विषयवस्तुमा जानुहोस्

चिनारी

-‍लक्ष्मीकुमार कोइराला

मुकुट ह्य‌ुचुली सयौं टलल टल्टलाउँदो
हृदय लाख निर्झरी छलल छल्छलाउँदो
झलल दिव्य ज्योतिझैँ किरण जग्मगाउँदो
कुसुमझैं अनन्तमा म छु मग्मगाउँदो,
म त छु मुसकुराउँदो !

पशुपति प्रदेश हुँ अनि स्वतन्त्र देश हूँ
समझदार दृष्टिमा भुवनको म स्वर्ग हूँ,
बुझ म सानु स्वर्ग हूँ !
हरप्रभात विश्वमा किरण, शान्ति भर्दछु
सकल विश्व-बन्धुको अभय शंख फुक्दछु

हृदयमाझ शान्तिका अमर दुत बुद्ध छन्
सगरमाथमा बसी सकल विश्व हेर्दछन्
तब त भावसिन्धुमा शत तरङ्ग चल्दछन्
सदय दिव्य ज्ञानले भुवन शुद्ध पार्दछन्

सुर-परी सरी यहीँ प्रकृति नृत्य गर्दछिन्
चमचमाउँदी उषा किरण लाख भर्दछिन्
तब त झन्झनाउँदै मन-सितार बज्दछन्
भुवन सत्य-सारका अमर गीत भज्दछन्

दिलभरी विशाल यो भुवन फूल फुल्दछ
अनि यहीँ स्वदेश यो प्रकृति स्वर्ग खुल्दछ
जुन स्वदेशमा सदा शिवउमा निवास छ
तब समस्त विश्वमा मगमगी सुवास छ

भ्रमर फूलमा सरी अतिथिवृन्द झुम्दछन्
अनि अनन्त मोहिनी रस पराग चुम्दछन्
यदि सदेह स्वर्गको भ्रमण गर्दछौ भने
हिमचुली प्रदेश यै प्रकृतिकुञ्जमा घुमे,
कविनिकुञ्जमा रमे !

-0-
-साभार: स्मृतिपुष्प (प्रथम संस्करण, वि. सं. २०७३)

राम्री घमण्डी यूवती !

एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन। गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये। तर यूवती भने ’emलाई मान्छे नैं गन्दैनथिन। उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो। उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ। राजाले यूवतीलाई दरबारमा नर्तकीको रुपमा जागिर दिए। राजा साह्रै ज्ञानी र पराक्रमी थिए तर रुपमा भने ठगिएका थिए अर्थात राम्रा थिएनन। एक दिन राजालाई यूवतीको परिक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरि साधारण कामदारको भेषमा यूवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे। यूवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो र रिसाउदै भनिन;

“ओइ गधा! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ?, कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैंले, बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस हँ?, तँ त मेरो लोग्ने हैन नोकर बस्नको लागि पनि योग्य छैनस बुझिस्।”
यूवतीको घमण्ड’bout पहिल्यै सुनि सकेका हुनाले राजा रिसाएनन, बरु हाँस्दै जवाफ दिए ।
” हे सुन्दरी, तिमी भगवानले रुप र जीउडाल दिने लाईनमा बसिछौ, म भने भगवानले ज्ञान र भाग्य दिने लाईनमा बसेको थिएँ, त्यसैले त आज म राजा भएको छु र तिमी मेरो सेवक तथा साधारण नर्तकी। रुपमा घमण्ड गर्नु अज्ञानता हो। बिना ज्ञानको रुप र बिना पातको रुख उस्तै उस्तै हुन। म त तिमीलाई यहि कुरा सम्झाउन आएको थिएँ। तिमीसँग बिहे गर्न हैन। मलाई थाहा छ, पात नभएको रुखले छहारी दिन सक्दैन।”
यूवती लाजले मरेसरी भै आफ्नो बाटो लागीन र त्यहि दिनदेखि आफ्नो रुपको घमण्ड गर्न छाडिदिईन।

नेवारी लोक कथा : जामन गुभाजु

नेवारी समुदायमा गुभाजुको पहिचान:
नेवारी भाषामा  ‘गुरू + भाजु’ बाट गुभाजु शब्द बनेको हो। भाजु अादरार्थी शब्द हो जसको अर्थ महोदय हुन्छ। यसर्थ नेवारी समुदायमा ‘गुभाजु’लाई विद्या र बुद्धिमा पारंगत भएका पण्डित वर्गको पहिचानका रूपमा  लिइन्छ।

जामन गुभाजुको ’boutमा प्रसिद्ध मध्येको एउटा नेवारी लोककथा 

उहिल्यै परापुर्वकालमा काठमाडौं उपत्यकाको पाटन नगरीमा तन्त्रमन्त्रविद्यामा ठूलो सिद्धी प्राप्त गरेका एकजना गुभाजु थिए। एक पटक यस नगरीमा भारतबाट एकजना जादुगर आई आफ्नो एक जना चेला साथै लिई चटक देखाउन थालेछन्। ती जादुगरले अनेक चटक देखाई झुक्याउँदै त्यसलाई तन्त्रमन्त्रको नाम दिई यस नगरीका मानिसहरूका मनमा त्रास पारी धन बटुल्दो रहेछ।

एक दिन जादुगरले नगरको व्यस्त स्थानमा धेरै मानिसहरू जम्मा भएको बेला आफ्नो चटक देखाउन थाल्यो। उसले आफ्नो चेलालाई भुईंमा उत्तानो पारेर सुत्न लगायो र चेलाको टाउको र खुट्टा मात्र देखिने गरी छाती र पेटलाई ठूलो टोकरीले छोप्यो र टोकरी भित्र रहेको उसको चेलाको छाती र पेट नदेखिने गरी टोकरी माथि कालो कपडाले छोप्यो।

त्यसपछि भन्न थाल्यो- ‘हेर्नुहोस् नगरवासीहरू, यो मेरो गाउँको गरीब मान्छे हो। यसको कमाई राम्रो छैन। यसले धेरै दिनदेखि पेटभरी खान पाएको छैन। महिनामा १५ दिन जस्तो त यसले एक छाक पनि खान पाउँदैन।’

फेरि भन्न थाल्यो -‘हेर्नुस् नगरवासी हो, सुन्नुस्, यसको मुट र कलेजो धेरै निर्बल भएकोले यो गरीब अब केही दिनमात्र बाँच्छ। यसलाई बचाउन तन्त्र मन्त्र गरेर यसको मुट र कलेजो यसको शरीर बाहिर झिक्नु पर्छ र मुटु कलेजोलाई कालदेवताको मन्दिरमा लगेर तन्त्र मन्त्र फुक्नु पर्छ। अनि यो गरीबलाई यसको घरमा लगेर कसैले नदेख्ने गरेर यसरी नै टोकरीले छोपेर यसको शरीरभित्र यसको मुटु र कलेजो राखिदिनु पर्छ। नत्र यो अकालमा मर्छ।’

उसले भन्दै गयो- ‘तर म यसलाई बचाउँछु। अकालमा मर्न दिन्न।’

त्यसपछि उसले टोकरी भित्र हात हाल्यो र केहि मन्त्र बोले जस्तो गर्यो अनि हात बाहिर निकाल्यो। उसको हातमा मुट र कलेजो थियो। यसै बेला उसको चेलाले पनि चिच्याउँदै दुबै हातले टोकरी फालेर जुरुक्क उठेर नाटक गर्न थाल्यो।

चेलाले आफ्नो छाती र पेट छाम्दै भन्न थाल्यो- ‘हे महान् जादुगर, तिमीले तन्त्र मन्त्र गरेर आजको सूर्यास्त अघि नै मेरो शरीर भित्र मुटु र कलेजो राखेर मलाई बचाउ। नत्र म अकालमा मरेको पाप तिमीलाई लाग्छ।’

त्यसपछि जादुगरले नजिकै एउटा केराको पातमा मुटु र कलेजो राख्दै आफ्नो चटकको बखान गर्दै थियो कि मसँग टक्कर लिने क्षमता कसैसँग छैन, म जे भन्छु त्यही हुन्छ । यस्तो अहंकारयुक्त र एकोहोरो वचन उसले भनिरहेको थियो । त्यसै समयमा पाटनका गुभाजुलाई आफ्नो स्थानमा बसेर नै यो चटक थाहा भयो ।

गुभाजुले चटकेको अहंकार नष्ट गर्न भनी तुरुन्तै आफ्नो तन्त्रमन्त्र र विद्याको सिद्धिको प्रभावले एउटा चील बनेर उसले केराको पातमा राखेको मुटु कलेजो लिएर उडें । अब चटकेलाई फसाद पर्यो । त्यो मुटु कलेजो नभए त केटो मर्ने भयो भनी ऊ छटपटाउन थाल्यो । अब के गर्ने ? यो बच्चालाई मारे त महापाप पनि लाग्छ । अर्को तिर यो बच्चालाई ज्यूँदो पारेन भने दर्शकहरुले काट्ने पो हन् कि भन्ने पिरले उसलाई सतायो । एकजना गुभाजुको चिनजानको व्यक्तिले चटकेसँँग भन्यो, पाटनको गुभाजुको घरमा जाऊ र उहाँसँग बिन्तीभाउ गरी माफी मागी खुसी पारेर मुटु कलेजो ल्याई यसलाई बचाऊ ।
यो सुनी चटके चेलोलाई त्यही छोडेर गुभाजुको घर खोज्दै गयो । घरको ढोका ढक ढक गर्ने बित्तिकै आमा चटके आयो चटके आयो भनी मैना चरी करायो । यो देखेर चटके छक्क पर्यो । सरासर भित्र पस्यो । भित्र त गुभाजुकी श्रीमती आफ्ना गोडालाई बाली चुलामा बडेमानको घैंटामा रक्सी पार्दैथिइन् । दुबै गोडा दनदनी बलिरहेको थियो । रक्सी उम्लिरहेको थियो । चटके फरि तीनछक पर्यो र हात जोड्दै आफ्नो समस्या बतायो ।

