51. मुखमा राम राम बगलीमा छुरा।
– A wolf in lamb’s clothing.
(English Equivalent meaning: sent by Mr. Buddy)
52. मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ।
53. गाई कहिले ननुहाए पनि सेता सेतै, भैंसी जति नुहाए पनि काला कालै।
54. बलेको आगो ताप्न छोडेर निभेको आगो को तापोस्।
55. बलेको आगोमा घिउ थप्नु।

56. अर्थ न बर्थ गोविन्द गाई।
57. छन् गेडी सबै मेरा छैनन् गेडी सबै टेढा।
58. दुधको साक्षी बिरालो।
59. कहिले सासूको पालो कहिले बुहारीको पालो।
60. बार्‍ह वर्षमा खोलो पनि फर्कन्छ।

61. टुहुराको सहारा दैव।
62. मेरो गोरूको बार्‍है टक्‍का।
63. नाच्न जान्दैन आँगन टेढो।
64. भाग्यमानीको भूतै कमारो।
65. तालुमा आलु फल्नु।

66. जोईको जोई पोईको पोई हामी बीचमा कोई न कोई।
67. जो चोर उसकै ठूलो स्वर।
68. चोरको स्वर ठूलो डाँकाको आँखा ठूलो।
69. नदुखेको कपाल डोरी लगाई लगाई किन दुखाउनु।
70. बैंसमा स्याल पनि घोर्ले हुन्छ।

71. बाघ बूढो स्याल तन्‍नेरी।
72. बाघको मुख खाए पनि रातै नखाए पनि रातै।
73. लोग्ने स्वास्नीको झगडा परालको आगो।
74. धोबीको कुकुर घरको न घाटको।
75. कसैलाई के धन्दा कसैलाई के धन्दा घरज्वाईंलाई खानको धन्दा।

76. अनुहार न दनुवार पाण्‍डव सुनुवार।
77. पैसा न सैसा टिकी ट्याँस ट्याँस।
78. जुन जोगी आएपनि कानै चिरेको।
79. गाई गंगा बराबर।
80. ताक परे तिवारी नत्र गोतामे।

81. मौका परे दुलाँ हात मौका नपरे पाखाँ हात।
82. लातको भुत बातले मान्दैन।
83. तै रिन मै बूढी बाख्री किन।
84. काम गर्ने कालु मकै खाने भालु।
85. देख्‍ना दाल खाना काल।

86. अघिको तीतो पछिको मीठो।
87. अर्काको नासो गलपासो।
88. मौका हिरा फोर्नु बेमौकामा कोडी नछोड्नु।
89. कहिले माथैमाथ कहिले पुर्पुरोमा हात।
90. चिन्‍नु न जान्‍नु घचेडी माग्नु।

91. न आमा पट्‍टिको न मामा पट्‍टिको।
92. हरेस खाए नि चरेस नखानु।
93. मोही माग्नु  ढुंग्रो लुकाउनु।
94. आफ्‍नो हात जगन्‍नाथ।
95. जिउँदाको जन्ती मुर्दाको मलामी जानुपर्छ।

96. नमरी स्वर्ग देखिंदैन।
97. मरेपछि डुमै राजा।
98. बार्‍ह छोरा तेर्‍ह नाति बूढाको धोक्रो काँधै माथि।
99. स्वास्नीमान्छेको थर छैन लोग्ने मान्छेको घर छैन।
100. जात फाल्नु गहतको झोलमा।

101. स्वास्नीमानिसको चरित्र र लोग्नेमानिसको भाग्य कसैलाई थाहा हुँदैन।
102. स्वास्नीमानिसको उमेर नसोध्नु लोग्नेमान्छेको कमाई नसोध्नु।
103. नजाने गाउँको बाटो नसोध्नु।

गाउँखाने कथा संग्रह भाग – १

1.   बाहिर सुन भित्र चाँदी, चाँदीलाई पकाएर मुखभित्र खाँदी, के हो?
–    चामल
2.   इउँ त इउँ, टिप्नेलाई सय रूपियाँ दिउँ, के हो?
–    छायाँ
3.   नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार, के हो?
–    बाँदर
4.   हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो?
–    भूँईंचालो
5.   आकाशमुनि दुई तारा, दुई तारामुनि दुई धारा, दुई धारामुनि भैंसी बस्ने ठूलो आहाल, के हो?
–    मानिसको अनुहार

6.   हानेर हान्‍न नसकिने तानेर तान्‍न नसकिने, के हो?
–    पानी
7.   स्याउँ स्याउँ चल्ला 12 गाउँ हल्ला, के हो?
–    मुत
8.   सुरिलो हाँगा एउटै पात, के हो?
–    पन्यू
9.   सानो सानो रूख छ, चढ्नमा दुख्छ, के हो?
–    सिस्नुको बोट
10.  तल मादल बजाउने माथि छमछम नाच्ने, के हो?
–    चंगा उडाएको