गुभाजुकी श्रीमतीले गुभाजु बाख्रा चराउन जंगल गएका छन् उहीँ गएर भेट्न भनिन् । चटकेले वनमा गएर खोज्यो । नजिकै पुगेपछि बडो भयंकर आश्चर्य के देख्यो भने एउटा मान्छेले ठूलो पीपलको रुखलाई आफ्नो बायाँ खुट्टाले टुप्पोदेखि फेदसम्म नै झुकाएर बाख्रालाई ५० फिट माथिको रुखको पात सजिलैसँग खुवाइरहेको थियो । यस्तो आश्चर्य देख्दा त चटकेकोे सातो नै गयो । आफुले बारम्बार गर्ने अहंकार माथि लाज मान्दै र माफी माग्दै गुभाजुलाई बिन्ती गर्यो । गुभाजुले पनि दया गरी अब कहिल्यै पनि काठमाडौं आएर यस्तो काम गर्दिन भन्ने कबुल गराई मुटु कलेजो दिई पठाए । यसरी उसको चेलो बाँच्यो र त्यो चटके भारततिर लाग्यो।

 
जामन गुभाजुको ’boutमा:
राजवंशावलीमा मल्लकालीन समयका ‘जामन’ गुभाजु, पाटनका राजा सिद्धिनरसिंह मल्ल र कान्तिपुरका राजा प्रताप मल्लका ’boutमा यस्तो उल्लेख गरिएको पाइन्छ –
राजबंशावलीका अनुसार-
पाटनका राजा सिद्धिनरसिंह मल्लले दरबारको देवालयमा श्रीकृष्णको मूर्ति स्थापना गर्नको लागि कोट्टयाहुति होम गराउँदै थिए।
यसै सन्दर्भमा:-
राजबंशावलीको एउटा अंश जस्ताको तस्तै:-फेरि यी राजाले दर्वारको ठूलो देवालय बनाई मूर्ति बनाउन लाग्दा श्रीकृष्णबाट राजालाई तैंले अरू मूर्ति बनाउन पर्दैन, मेरो मूर्ति फलाना जग्गामा छ भन्या स्वप्ना हुंदा खोजी हेर्दा बांया पाउको बुढी औंला फुटीगयाको देखी राजाका मनमा मूर्ति खंडित भयाकोले बडो फिक्री गरिरहंदा फेरि राजालाई स्वप्ना भयो–हे राजन् मूर्ति खंडित भएको होइन । मलाई व्याधाले बाण प्रहार ग–याको चिह्न हो । फिक्री नगर–भन्ने श्रीकृष्ण भगवान्को आज्ञा हुंदा राजा खुशी भै देवालय सिद्ध गरी गुरु विश्वनाथ उपाध्याय पुरोहित गरी धेरै द्रव्य लगाई कोट्ट्याहुति होम गरी नेपाल सम्वत् ७५७ साल फाल्गुण शुक्लका दिन प्रतिष्ठा गराया (अहिले नेपाल सम्वत् ११३६–११३७ हो) । यो कोट्ट्याहुति होम गर्दा कान्तिपुरका राजा प्रताप मल्ल र लम्वकर्ण भट्ट दुवै मिली यज्ञमा विघ्न गर्ने नियतले ठूलो काल सर्पका रूप गरी यज्ञमण्डपमा प्रवेश गर्दा विश्वनाथ उपाध्यायले चाल पाई दुवैकन पक्री गोला पारी आफना आसनमनि राखी चल्न नसक्ने स्तम्भनास्त्र प्रयोग गरी पूर्णाहुतिका दिनसम्म पनि कसैले लिन आएन भने सर्पाहुति गरूंला भन्या विचार गरी राखे । फेरी १०/१५ दिनपछि यो अनर्थ हुन लागेको कान्तिपुरका जनमन गुभाजुले थाहा पाई काठमाडौं भुटेश्वर गै धेरै दिन कष्ट गरी त्यहाँका देवता १ मोमहेन्द्र देवता १–२ देवता उठाई पठाया । यी दुवै देवताहरू आई वालकरूप ली भोटोमात्र लाई यज्ञमण्डपका द्वारसंधी बसी नबोली भोटामात्र थापी बस्दा स्याबजी आदि सबै समय तयार गरी यिनीहरूलाई दिंदा भोटामा थाप्दै १२–१३ मुठी चिउरा खाइदिया । सो देखी विश्वनाथ उपाध्यायले तिमीहरूको इच्छा के छ भनी सुध्याउँदा मुखले केही नबोली हस्तसंकेतबाट घुँडामनि गोला पारीराखेका दुवै सर्प देऊ भनी भोटा थापिरहंदा सत्य कबुलाई धेरै विनती गराई दुवै सर्प भोटामा राखिदिया । सर्प लगी वागमती र मरुमा बसिरहने जामन गुभाजुलाई सौपिदिया । त्यसपछि जामन गुभाजुले मन्त्र प्रयोग गरी यिनीहरूकन जस्ताकोतस्तो गरी राजा र भट्ट खडा गरी बहुतै खै गरे । त्यस दिनदेखि राजा प्रताप मल्ल लम्वकर्ण भट्ट दुबैले जामन गुभाजुका मतबेगर केही कर्म गरेनन् ।

युनिकोडमा नेपाली भाषाको प्रयोग र समसामयिक आवश्यकता

कम्प्युटर प्रविधि

-केदार श्रेष्ठ
थापाथली क्याम्पस

प्रविधिको उच्चतम विकासले आजको विश्व अधिकतम सुविधायुक्त हुँदै गएको छ। प्रविधिको विविध क्षेत्रहरूमा भएका प्रगतिहरूमध्ये पनि कम्प्युटर प्रविधिको प्रगतिको माध्यमबाट केही दशक अघिसम्म असम्भव झैं लाग्ने र कल्पनासम्म नगरेका कामहरू आजको युगमा दक्षतापुर्वक सामान्य रुपमा नै सम्पन्न गर्न सकिन्छ। कम्प्युटर प्रविधि अन्तर्गत हार्डवेयरका साथै सफ्टवेयरमा लगातार हुँदै गएको विकासले आज मानवजीवनका आवश्यकताहरू पूर्ति गर्न सहज हुँदै गएको छ। सफ्टवेयरतर्फ पर्ने मुलत: सिस्टम सफ्टवेयर र एप्लिकेशन सफ्टवेयरमध्ये आज कम्प्युटर प्रविधि क्षेत्रमा एप्लिकेशन सफ्टवेयरहरूको संख्या र उपयोग अनगिन्ती भइसकेका छन्। विभिन्न सफ्टवेयरहरूको प्रयोग विभिन्न उद्देश्यले हुन्छ। यसै सन्दर्भमा यस लेखमा एप्लिकेशन सफ्टवेयरको रूपमा नेपाली युनिकोडको समसमामयिक आवश्यकता र सान्दर्भिक प्रयोग ’bout चर्चा गरिन्छ।

१.१ विषयप्रवेश

आजको समयमा कम्प्युटर प्रयोगकर्ताहरूले कम्प्युटर चलाउँदा नेपाली भाषामा प्रयुक्त हुने देवनागरी लिपिका अक्षर, अंक र चिन्हहरू भाषा र ध्वनिविज्ञानसम्मत रूपले कम्प्युटर प्रविधिसँग संयोजन गरी उपयोग गर्नको लागि नेपाली युनिकोड एप्लिकेशन प्रयोग गर्नु अपरिहार्य छ। नेपाली युनिकोडको प्रयोग अघि कम्युटर प्रयोगकर्ता लगायत विद्युतीय छापा र प्रकाशन माध्यम प्रयोग गर्ने सम्बन्धित पक्षले भोग्नु परेका कम्प्युटर प्रविधिगत अनेकन् समस्याहरू नेपाली युनिकोडको प्रयोगबाट सहज रूपमा समाधान भएका छन्। आज नेपाली युनिकोड प्रयोगको लागि इन्टरनेटमा विविध वेबसाइटहरू उपलब्ध छन् तर तिनको प्रयोगको लागि अनलाइन इन्टरनेट कनेक्शनमा रहनु पर्ने भएकोले प्रयोगकर्ताहरूको लागि यो अव्यवहारिक र ठूलो आर्थिक बोझ हुन जान्छ। यस परिप्रेक्ष्यमा इन्टरनेटको उपयोग नै नगरी नेपाली युनिकोडको सहज प्रयोग गर्न सकिन्छ। प्रस्तुत लेखमा नेपालको मदन पुरस्कार पुस्तकालयद्वारा विकास गरी खुला स्रोत (Open Source) को रूपमा उपलब्ध नेपाली युनिकोडको चर्चा गरिन्छ। [खुला स्रोतको रूपमा उपलब्ध सफ्टवेयरहरूलाई Website मार्फत नि:शु:ल्क रूपमा डाउनलोड गरी (वा सिडी मार्फत पनि) प्रयोग गर्न सकिन्छ।]

१.२ युनिकोड के हो?

ल्याटिन भाषामा ‘Unus’ को अर्थ ‘एक’ हुन्छ। अंग्रेजी भाषामा ‘Code’ को अर्थ ‘संकेत’ वा ‘गुप्त भाषा’ हुन्छ। ‘Code’ शब्दको अगाडि ‘Unus’ बाट बनेको उपसर्ग ‘Uni-’ थपेर ‘Unicode’ शब्द बनेको हो जसको अर्थ ‘एउटै संकेत वा गुप्त भाषा’ हो। अंग्रेजीमा ‘Compute’ शब्दको अर्थ सांख्यिक गणना एवं विश्लेषण हो। यसर्थ प्राविधिक रूपमा ‘Computer’ को अर्थ सांख्यिक गणना एवं विश्लेषण गर्ने विद्युतीय यान्त्रिक साधन हुन्छ। यसकारण हामीले हाम्रो भाषा र लिपिमा पढ्न, लेख्न र बुझ्न प्रयोग गर्ने एवं कम्प्युटरको पर्दा (Monitor वा Screen) मा देख्ने गरेको अक्षर, अंक वा चिन्हहरूलाई कम्प्युटरले आफ्नो छुट्टै भाषा अर्थात् केवल निर्दिष्ट संख्याको रूपमा ग्रहण गर्ने, गणना एवं विश्लेषण गर्ने, बुझ्ने र व्यक्त गर्ने गर्दछ। ती अक्षर, अंक वा चिन्हहरूलाई कम्प्युटरको प्राविधिक भाषामा ‘Character’ भनिन्छ। यी Character हरूलाई पहिचान गर्न कम्प्युटरले कुनै निर्दिष्ट Character लाई एउटा निर्दिष्ट संख्या प्रदान गरी Coding गर्दछ र यस संख्यालाई ‘Character Code’ भनिन्छ भने ‘Character Code’ प्रदान गर्ने प्रणालीलाई संकेतन प्रणाली (Encoding System) भनिन्छ। विश्वका विभिन्न भाषा र लिपिमा कम्प्युटर प्रयोजनको लागि अपनाइएका Encoding System हरू पनि आ-आफ्नै प्रकारका, छुट्टाछट्टै र एक अर्काबाट फरक हुन सक्छन्। साथै कुनै एउटा Encoding System मा एउटै Character लाई एक भन्दा बढी Character Code दिइएको र त्यस्तै एकभन्दा बढी Character हरूलाई एउटै Character Code दिइएको हुन सक्छन्। त्यसै गरी कुनै कम्प्युटरमा भएको एउटा Encoding System को Character Code लाई अर्को Encoding System भएको कम्प्युटरले पहिचान नगर्ने समस्या पनि हुन्छ। Encoding System मा हुने यसप्रकारको विरोधाभाषले गर्दा एउटा Encoding System भएको कम्प्युटरमा तयार पारिएको कुनै सामग्री (Text) वा फाइल अर्को Encoding System भएको कम्प्युटर एवं Website हरूमा प्रयोग गर्न खोज्दा Corrupt (भ्रष्ट, खराब) हुने, नखुल्ने वा खुलेपनि Character (अक्षर, अंक वा चिन्ह) हरू पढ्न नसकिने जस्ता समस्या हुन जान्छन्। यसको समाधानको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्वका विविध भाषा र लिपिका अक्षर, अंक र चिन्हहरूलाई समष्टिगत रूपमा एउटै Encoding System भित्र क्रमश: समावेश गर्दे एउटा Universal Set of Characters को निर्माण गरिएको र यस अन्तर्गतका Character हरूको एउटै मात्र Character Code हुने र अर्को कुनै पनि Character को Character Code सँग नमिल्ने गरी विश्वव्यापीहरूमा मान्य हुने संकेतन प्रणाली (Encoding System) को विकास गरिएको छ जसलाई युनिकोड (Unicode) भनिन्छ।

अर्को शब्दमा युनिकोड भनेको विश्वका विविध भाषा र लिपिका वर्ण र संकेत (Character) हरूलाई एउटै संकेतन प्रणाली (Encoding System) भित्रका विभिन्न उप-समूह (Sub Set) हरूको रूपमा एकीकृत गरी तिनीहरूलाई एउटै सर्वसमूह (Universal Set) मा संग्रहित गरी निर्माण गरिएको विश्वव्यापी रूपमा मान्य संकेतन प्रणाली हो। हालसम्ममा यस युनिकोड System अन्तर्गतको Universal Set of Characters भित्र विश्वका विभिन्न भाषाका १ सय भन्दा बढी लिपिका १ लाख १० हजार भन्दा बढी Character हरू समावेश भइसकेका छन् जसमा नेपाली भाषामा प्रयोग हुने देवनागरी लिपि पनि समाविष्ट गरिएको छ। युनिकोडले सकेसम्म विश्वका सबै भाषाहरूको एकीकरण गर्ने प्रयत्‍न गर्दछ। यस नीति अनुसार पश्चिम युरोपीय भाषाहरूलाई ‘Latin’, सबै ‘स्लाभिक’ (Slavic) भाषाहरूलाई ‘सिरिलिक’ (Cyrillic), नेपाली, संस्कृत, हिन्दी, मराठी, सिन्धी, कश्मीरी आदि भाषाहरूलाई ‘देवनागरी’ (Devanagari) र चिनीयाँ, जापानी, कोरियाली, भियतनामी भाषाहरूलाई ‘युनिहान’ (UniHan) उप-समूह (Sub Set) हरूमा र ती सबै उप-समूहहरूलाई एउटै सर्वसमूह (Universal Set of Characters) अन्तर्गत समावेश गरेको छ।

युनिकोड प्रणाली बहुविध मञ्च (Multiplatform) अर्थात् जुनसुकै platform, बहुभाषीय अर्थात् जुनसुकै भाषा र Software तर्फका जुनसकै कम्प्युटर एप्लिकेशनमा स्वीकार्य हुने प्रणाली हो भने Non-Unicode प्रणाली यस्तो हुँदैन । [Multiplatform भनेको Software तर्फ Windows, Linux, Mac OS आदि Computer Operating System हरू र हार्डवेयरतर्फ Apple, Intel, Macintosh आदि जस्ता Computer हरू लगायत Computer र Internet Network का Browser हरू, Website, Blog Site र सामाजिक सञ्जालहरू संचालन हुने वातावरण (Run Environment, जस्तै, XML, JavaScript, WML आदि) हुन्।]

१.३ युनिकोडको उत्पत्ति र विकास

विश्वका विभिन्न देशहरूमा १ सय भन्दा बढी वटा परम्परागत Character Encoding System हरू प्रयोगमा छन् तर तिनमा एक आपसमा ठूलो बेमेल छ। धेरैजसो परम्परागत Character Encoding System हरूको साझा समस्या यो छ कि ती System हरूले द्विभाषीय कम्प्युटर प्रक्रिया (Latin Character र स्थानीय लिपि प्रयोग गरी) लाई स्वीकार गर्दछ तर बहुभाषीय कम्प्युटर प्रक्रिया (एक अर्कासँग मिसिएका स्वछन्द लिपिहरूको कम्प्युटर प्रक्रिया) स्वीकार गर्दैन। Unicode ले परम्परागत Character Encoding System का यस्ता सीमितताहरूलाई हटाउने स्पष्ट उद्देश्य राख्दछ।

इतिहास

Joe Becker र Mark Davis ले एउटा Universal Character Set सृजना गर्नुको व्यवहारिकताहरूको खोजी सुरू गरेपछि सन् १९८७ मा युनिकोडको उत्पत्तिको थालनी भयो। सन् १९८८ को अगष्टमा Joe Becker ले एउटा ‘अन्तर्राष्ट्रिय‌\बहुभाषीय Text Character Encoding System (प्रयोगात्मक रूपमा Unicode भनिएको)’ को लागि एक मस्यौदा प्रस्ताव प्रकाशित गरे। Becker ले ‘Unicode’ संज्ञालाई ‘एउटा अद्वितीय, एकीकृत, विश्वव्यापी संकेतन (Encoding) को अर्थ दिने अभिप्रायले व्याख्या गरे।

सन् १९८८ को प्रारम्भतिर कम्प्युटर प्रविधि क्षेत्रका विभिन्‍न कम्पनीबाट Ken Whistler, Mike Kernaghan, Karen Smith-Yoshimura, Joan Aliprand, Glenn Wright समावेश भई युनिकोड कार्य समूह विस्तारित भयो। त्यसै गरी सन् १९९० मा अन्य कम्पनीहरूबाट पनि Michel Suignard, Asmus Freytag, Rick McGowan यस समूहमा संलग्न भए। सन् १९९० को अन्त्यसम्ममा विद्यमान Character Encoding मापदण्डको खाका कोर्ने कार्य पुरा भइसकेको थियो र युनिकोडको अन्तिम समीक्षाको मस्यौदा पनि तयार थियो।
सन् १९९१ को जनवरी ३ तारिखमा सं. रा. अ. को क्यालिफोर्नियामा युनिकोड मन्च (Unicode Consortium) को संयोजन गरियो र यही वर्ष अक्टोबरमा युनिकोड मापदण्डको पहिलो अंक प्रकाशित भयो। सन् १९९२ जुन महिनामा Han ideographs (युनिकोडका संकेत) समावेश गरी यसको दोस्रो अंक प्रकाशित भयो। सन् १९९६ मा युनिकोडलाई परिस्कृत गर्दै दोस्रो संस्करण प्रकाशित भयो जसमा Egyptian Hieroglyphs (मिश्री सभ्यताका लिपिहरूको संकेत र चिन्हहरू) जस्ता धेरै ऐतिहासिक लिपिहरू र धेरै प्रयोगमा नआएका अन्य पुरातन लिपिका हजारौं अक्षर, अंक, चिन्ह र संकेतहरूलाई युनिकोडमा संकेतन (Encoding) गर्न सकियो।