11.  भाँडो पाक्छ, चामल पाक्दैन, के हो?
–    अम्बा
12.  किन्‍नेले राख्‍दैन, पाउनेले किन्दैन, के हो?
–    उपहार
13.  आकाशमा आगो पातालमा पानी, हातले समाई क्वार क्वार खाने, के हो?
–    हुक्‍का र चिलिम तानी तमाखु खाएको
14.  दिउँसोभरी सुत्छ, रातभरी उठ्‍छ, के हो?
–    लाटो कोसेरो
15.  सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो?
–    कराइमा सेल पकाएको

भिडियो

Rubik’s Cube Solved

by Kedar shrestha

नेपालको राष्‍ट्रिय गान (National Anthem of Nepal)

नेपालको राष्‍ट्रिय गान

सयौँ थुड्‍गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली ।।

प्रकृतिका कोटी कोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल ।।

ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।।

बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्‍ट्र हाम्रो जय जय नेपाल ।।

नेपाली उखान टुक्‍का संग्रह भाग – १ र अंग्रेजीमा तिनको समान अर्थ; Nepali Proverbs and their English Equivalent Meanings

तल क्रम संख्‍या दिई केही नेपाली उखान टुक्‍का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्। जसको अंग्रेजीमा समान अर्थ दिईएका छैनन्, अंग्रेजीमा तिनको समान अर्थ क्रम संख्‍या उल्लेख गरी कमेन्ट वा रिप्लाई मार्फत पठाउनुहोस्।

Along with Serial Numbers, some Nepali Proverbs and their English Equivalent Meanings are given below. For those having no English Equivalent Meanings, you are requested to send their English Equivalent Meanings stating Serial Numbers.

1. अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ।
–  A burnt child dreads the fire.
2.  अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ।
–   Once bitten twice shy.
3.  अचानोको पीर अचानैले थाहा पाउँछ।
–   A wearer knows where the shoe pinches.
4.  मनको बह कसैलाई नकह।
–   A wearer knows where the shoe pinches.
5.  आकाशको फल आँखातरी मर।
–   If the sky falls, we will catch larks.

6.  अर्काको आङ्गमा जुम्रा देख्‍ने आफ्‍नो आङ्गमा भैसी नदेख्‍ने।
–   No one looks at his faults.
7.  आज मर्‍यो भोलि औषधि।
–   After death, the doctor.
8.  आफू भलो त जगत भलो।
–   Good mind, good find.
9.  आफै त महादेव, कसले देला वर।
–   Himself a beggar and a beggar at the door.
10. आफ्नो रुचि खानु, अर्काको रुचि लाउनु।
–   Eat to please thyself but dress to please other.

11. मौका आउँछ पर्खंदैन।
–   Time and tide wait for no man.
12. काल आउँछ पर्खंदैन।
–   Time and tide wait for no man.
13. इन्द्रको अगाडि स्वर्गको बयान।
–   Carrying coal to Newcastle.
14. ईश्‍वर दाहिने भएपछि कसको के लाग्छ।
–   When God is kind all are favourable.
15. उफ्रने गोरुको सीङ भाँचिन्छ।
–   Pride has its fall.

16. एक थुकी सुकी हजार थुकी नदी।
–   Union is strength.
17. एक पन्थ दुई काज।
–  To kill two birds with one stone.
18. पशुपतिको यात्रा सिद्राको व्यापार।
–   To kill two birds with one stone.
19. एक माघले जाडो जाँदैन।
–   One swallow does not make a summer.
20. अकबरी सुनलाई कसी लाउनु पर्दैन।

21. आए आँप गए झटारो।
22. आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो।
23. बुझ्दो न सुझ्दो टुँडिखेल कुद्‍दो।
24. ताईं न तुईं हात लाग्यो दुई।
25. चकचके बाँदरको चाकमा घाउ।

26. बाँदरको हातमा नरिवल।
27. जुन गोरूको सीङ छैन उसैको नाम तिखे।
28. भीरबाट लड्ने गोरुलाई राम राम भन्‍न सकिन्छ, काँध थाप्न सकिंदैन।
29. खाई न पाई छाला टोपी लाई।

Alternate blogsite

http://www.shresthakedar.blog.com
http://www.schooltimearticles.wordpress.com
http://www.akshalok.wordpress.com

माईसंसारको शनिवार साहित्यमा प्रकाशित भएको कथाहरू

http://www.mysansar.com

My Sansar

http://www.mysansar.com

विकिपेडियामा नेपाल

http://www.wikipedia.org/wiki/Nepal

Buddha in Wikipedia

http://www.wikipedia.org/wiki/Gautama_Buddha

ससुराली जाँदा चट्टुज्वाईंको गफगाफ (नेपाली लोक दन्त्य कथा)