युनिकोड मन्च (Unicode Consortium)

युनिकोड मन्च एक गैरनाफामूलक अन्तरराष्ट्रिय संस्था हो जसले युनिकोडको विकासमा संयोजनकारी भूमिका निर्वाह गर्दछ। यसका पूर्ण सदस्यहरूमा Adobe System, Apple, Google, IBM, Microsoft, Oracle Corporation र Yahoo जस्ता धेरैजसो कम्प्युटर सफ्टवेयर र हार्डवेयरका प्रमुख कम्पनीहरू छन्।
विद्यमान धेरैजसो Character Encoding Scheme (युक्ति) हरूमा बहुभाषीय वातावरणमा बेमेल भएकोले यस युक्ति (Scheme) लाई Unicode र यसको मापदण्ड युनिकोड रूपान्तरण ढाँचा अर्थात् UTF (Unicode Transformation Format) युक्तिद्वारा अन्ततोगत्वा विस्थापित गर्ने यस मन्चको महत्वाकांक्षी उद्देश्य रहेको छ।
यस मन्चले सन् १९९१ मा पहिलो पटक ‘युनिकोड मापदण्ड (Unicode Standard)’ प्रकाशित गर्‍यो र यही मौलिक कार्यको जगमा मापदण्ड विकास गर्न निरन्तर लागिरहेको छ। यस मापदण्डको पछिल्लो संस्करण Unicode 6.3 सन् २०१३ को सेप्टेम्बरमा विमोचित भएको थियो। अर्को संस्करण Unicode 7.0 सन् २०१४ मा विमोचित हुने योजना छ।

१.४ नेपाली युनिकोड ’bout

मदन पुरस्कार पुस्तकालय (नेपालको एक गैरनाफामूलक र गैरसरकारी प्रतिष्ठित संस्था) ले ‘नेपाली युनिकोड’ सफ्टवेयरको विकास गरी सन् २००२ देखि खुला स्रोतको रूपमा उपलब्ध गराउँदै आएको छ। नेपाली युनिकोडको प्रयोग अघि नेपाली भाषामा टंकण (Type) गर्नको लागि देवनागरी लिपिका वर्ण (Letter) प्रयोग गरिएको हिमाली, कान्तिपुर, प्रीति जस्ता Non-Unicode नेपाली Font (कम्प्युटरमा Type गर्न प्रयोग हुने अक्षर, अंक वा चिन्ह) हरू प्रयोग गरिन्थे। तर ती Font हरू द्विभाषीय कम्प्युटर प्रक्रियालाई मात्र स्वीकार्य (Compatible) हुने र बहुभाषीय कम्प्युटर प्रक्रियालाई प्रामाणिक (Authenticated) नहुने एवं स्वीकार्य नहुने हुँदा ती Font हरूमा तयार गरिएका सामग्री (Text) हरू अरू कम्प्युटर, Website, Blog Site वा सामाजिक सञ्जालहरूमा प्रयोग गर्न समस्या हुन्थे। जसले गर्दा कम्प्युटर तथा Website हरूको विश्वव्यापी सञ्जाल (Network) मा विश्वका विभिन्न भाषाहरूको व्यापक प्रयोग, प्रसार र विकास भइरहेको अवस्थामा नेपाली भाषा भने यसबाट वञ्‍चित भई पिछडिरहेको थियो। ‘नेपाली युनिकोड’ को विकास भएपछि भने कम्प्युटर प्रविधि मार्फत नेपाली भाषा पनि विश्वव्यापीकरण भई नेपाली माध्यमभाषामा पनि कम्प्युटर र यसका एप्लिकेशन सफ्टवेयरहरू, Website, Blog Site र सामाजिक सञ्जालहरू संचालन हुन थालेका छन्।

मदन पुरस्कार पुस्तकालयद्वारा ‘नेपाली युनिकोड’ का साथै NepaLinux (नेपालीनक्स Linux को नेपाली भाषामा तयार गरिएको संस्करण हो। अंग्रेजी भाषाको ज्ञान नभएकाहरूले यो सफ्टवेयरबाट पूर्ण रूपमा नेपाली भाषाको माध्यमबाट कम्प्युटर संचालन गर्न सक्दछन्।), ओपनअफिस डट अर्ग (OpenOffice.org मा Office XP मा जस्तै एप्लिकेशन सफ्टवेयरहरू छन्।) Conversion Tools (Nepali Non-Unicode Text वा Document लाई Nepali Unicode मा र Nepali Unicode Text वा Document लाई Nepali Non-Unicode मा रूपान्तर गर्ने सफ्टवेयर), Nepali Spell Checker (नेपाली युनिकोड शब्दका हिज्जे जाँच्ने र सच्याउने सफ्टवेयर) जस्ता सफ्टवेयरहरू विकास गरी खुला स्रोतको रूपमा उपलब्ध गराएको छ। साथै मदन पुरस्कार पुस्तकालयले नेपाली भाषामा Accounting Software विकास गर्ने परियोजनाको नेतृत्त्व गरेको छ। नेपाली युनिकोडको विकासपछि नेपाली माध्यमभाषामा यी सफ्टवेयरहरूको विकास सम्भव भएको हो।

यहाँ ओपनअफिस डट अर्ग’bout छोटो जानकारी प्रस्तुत गरिन्छ। सन् २००२ देखि नै मदन पुरस्कार पुस्तकालयले खुला स्रोत परियोजना अन्तर्गत उपलब्ध गराएको ओपनअफिस डट अर्ग (OpenOffice.org) बहुविध प्लेटफर्ममा प्रयोग गर्न सकिने बहुभाषीय अफिस सुइट (Office Suite) हो। यो नेपाली माध्यमभाषाबाट नै चलाउन सकिन्छ। यसमा Word Processor तर्फ राइटर (MS Word को समरूप), Spreadsheet Presentation तर्फ Calc (MS Excel को समरूप), इम्प्रेस जस्ता आधारभूतअफिस सुइटका साथसाथै रेखाचित्र उपकरण (ड्र), डाटाबेस पहुँच कार्यक्रम (MS Access को समरूप), कागजातलाई पी डी एफ ढाँचामा प्रकाशन गर्ने तथा फ्ल्यास ढाँचा (एस डब्ल्यू एफ) मा प्रस्तुतिकरण गर्ने जस्ता सफ्टवयेरहरू समाविष्ट गरिएका छन्। साथै Web Browser र Email Client Application पनि थपी यसलाई विकास गरिने भएको छ।

मदन पुरस्कार पुस्तकालयबाट विकास गरिएका सफ्टवेयरहरूलाई भाषा प्रविधि केन्द्र (LTK, Language Technology Kendra) ले संभार र अझ विकास गर्ने भएको छ। LTK एक गैरनाफामूलक र गैरसरकारी संस्था हो र यो मदन पुरस्कार पुस्तकालय (MPP), काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ्ग विभाग (DoSCE) र त्रिभुवन विश्वविद्यालयको केन्द्रिय भाषा शास्त्र विभाग (CDL) बीचको सहकार्य हो।

१.५ नेपाली युनिकोड किबोर्ड ले-आउट सफ्टवेयर

मदन पुरस्कार पुस्तकालयबाट विकास गरिएको नेपाली युनिकोड सफ्टवेयर कम्प्युटरमा जडान (Install) गरेर हामी MS-Word, Excel, आदि एप्लिकेशनहरूमा नेपाली भाषामा पनि सामग्री (Text) तयार गर्न सक्दछौं। त्यस्तै यो सफ्टवेयर जडान गरेर ओपनअफिस डट अर्ग पनि नेपाली माध्यमभाषाबाटै चलाउन सकिन्छ। यस सफ्टवेयरबाट दुईप्रकारका नेपाली युनिकोड किबोर्ड ले-आउटहरू जडान गर्न सकिन्छ। १. परम्परागत नेपाली युनिकोड किबोर्ड ले-आउट (Traditional Nepali Unicode Keyboard Layout) २. रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड ले-आउट (Romanized Nepali Unicode Keyboard Layout)। यी किबोर्डहरू प्रयोग गरेर नेपाली भाषामा टाइप गर्न Non-Unicode Nepali Keyboard बाट भन्दा धेरै सरल, सहज, छिटो र वैज्ञानिक ढंगबाट गर्न सकिन्छ।

जस्तै केही नेपाली संयुक्त अक्षर टाइप गर्नको लागि Non-Unicode र Unicode Typing Keys यहाँ प्रस्तुत गरिएको छ।

संयुक्त नेपाली अक्षर NON-UNICODE प्रीति FONT KEY जुनसुकै UNICODE FONT KEYS
द्व Alt+0162 द+्+व
ट्ट Alt+0167 ट+्+ट
ड्ढ Alt+0176 ड+्+ढ
ठ्ठ Alt+0182 ठ+्+ठ
हृ Alt+0197 ह+ृ
ङ्ग Alt+0203 ङ+्+ग
ङ्क Alt+0205 ङ+्+क
ङ्ख Alt+0206 ङ+्+ख
ट्ठ Alt+0221 ट+्+ठ
द्म Alt+0223 द+्+म

 

परम्परागत नेपाली युनिकोड किबोर्डका अधिकांश Typing Key हरू Non-Unicode Typing Key हरू सँग मिल्ने (यस कारण नै ‘परम्परागत’ भनिएको) हुँदा Non-Unicode (जस्तै:- कान्तिपुर, प्रीति, हिमाली Font आदि) Typing Keys मा टाइप गर्न अभ्यस्त प्रयोगकर्ताहरूको लागि परम्परागत नेपाली युनिकोड किबोर्ड उपयुक्त हुन्छ। रोमनाइज्ड नेपाली युनिकोड किबोर्डमा नेपाली भाषाका हिज्जे अंग्रेजी भाषाका हिज्जे (Spelling) सँग अधिकांश मिल्ने (यस कारण नै ‘रोमनाइज्ड’ भनिएको) हुँदा अंग्रेजी Typing Keys अनुसार Type गर्ने प्रयोगकर्ताहरूको लागि रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड उपयुक्त हुन्छ।

यसप्रकारका र अन्य थुप्रै सरलता, सहजता र वैज्ञानिकताको कारण नेपाली भाषामा टाइप गर्न नेपाली युनिकोड किबोर्डको प्रयोग लोकप्रिय हुँदै आएको छ।

यहाँ रोमनाइज्ड नेपाली युनिकोडमा भएका नेपाली अक्षरहरूको सरलीकृत तालिका प्रस्तुत गरिएको छ।
यो तालिका छिटो र सजिलो स्मरण तथा अभ्यासको लागि उपयुक्त छ।

व्यञ्जन वर्णमाला (Consonant Sound) का सग्लो अक्षर

क = k ख = Shift+k ग = g घ = Shift+g ङ = <
च = c छ = Shift+c ज = j झ = Shift+j ञ = Shift+y
ट = q ठ = Shift+q ड = x ढ = Shift+x ण = Shift+n
त = t थ = Shift+t द = d ध = Shift+d न = n
प = p फ = Shift+p ब = b भ = Shift+b म = m
य = y र = r ल = l व = v ****
श = Shift+s ष = z स = s ह = h ****
क्ष = क्+ष त्र = त्+र ज्ञ = ज्+ञ **** ****

 

स्वर वर्णमाला (Vowel Sounds) का अक्षर

अ = Shift+h आ = Shift+a इ = [ ई = {
उ = f ऊ = Shift+f ए = ] ऐ = }
ओ = Shift+o औ = Shift+w अं = अ+ं अ: = अ+:

 

स्वर मात्रा (Vowel Suffixes)

***** ा = a ि = i ी = Shift+i
ु = u ू = Shift+u े = e ै = Shift+e
ो = o ौ = w ं = Shift+m ****

 

अन्य (Others)

ँ = Shift+v ृ = Shift+r ् = / ऋ = Shift+z

 

१.६ युनिकोडको महत्व

कम्प्युटर प्रविधिमा भएको प्रगतिलाई सूचना प्रवाहमा उपयोग गरी विश्वभरि नै अत्यधिक लाभ लिने काम भइरहेको छ। तर हाम्रो देश भने यस क्षेत्रमा ज्यादै पछि परिरहेको छ जसको कारण कम्प्युटर प्रविधिमा नेपाली भाषा प्रयोगको अभाव हो। हाम्रो देशमा अझै पनि अंग्रेजी माध्यमभाषाबाट नै कम्प्युटर चलाइन्छ जुन भाषामा धेरैको पहुँच छैन। यसले गर्दा कम्प्युटर प्रविधिमा नेपाली भाषामा टाइप गर्ने बाहेक कम्प्युटरबाट डाटा प्रोसेसिङ गर्ने काम भएको छैन। यसकारण विश्वभरि नै सूचना प्रविधिमा भएको क्रान्तिबाट नेपाल भने लाभान्वित हुन पछाडि परिरह्यो। हुन त कान्तिपुर, प्रीति, हिमाली जस्ता Font हरू प्रचलनमा आए तर यी Font हरूको आ-आफ्ना भिन्दाभिन्दै संकेतन प्रणालीले गर्दा ती Font मा कम्प्युटरमा डाटा प्रोसेसिङ गर्न नहुने, सर्च नहुने, एउटा Font को Document अर्को Font मा परिवर्तन गर्दा समस्या हुने भयो। त्यस्तै कम्प्युटर र इन्टरनेटमा नेपाली माध्यमभाषाको प्रयोग हुन सकेन। यस अवस्थामा नेपाली युनिकोड प्रयोगबाट यी सबै समस्या निराकरण गर्न र कम्प्युटर र इन्टरनेटमा अंग्रेजी भाषाको प्रयोगबाट लिन पर्ने सबै सुविधा नेपाली माध्यमभाषाबाट नै लिन सकिन्छ। यसरी युनिकोडमा नेपाली भाषाको प्रयोग समसामयिक, सान्दर्भिक र आवश्यकता बनेको छ।

निष्कर्ष

प्रविधिको विकास र त्यसको सदुपयोगले नै आजको प्रतिस्पर्धात्मक समयमा अघि बढ्न सकिन्छ। यसैले नेपाली युनिकोड र यसमा आधारित सफ्टवेयरहरूको प्रयोगबाट सूचना प्रविधिको क्षेत्रमा निम्न बुँदामा महत्वपूर्ण लाभ लिन सकिन्छ।
कम्प्युटर र इन्टरनेटमा नेपाली माध्यमभाषाका साथै नेपालका अन्य राष्ट्रिय भाषाहरूको समेत व्यापक प्रयोग हुन सक्छ।
१. नेपाली भाषामा नै इ-मेल आदान-प्रदान गर्न सकिन्छ जसले गर्दा सरकारी निकायहरूबीच (दुर्गम क्षेत्रमा समेत) तत्काल र सुगम रूपमा संचार संबन्ध स्थापित गर्न सकिन्छ।
२. सरकारी तथ्याङ्कहरूको नेपाली भाषामा नै शुद्धिकरण गर्न सकिन्छ।
३. स्थानीय तहका सामूदायिक ‘टेलि-सेण्टर’ हरूको स्थानीय भाषामा नै उपयोग गर्न सकिन्छ।
४. नेपाली मै बिल भर्पाईहरूको प्रयोग गर्न सकिन्छ।

प्रविधिबाट हासिल हुने लाभ अथाह छ। यसकारण नेपाली युनिकोडबाट प्राप्त हुने सफलताहरू उल्लेखित बुँदाहरूमा मात्र सीमित छैनन्। अंग्रेजी भाषा नजानेकाहरूले पनि यसबाट कम्प्युटर प्रविधिका सम्पूर्ण सुविधाहरू उपयोग गर्नसक्ने त छँदैछ, संसारका जुनसुकै कुनामा रहेका नेपाली र नेपाली भाषाप्रति माया राख्नेहरूबीच नेपाली भाषाका माध्यमबाट प्रगाढ संबन्ध स्थापना हुन्छ।

आर पी कलाङ्गत रामेश्वर प्रसाद यादवका कविता संग्रह

आर पी कलाङ्गत रामेश्वर प्रसाद यादवका कविता संग्रह

श्री गणेशाय नम:

(मिति: २०६७ कार्तिक १०)
नेपाली कविता

बगाऊ आँसुको धारा, यो कलिलो जीवनमा।
साहससँग काम लेऊ, यो स्वर्ग जीवनमा॥
लेखक: रामेश्वर प्रसाद यादव
आर पी कलाङ्गत
सिमराढी गढी, धनुषा

१. आँसु
-आर पी कलाङ्गत

मनको पीडा मनैले बुझ्छ, अरूले बुझ्दैनन्,
कर्मको फल मनैले पाउँछ, अरूले पाउँदैनन्।
जता सुकै गए पनि आफु नै जान्छ, अरू जाँदैन,
जीवनभरिमा साथ दिने, दुइटै दु:खी सुखी हुन्छन्।

आफुले चाहेको कुरा, हुन सक्दैन,
नचाहेको व्यक्तिलाई, सबै थोक हुन्छन्।
पहिलो सुख गर्ने, त्यो हुन्छ सधैंको दु:ख,
जो पहिला दु:ख गर्ने, त्यो हुन्छ सधैंको सुख।

आफुले नचाहेको व्यक्ति, त्यो हुन्छ दुष्ट,
दु:खमा साथ दिने, त्यो हुन्छ मित घनिष्ट।
जसले अरूको कुरा सक्दैन सहन, त्यो हुन्छ घमण्ड,
त्यसको घमण्ड नष्ट गर्ने, एउटै हुन्छ कर्तव्य।

संसारमा मानिस, हुन्छ विभिन्न किसिमका,
सबैका जीवन पनि, हुन्छ थरि थरिका।
सोच्दैन मान्छेहरूले कहिले पनि, अरुको जीवन,
आफ्नै स्वार्थपूर्तिमा बिताइदिन्छ सम्पूर्ण जीवन।