एकदिन चट्टु् ससुराली गएछ । ससुरोले चट्टु ज्वाईंको मानमनितो गरे ।
दिउँसोतिर खाजासाजा खाइसकेर ससुरोले चट्टुलाई भनेछ, “ज्वाईं, अब एकछिन यस्सो गफगाफ गरौं‌न ।”
चट्टुले भनेछ- “गफसफ त गर्नहुन्थ्यो, मलाईचाहिँ दिसा च्याप्यो । म दिसा बसेर आउँछु ।” यति भनेर चट्टु दिसा बस्न गयो ।
एकछिनपछि त चट्टुले कराउँदै आएर भन्यो।- “क्या‍ अचम्म भो ।”
ससुरोले सोधे- “के भयो, ज्वाईं?”
चट्टु ले भन्यो- “गाडामा राखेको मुलाको एउटा पातले गाडा त लच्कि पो राख्याछ, गोरूले गाडा तान्नै सकेन । गाडावालले गोरूलाई कुट्याकुट्यै गरिराख्याछ ।”
ससुरो दौडेर हेर्न गयो । त्यसपछि सासु आएर चट्टुलाई सोधेछन्- “ससुरा किन दौडेका हुन्, ज्चाईं ?”
”खै, एउटा तरुनी आई, मसक्कै मस्की, उसैको पछि दौडिए ।”- चट्टु्ले जवाफ दियो ।
“त्यसलाई, पातकी बूढो, कतापट्टि मुन्टिए, हँ ज्वाईं ?” -सासुले आत्तिंदै सोधे।
चट्टुले भन्यो- “पूर्वतिर ।” बूढी उतैतिर दौडिई।
एकछिनपछि बूढो आयो र भन्यो- “मैले त गाडा देखिनँ त । हैन तपाईंकी सासु खै त ज्वाईं ?”
चट्टुले भन्यो- “खै, एउटा मान्छे आएर आँखा सन्कायो, ऊसैको पछि लागेर गए ।”
“त्यस राँडलाई नमारी छोड्दिन, कतातिर गई?” ससुराले रन्केर सोधे ।
“पश्चिधमतिर ।”- चट्टु ले बतायो ।
बूढो उतैतिर कुदे ।

बेलुकातिर बूढाबूढी दुबै घर आइपुगे ।
बूढी च्याँठिए- “हेर, पातकी बुढो, मर्ने बेलामा तरुनीको पछि लागेको ।”
बूढो कुर्लिए- “तँलाई, बजिनी, गुण्डा खोज्दै हिड्छस्, अझ मसित निहुँ खोज्छेस् ?”
बूढाबूढीको लुछालुछ भएपछि चट्टु,ले भन्यो- “ल भो भो अब, के को लुछालुछ, गफै त गर्यान हो नि मैंले। यस्तो कुरामा नि के को रडाको? ल अब गफ सिध्दियो, सफ सुन्नु स् ।”

त्यसपछि चट्‌टुले सुनाउन थाल्यो-

“देखेको कुरा साँचो, सुनेको कुरा झुटो ।
काम लिंदै नलिनू, लिएपछि झिंजो नमान्नू ।
जारी गर्ने मानिस छेपारो देखे नि तर्सन्छ ।
मान्छे बूढो हुन्छ तर बानी जाँदैन ।

विचार नगरी केही कुरा नगर्नू ।
घोडा हेर्दा असल जात हेर्नू,
कन्या हेर्दा असन कुल हेर्नू ।
कुलाचार नछोड्नू ।

सुत्दा गोडा पसार्ने ठाउँ हेर्नू ।
आम्दानी अनुसार खर्च गर्नू ।
धन लिंदा गुप्त गर्नू, दिंदा प्रकट गर्नू ।
काँचो माटो र कच्चा छोरा जता लगायो, उतै लाग्छ ।

आज जस्तो भोलि हुँदैन ।
बूढाहरू नभएको सभा कच्चा हुन्छ ।
भाग्यमा नभएको कुरामा बुध्दि जाँदैन ।
चुक्ली जस्तो पाप अरू कुनै हुँदैन ।

दशा नलागी भूत लाग्दैन ।
भात खाई जात नसोध्नू ।
सज्जन शत्रु निको, दुर्जन मित्र ननिको ।
परत्र सम्झी काम गर्नू, जीउ जमीनको व्यापार नगर्नू ।

सिरान फेर्ने बिरामी, कुरा फेर्ने झगडिया धेरै टिक्दैनन् ।
दुर्जनका दाँत कोखामा हुन्छ ।
कुकुरलाई नून, बैगुनीलाई गुन ।
मुख छँदै नाकले पानी पिउनु हुन्न् ।

एउटाको जरो नखनी अर्कालाई ओखती हुन्न ।
आगो र शत्रुलाई सानो नसम्झनू ।
काललाई ओखती लाग्दैन ।
कुबेलामा खान दिने भन्दा बेलैमा बिदा लिने असल ।

लोग्ने मानिसको घर छैन, स्वास्नी मानिसको थर छैन ।
थ्याच्च नबस्नू, प्याच्च नबोल्नू ।
सबै थोक पोखिए उठाउन हुन्छ, कुरा पोखिए उठाउन हुन्न ।

लौ त अब सफ पनि सकियो ।
अब बाँकी के छ ?”