(मिति: २०४० भाद्र ११ शनिबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

२. मनोबल
-आर पी कलाङ्गत

यो जुनीमा कति दु:ख कष्ट गरी,
यो सानु आत्मामा नै संतोष गरी।

अरूको बसमा झ्वास हुन्छ व्यक्ति,
गर्छन् कर्तव्य पालन आफ्नो त्यति।

आफुले मन पराएको भावना,
अरूले उखेलि दिन्छ नै कामना।

बस्छन् यो संसारको कुना काप्चामा
हुन्छन् अत्याचारीको कुभावनामा।

अंकित छ हामी सबैको भाग्यमा,
गर्छ साहस स्वार्थी नर कल्पनामा।

खोज्न चाहन्छ जस जसले निहुँ,
पुग्छन् दुष्ट व्यक्ति पर अरूको सामु।

भगवानको यो पवित्र मन्दिरमा,
कैयौं महान् कार्यको तपस्यामा।

नि:स्वार्थी मनुष्यको मोति बिन्दुमा,
चरित्र छर्लङ्ग देखिन्छ भाकामा।

जीवन ज्योति माधुर्य कर्तव्यमा,
सूर्य झैं अटल विश्वासपनमा।

(मिति : २०४५ असोज २० बिहीबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

३. म पनि इच्छा गर्छु नामको
-आर पी कलाङ्गत

दिन्छन् जन्म बुबाआमा, स्वधर्म इच्छाफलको जुनीले।
आउँछ जिन्दगी बालकपनको, समयको कर्मले॥

कोही हुन्छ अन्धा अपाङ्ग, कोही हुन्छ र लाटो बहिरो।
कोही हुन्छ कानो गुंगो, कोही हुन्छ नै कालो गोरो॥

जीवन रहस्य अन्धा अपाङ्गको, स्वर तिखो कानले।
द्योतक हुन्छन् लाटो गुंगोको, इच्छा मन्द बुद्घिले॥

हुन्छ हृदयशक्ति कानो बहिरोको, सिपालु हातले।
कालो गोरोको पनि हुन्छ, पहिचान आफ्नो कर्तव्यले॥

साथी हुन्छन् संसारमा मानिसको, दुइटै दु:खी-सुखी।
हुन्छन् आत्मा साक्षी आ-आफ्नो, उनकै परमपौरखी॥

आत्मस्वावलम्बी हुनलाई नित्य, सत्यकर्म गर्दछन्।
अधर्मी मनोभावनाले नै, समाजको बाहिर हुन्छ॥

जनबल उनैले पाउँछ, जो परोपकारी हुनाले।
हुन्छ सक्रिय जन जागृति, माधुर्य आत्म सम्मानले॥

बाहिरी आडम्बरले परिपूर्ण, कोही ठूलो हुँदैन।
हुन्छ मानिस ठूलो दिलले, उच्चतम् जातले हुँदैन॥

साहसी मानिस हुन्छ नै वीर, एक एक रगतले।
मातृभूमिको भविष्य उज्जवल पार्ने हुन्छ नै तिनले॥

(मिति : २०४५ असोज २१ शुक्रबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

४. काल
-आर पी कलाङ्गत

मति बिगार्छ काल, जति धनवान् भएपनि।
खेर फाल्छ सीप, जति चतुर्‍याँई गरेपनि॥
सबै जगत प्राणीले, अझै बाँचु भनिकन।
कसैको केही लुक्दैन, कैयौं सीप गरीकन॥

जति जन्मिने प्राणी एक न एक दिन मर्छ।
कोही मर्छ विनाशले, कोही अकालमै मर्छ॥
अझै सम्म कालले, कसैलाई छोडेको छैन।
नवरत्नले छोप्दा पनि कोही जीउँदा छैन॥
थाहा पाउँदैन कोही, कालको आगमनले।
काम्छ मुटु जुनीमा, बितेका घटनाहरूले॥
आफु कति कालसम्म बाँच्ने टुंगो छैन केही।
मातृभूमिको सेवा गर्न सम्झेका हुन्छन् केही॥

कति ठूलो काल छ, हेर्न सकेको छैन कोही।
कहाँ कस्तो हुन्छ, त्यो कल्पना छैन केही॥
अमर बन्छ ती चोखो तातो रगत दिएर।
शहीद उही हुन्छ, युद्घकालसँग लडेर॥

(मिति: २०४५ असोज २२ शनिबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

५. भूकम्प
-आर पी कलाङ्गत

भुकम्प हुन्छ कि कसो स्मरण हुँदैन कसैको पनि,
कहिले त्यो हुन्छ होला अनुमान छैन यति पनि।

उन्नाइसौं शताब्दीको महाभूकम्प थियो अन्त्यतिरको,
तिनले रूप विनाशकारी लिई क्षति भयो जगतको।

एघार हजार जन मृत्यु भयो रे त्यो दैव्यरूपले,
पहिलो नाम रह्यो संसारमा भयङ्कर घटनाले।

फेरी अब हुन्छ की, त्यसको आशंका बढ्नथाल्यो रे,
वर्षौं वर्ष समय बित्दा अनि त्यो विचार हरायो रे।

देश देशमा फैलियो लहर विकासको तीव्रगति,
हरायो सबै अधिन एक एक स्वार्थी नरको शक्ति।

काल चक्र आउँछ कि विचार फैलियो एक चोटी नै,
हाहाकार भयो स्वदेशमा अकालको पैंतालिस सालमै।

थाल्यो घनघोर वर्षा हुन फेरियो सास संतोषको,
आयो भीषण बाढी बन्द भयो सुगम रेल सहितको।

आक्रोश फैलियो सबैतिर लोभ, अन्याय भ्रष्टाचारको,
पाप धर्म लुट्न आयो आगमन भयो कालको।
पचपन्न वर्ष पछि फेरियो पाँच पाँचको समय,
यस्ता अशुभ अंक मिलि धारण गर्‍यो विनाश समय।

ठूलो क्षति पुर्‍यायो यहाँ नै यो दोश्रो महाभूकम्पले,
भू हलचल मै मर्‍यो स्वदेशी एक हजार जतिले।

राजा प्रजा सहित चकित हुनुभयो यो घटनाले,
सहयोगीको भावना बढ्यो विश्वको इतिहासले।

(मिति: २०४५ असोज २३ आइतबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

६. मनन
-आर पी कलाङ्गत

यो मृत्यलोकमा एक पटक मान्छे जन्मिन्छ,
आफ्नो जन्मभूमीको लागि केही सत्यार्थ लाग्छ।
आफु जन्मनासाथ हुर्की बढी लाग्छौं पढ्नमा,
साना बालक छँदा केही लेख्न लाग्छ मनमा।
पढ्न शुरू गर्दा कथा सिकाई दिन्छ गुरुले,
आफ्नो आत्मामा छाप पर्दा निष्कर्ष हुन्छ तिनले।
चिन्तन मनन हुन्छ दू:खी जन नेपालीको,
उज्ज्वल पार्न सकून् हुन्छ उपकार त्यसको।
दु:खी जहानको मुटु असहाय भए पनि,
स्वाबलम्बी हुनमा गर्छन् तनमनले उनी।
धनी हुन लाग्छ मन अहम् बढ्छ स्वभावमा,
भिखारीको दु:ख हेर्दा रून्छ मुटु ईश्वरमा।
दुई चार दिनको जिन्दगी चोले फेर्छ सत्य,
तीता मीठा अनुभव चाहिन्छ उच्च हृदय।
देशभक्ति हुन चाहिन्छ कर्म अनुशासन,
कर्म गर यश पाऊ कीर्तिमान् राख जीवन।

(मिति : २०४५ कार्तिक १८ शुक्रवार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

७. समर्पण
-आर पी कलाङ्गत

उत्पन्न हुन्छ कल्पना नरको चिर आत्मामा,
प्रकृतिको सृष्टि पूर्ण हुन्छ आँखामा।
डाँफे भाकाले घन्किन्छ मर्म स्पन्दनमा,
हिमालको काखमा छन् तराइका तरेलीमा।
खोलाको बाटोले तराइको मलिलो माटोले,
चौंरीको दूधले हरियाली फाँटको बालीले।
बिहानीको घामले टल्किने सुनौला चुचुरा,
पहाड पखेरामा गौंथलीको घरबारमा।
सुन्दर दृष्टि बारीमा जुनारको बगैंचामा,
चौतारीको ठाउँमा वर पिपलको छाँयामा।
गर्छन् मायालु सुविचार कोइलीको भाकामा,
आफ्नो दु:खी जीवन बिताउँछन् नै स्वदेशमा।
एक एक मुटुले दिन्छ बलिदान युद्घमा,
शहिदको पाइला चाली हुन्छ गद्‍गद् वीरतामा।
श्रीपेचको नव मुकुट भित्र फिजिन्छ मर्म।
जीन्दगी नै आउँछ अर्को अमर वाणी कर्म।
हामी सवै नेपाली एक गरौं सेवा देशको,
विश्वको सामुमा आउँछ सुनाम गोर्खालीको।

(मिति : २०४५ मंसीर ४ शनिबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

८. भक्ति
-आर पी कलाङ्गत

जीन्दगीको लहरमा त्रिमूर्तीको भक्ति गर्छन्,
कर्तव्यपालन गर्न जीवन नै बिताउँछन्।
छोरा भक्ति गर्छ श्रवण झै बुबाआमा प्रति,
विद्यार्थीवर्ग पनि गर्छन् नै गुरुजन प्रति।
पूजारी पूजा गर्छ मन्दिरमा दैव्यशक्तिको,
योगी महात्मा तपस्या गर्छन् अलकरूपीको।
चन्द्रमा घुम्छन् निरन्तर वरिपरि पृथ्वीको,
चन्द्रमा घुम्छन् परिक्रमा सूर्यनारायणको।
प्रभातले फिजाउँछ कान्ति पृथ्वीवासीलाई,
सबै जगत्–प्राणी गर्छन् विनय ईश्वरलाई।
अटल विश्वास तपस्याले ध्रुवलोक पुगी,
घुम्छन् सप्तऋषी तारागण ध्रुवकै वरिपरि।
अनगिन्ति ताराले शोभा दिन्छ आकाशलाई।
चन्द्रबहुरूपीले उज्ज्वल पार्छनु रातलाई,
देशलाई शिर ठाडो गर्ने हुन्छ देशभक्ति,
थोपा थोपा जनबल मिलि गर्छन् आत्मशक्ति।
शहिदको लागि त्याग दिन्छ नेपाली मुटुले,
भक्ति गर्छ उनैले जन्मभूमीको सपूतले।

(मिति: २०४५ मंसीर ०४ शनिबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

समस्त नेपालीहरूलाई दशैं, तिहार – छठको उपलक्ष्यमा
हार्दिक मंगलमय शुभकामना छ।

स – सम्पूर्ण नेपाली बुद्घिजीवी वर्ग सुखमयहोस्
म – महान पर्वहरूलाई सबैले सम्मान गरौं
स्त – खुलस्त रूपमा हरेक कामको पारदर्शीहोस्
ने – नेपालका नेताहरूलाई सद्‍बुद्घि दियून्
पा – पाठशालामा बालबालिकाहरूलाई पठाऔं
ली – लिखितरूपमा सबै जनजातिको भावनालाई समेट्ने गरी संविधान बनोस्
ह – हक र अधिकार सम्झौं
रू – रूप अनुसारको देव र देवीलाई पूजा पाठ गरौं
ला – लाखौं नेपालीहरूको दीर्घायुको कामना गरौं
ई – ईनामका लागि राम्रा राम्रा काम गरौं
द – दया गर हे भगवती
शैं – शैलपुत्री माँ दुर्गा देवी
ति – तिमी सधैं मेरो रक्षा गर
हा – हाँसी खुशीले मेरो जीवन भर
र – रत्तिभर म विचलित नहोऊँ
छ – छटपटी र वेदनाले कहिल्यै नछोऊँ
ठ – ठग र चोरको संगत नलाऊँ
को – कोठा महल सबै म पाउँ
उ – उपकारी बनौं र अरूलाई बनाऔं
प – परोपकारी भन्ने भावना सबैमा जगाऔं
ल – लहै लहैमा कसैसँग नजाऔं
क्ष्य – क्षय हुने काम प्रति सजग होऔं
मा – मातृभूमीको इज्जतको कदर गरी ईमान्दार नेपाली बनौं
हा – हामी सबैलाई दुर्गा, लक्ष्मी र सूर्यदेवले कल्याण गरूँन्
र्दि – हृदयमा ईश्वरको बासहोस्
क – कर्म र सीपको ज्ञान देओस
मं – मंगल नै मंगल मेरो होस्
ग – गणपति र लक्ष्मी सधैं दाहिने होस्
ल – लगन, सीप र मेहनतले म बाँचू
म – मनलाई सधैं प्रफुल्ल बनाई म नाचूँ
य – यमराज पनि नजिक आउन डराओस्
शु – शुभ नै शुभको सधैं जयगान गाओस्
भ – भगवती देवी सधैं कृपा गर
का – कामना सधैं मेरो पूर्ण गर
म – मह नै महमा मेरो हात होस्
ना – नाम मेरो सधैं जयजयकार होस्
छ – छठीमाईले सबैवर्गका नेपालीहरूलाई कल्याण गरूँन्।

(मिति: २०६७ कार्तिक १०)
प्रस्तुतकर्ता : रामेश्वर प्रसाद यादव

समस्त नेपालीहरूलाई होलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना व्यक्त गर्दछौं।

स – सम्पूर्ण नेपाली बुद्घिजीवी वर्ग सुखमयहोस्
म – महान पर्वहरूलाई सबैले सम्मान गरौं
स्त – खुलस्त रूपमा हरेक कामको पारदर्शीहोस्
ने – नेपालका नेताहरूलाई सद्‍बुद्घि दियून्
पा – पाठशालामा बालबालिकाहरूलाई पठाऔं
ली – लिखितरूपमा सबै जनजातिको भावनालाई समेट्ने गरी संविधान बनोस्
ह – हक र अधिकार सम्झौं
रू – रूप अनुसारको देव र देवीलाई पूजा पाठ गरौं
ला – लाखौं नेपालीहरूको दीर्घायुको कामना गरौं
ई – ईनामका लागि राम्रा राम्रा काम गरौं
हो – होलिकाको दहन (दुष्ट आत्माको दहन) गीत गाइ
रंग खेलौं
ली – लीला (नाच) नृत्य गरी रंग अबीर खेलौं
को – कोइलीको भाकामा मीठा गीत गाऔं
उ – उपकारी बनौं र अरूलाई बनाऔं
प – परोपकारी भन्ने भावना सबैमा जगाऔं
ल – लहै लहैमा कसैसँग नजाऔं
क्ष्य – क्षय हुने काम प्रति सजग होऔं
मा – मातृभूमीको इज्जतको कदर गरी ईमान्दार नेपाली बनौं
हा – हामी सबैलाई दुर्गा, लक्ष्मी र सूर्यदेवले कल्याण गरूँन्
र्दि – हृदयमा ईश्वरको बासहोस्
क – कर्म र सीपको ज्ञान देओस
मं – मंगल नै मंगल मेरो होस्
ग – गणपति र लक्ष्मी सधैं दाहिने होस्
ल – लगन, सीप र मेहनतले म बाँचू
म – मनलाई सधैं प्रफुल्ल बनाई म नाचूँ
य – यमराज पनि नजिक आउन डराओस्
शु – शुभ नै शुभको सधैं जयगान गाओस्
भ – भगवती देवी सधैं कृपा गर
का – कामना सधैं मेरो पूर्ण गर
म – मह नै महमा मेरो हात होस्
ना – नाम मेरो सधैं जयजयकार होस्
व्य – व्यवहारमा असर नपर्ने गरी रंग अबीर खेलौं
क्त – भक्त प्रह्लाद जस्तो बानी बसालौं
ग – गरीब र अमीर बीचको मतभेदको भावना त्यागी भाइबन्धुत्व जस्तो बनौं
र्द – दर्द भरी गीत गाइ रंग खेलौं
छौं–

(मिति : २०६७ कार्तिक १०)
प्रस्तुतकर्ता : रामेश्वर प्रसाद यादव

ब्रम्हा, विष्णु र महादेव: को ठूलो?

एक दिन ब्रम्हा र विष्णुकाबीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ।
दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन्।
महादेवले पनि आफ्नो लंगौटी उचालेर दुबैलाई अर्हाउँदै भनेछन्- “लौ एउटा उँभो जाओ, अर्को उँधो। उँभो जानेले टुप्पो र उँधो जानेले फेद पत्ता लगाएर मात्र फर्कनू। जो पहिले फर्कन्छ उहि ठूलो।”

त्यसपछि विष्णु गरुड चढेर उँभो उडेछन् र ब्रम्हा चाहिं पुष्पक विमान चढेर उँधो लागेछन्।
बर्षौंपछि दुबै जना पसीना काढ्दै लखतरान् भएर फर्केछन् र महादेवलाई भनेछन्- “प्रभो, हामीले त उँभो-उँधो केही पत्ता लगाउन सकेनौं।”

अनि त्यसपछि महादेवले आफ्नो लंगौटी तल सार्दै भनेछन्- “देख्यौ त, को ठूलो रहेछ? ल अबदेखि को ठूलो भनेर झगडा नगर्नू। सृष्टिको नियम अनुसार आ-आफ्नो काम गर्नू। लौ जाओ फर्क अब।”

ब्रम्हा र विष्णु पनि त्यसपछि आपसमा मुखामुख हेर्दै आ-आफ्नो घरतिर लागेछन्।

साभार:
जयभुँडी (हाँस्य-व्यङ्ग्य) – भैरब अर्याल।

(माथि हाँस्य-व्यङ्ग्यको केही अंश मात्र साभार गरिएको हो।)

जुन हो बेबकुफ …

खगेन्द्र संग्रौला

‘आइरन गेट’ पार गरेर तेह्रथुमको आठराई, चुहानडाँडामा फुरुंग पर्दै म आइए पढ्न तम्सिएको थिए”। दार्जिलिङतिरको प्रेरणादायी हावाले छोएर सत्रै सालमा खुलेको वीरेन्द्र इन्टर कलेज थियो त्यहाँ। त्यो बेला, त्यो दुर्गम पहाडी भेगमा गतिलो अंग्रेजी मास्टर पाउनु अहोभाग्यकै कुरा थियो। एक दिन प्रतिक्षारत मेरा कानमा सुसमाचार आइपुग्यो – काठमाडौंतिरबाट अंग्रेजीका मास्टर आउँदैछन्। मास्टर पनि लर्तरा होइन – डबल एमए, बिएल पास गरेका। त्यसमाथि अझ नाउँ चलेका लेखक पनि। मलाई दुवै हातमा लड्डु प्राप्त हुने शुभलक्षण देखियो। एक हातमा आङ्ल भाषाका पाठ्यपुस्तकको ज्ञान, अर्को हातमा साहित्यको दिग्दर्शन।