जिल्ल पर्दै ससुराले भने- “छैन । अब भात खान मात्र बाँकी छ ।”
ज्वाईं-ससुरा खाना खान बसे । सासूले मासु पकाएर दिई ।
चट्टु ले भन्यो- “मासु त खुब मीठो छ नि ! कहाँबाट ल्याउनु भो सासुज्यू ?”
सासुले भनिन्- “तल घरमा 50 धार्नीको चरो मारेछन् । एक धार्नी ल्याएर पकाएको नि ।”
चट्टु- “धत्, 50 धार्नीको चरा नि हुन्छ काहीं ?”
सासु- “अनि, मुलाको एउटा पातले गाडा लच्किन्छ काहीं ?”
गफै त हो । चट्टुन पनि चूप लाग्यो ।

ससुरालीमा रात बिताएर चट्टु भोलिपल्ट घर लाग्यो ।

सुन्नेलाई सुनको माला भन्नेनलाई फूलको माला
भन्ने बेला तात्तातै मुखमा आइजाला
यो कथा चाहिएको बेला बैकुण्ठ जाला

पण्डितको जुँगा गानाको औषधी (नेपाली लोक दन्त्य कथा)

एउटा गाँउमा लोकरञ्जुन नाम गरेका एक अपढ तर चलाक ब्राम्हण थिए । उसको चलाकीबाट सबै गाउँलेका मनमा यी ब्राम्हण बहुतै विद्वान हुन भन्ने विश्वास परेको थियो । गाउँलेहरू कथा पुराण तिनै ब्राम्हणबाट सुन्थे ।

चतुर्मासका दिन गाउँमा देवीभागवतपुराण लागेको थियो । व्यासासनमा बसी ती ब्राम्हण जुँगा मुसारी मुसारीकन जे पनि हो भन्दै पत्याई सुन्ने गाउँलेहरूलाई हँसाई हँसाईकन “लाटाका देशमा गाँडा तन्नेरी” बनी जे मन लाग्यो त्यही सुनाई रहेका थिए । त्यसैबेलामा आचार्य पास गरी घर फर्कंदै गरेका एक जना विद्वान पण्डित त्यहाँ आइपुगे ।

पुराण लागेको देखी एकछिन म पनि सुनेर जान्छु भन्ने विचार गरेर उनी त्यहीं विश्राम गरी पुराण सुन्न थाले । लोकरञ्जन ब्राम्हणले सार्है अशुद्धसँग पुराण बाचेको सुनी ती पण्डितका मनमा यस्ता ढोंगी मूर्खलाई सजायँ दिनु पर्यो् भन्ने लाग्यो ।

जब पुराण सकियो सबैले फूलप्रसाद लिए । ती विद्वान पण्डितले पनि फूलप्रसाद लिए ।त्यही बेलामा लोकरञ्जन ब्राम्हणले जुँगा मुसार्दा जुँगाको एउटा रौं खस्यो । विद्वान पण्डितले झटपट त्यस रौंलाई टिपेर आफ्नो धोतीको टुप्पामा पोको पारी बाँधे ।

त्यो देखेर कथा सुन्ने गाउँलेहरूले किन रौं पोको पारी बाँधेको भनी सोधे । त्यसपछि ती विद्वान पण्डितले भन्न थाले- “पुराणको अन्त्यमा कथा भन्ने पण्डितको जुँगा लिन सके भूत-प्रेत, वीर, गानो केही कुराले पनि सताउन सक्दैन । त्यसैले यो रौं लिएको हो ।”

यति के सुन्नु थियो, पुराण सुन्ने हरूले धुइरेर लोकरञ्जन ब्राम्हणको जुँगा एक-एक गरेर उखालेर लगे । लोकरञ्जन ब्राम्हणको जुँगाको एउटा रौं पनि बाँकी रहेन । त्यसपछि ती विद्वान पण्डित ढोंगी मूर्खले सजायँ पायो भनी आफ्नो बाटो लागे ।

सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
भन्ने बेला तात्तातै मुखमा आइजाला
यो कथा चाहिएको बेला बैकुण्ठ जाला