अघिअघि ठसठसी कन्दै ढाकर बोकेको भरिया, पछिपछि सानले लौरो टेकेका पाहुना – एक दिन सा”झपख वामदेव पहाडी – डबल एमए, बिएल हाम्रो कलेजको विशाल आ”गन टेक्न आइपुगे। म पुड्केभन्दा पनि सेख्खै होचा। चम्किलो तालुमाथि तेल हालेर, सिउँदो काडेर चिटिक्क कोरेको पातलो, मुलायम कपाल, ज्यानमा टम्म मिलेका कोट-प्यान्ट, घा”टीमा टाई, टलक्क टल्किने छालाका चुच्चे जुत्ता, बालकको जस्तो कोमल त्वचा भएको बाटुलो, गोरो अनुहार अनि बालककै जस्ता कन्चन आँखा – पहाडी सर नभन्दै मलाई कथामा कथिएको देवदूतजस्तै लागे।

‘नमस्कार, सर,’ स्वागत गर्न प्रतिक्षारत हामी सहपाठीको एकमुष्ट अभिवादन हावामा तरंगित भयो।
‘जुन हो नाम भन्नू,’ भाग्यवश भनू”, नवागन्तुक सरका दृष्टि ममाथि परे। मैले धकाउँदै आफ्नो नाम भने”। तिनले अघि बढेर मलाई धाप मारे।

‘जुन हो केमा पढिरहेछौ, भाइ?’
‘अब आइएमा, सर।’
‘जुन हो मेरै विद्यार्थी रहेछौ। आ”हुम्।’ यो ‘आहुम्’ नाके स्वर भएका पहाडी सरको नाकबाट निस्कने पटके खोकीको अनौठो आवाज हो। यसरी दिमागमा ज्ञानको प्रकाशवान् पन्तुरो बोकेर पहाडी सर जब आइपुगे, हाम्रो कलेजमा उत्सवी वातावरण छायो। अब भने जमाएर अंग्रेजी पढ्न पाइने भो।

भोलिपल्ट वामदेव सरको स्वागतमा सानो भेला भयो। भेलामा नाक बजाउँदै शिक्षाको महत्वमाथि सरल सूत्रमा उनले प्रकाश पारे। ‘जुन हो भाइ, प्रकाश दिने एउटा सुर्जे आकासमा छ, भन्नु अर्को सुर्जे कहाँ छ?’ अर्को सुर्जे कहा” छ भन्नु? परेन बित्यास ‘तर, ‘जुन हो’, आफ्नो प्रश्नको उत्तर आफै दिदै उनले अर्थ्याए, ‘अर्को सुर्जे जुन हो शिक्षामा छ। जुन हो अघिल्लो भौतिक सुर्जे हो, र पछिल्लो हो आत्मिक सुर्जे। बस्, मेरो भन्नु यत्तिमै समाप्त भयो। आहुम्।’

केही दिन वामदेव सरको दिनचर्या औपचारिकतामै बित्यो। कलेजको सञ्चालक समितिस”ग भेटघाट र चिनारी, शिक्षकहरूसँग भेटघाट र भलाकुसारी, विद्यार्थीहरूसँग छिटफुट वार्तालाप, डेराको प्रबन्ध, रैथाने वातावरणस”ग चिनापर्ची, यस्तै-यस्तै। अनि उनी पढाउन थाले। स्पेसल इङ्लिस पढ्ने मेरो रहर थियो। तर रहर गर्ने मनुवा म एक्लो भए”। ‘अरू दुई-चारजना विद्यार्थी खोज्नू,’ वामदेव सरबाट आज्ञा भयो। ‘जुन हो भाइ, एक विद्यार्थी एक कक्षा कसरी सम्भव छ? आ”हुम्,’ मैले खोज्न सक्दो यत्न गरे”। तर स्पेसल इङ्लिस लिन कोही पनि तयार भएन। गुल्टिनलाई गाह्रो विषय किन लिनू भन्ने जिरहमा मेरा सबै सहपाठी अडिग रहे। एक दिन डेरामा डाकेर पहाडी सरले मेरो सानो अन्तर्वार्ता लिए। ‘जुन हो भाइ, भन्नू कि स्पेसल इङ्लिस नै लिन्छु किन भनिरहेछौ?’

‘अंग्रेजी सिक्न र साहित्यको ज्ञान लिन, सर।’
‘जुन हो भन्नू, एसएलसीमा कति मार्क्स प्राप्त गरेका छौ?’
‘दुई सय पूर्णांकमा एक सय दुई नम्बर, सर।’
‘आहुम्। जुन हो भाइ, फोर्टी नाइन पर्सेन्ट त फेलै भएछौ। तब भन्नू कि कसरी पढ्न सक्छौ स्पेसल इङ्लिस? जुन हो कोही ठट्टाको विषय हो यो? आहुम्, आहुम्।’
‘म कोसिस गर्छु, सर।’

पछि बडो नाटकीय ढंगले पहाडी सरको वचन परिवर्तन भयो। एकजनालाई सिंगो एउटा कक्षा किमार्थ हु”दैन भनी सञ्चालक समिति मेरो उत्कट इच्छाविरुद्ध डटेर खडा भएछ। र, धारविरुद्ध जुध्ने मति भएका वामदेव सर मेरो पक्षमा कटिबद्ध भएछन्। ‘जुन हो संख्या के हो, भाइ?’ सञ्चालक समितिछेउ घुँडा धसेर उनले तर्क गरेछन्, ‘म भन्दछु कि नागरिकको इच्छालाई निषेध गर्नु पाप हो। आहुम्।’ वामदेव सरले जिते। र, उनको जितको सिंगो लाभ मलाई हातलागी भयो।

कक्षा सुरु हुने पहिलो दिन मलाई कसोकसो अत्यास लागेर आयो। कक्षामा म फगत एक्लो छु। छोटो समयमै पहाडी सरभित्रबाट उनका अनेक छद्म औतारहरू सतहमा दृष्टिगोचर भइसकेका छन्। र, मैले अनेकथरी गाइँगुइँ सुनिसकेको छु – यो मान्छे सन्काहा हो। यो सिल्ली हो। यो क्रोधी हो। यो अर्द्ध हो। यो यहाँ धेरै दिन टिक्दैन।

मेरो मनमा एकातिर कौतुहल छ, अर्कातिर त्रास। म सर बस्ने कुर्सी कोठाको एउटा भित्तोमा र आफू बस्ने डेस्क-बेन्च अर्को भित्तोमा राख्छु। त्यो दुरी मेरा लागि एक प्रकारको रक्षाकवच हो। आएकै दिनको परिधानमा वामदेव सर काखीमुनि हाजिरी रजिस्टर च्यापेर जुत्ताको टक्टक् आवाजसँगै कक्षामा पस्छन् – आहुम्।
‘गुड मोर्निङ, सर।’ म उठेर अदप-काइदा जनाउँछु।
‘गुड मोर्निङ, आहुम्। सिट डाउन।’

उनी कुर्सीमा बसेर मलाई अलिबेर अपलक हेर्छन्। ‘जुन हो भाइ, यो दुरी किन?’ उनको प्रश्नको आसय म बुझि्दन”। ‘जुन हो ए लङ डिस्ट्यान्स बिटविन म्यान एन्ड म्यान इज नाट ए गुड थिङ। आहुम्। इट क्रियट्स कन्फ्युजन एन्ड मिसअन्डस्र्ट्यान्डिङ। जुन हो भाइ, बुझ्दै त छौ?’
‘यस, सर।’ आतेसको भावमा म मुन्टो हल्लाउँछु।
‘तब जुन हो यो दुरी कम गरिहाल्नू।’
म डेस्क-बेन्च कोठाको बीचमा सार्छु।
‘जुन हो बेबकुफ अझ निकट गर्नू।’
म चुपचाप अझ निकट गर्छु।
‘द्‌याट्स गुड। आहुम्, आहुम्।’

‘यो विषय कठिन छ। बहुत मिहेनत गर्नुपर्छ। कदापि थाक्नु हुँदैन। हिम्मत हार्नु हुँदैन। जुन हो भाइ, निरन्तर चेष्टा गरे सम्भव नहुने कुरा के छ? आ”हुम्।’ पहाडी सरले एवंरीतले मलाई हौसलाकारी अर्ती दिए। आधाजसो सनातनी बिहारी उच्चारणको अंग्रेजीमा र आधाजसो हिन्दी मिसिएको वर्णशंकर नेपालीमा।

तर, हप्तादिन बित्नु के थियो कक्षामा पहाडी सर रौद्र रूपमा प्रकट भए। उनी मलाई फ्रान्सिस बेकनको निबन्ध पढाउँदै थिए। निबन्धमा स्प्लिन अर्थात् फियोको प्रसंग आयो। के हो कुन्नि उनले मलाई एउटा प्रश्न सोधे। प्रश्नै बुझ्नु छैन, म लम्फु के उत्तर दिऊ”? एकाएक सन्किएर उनले गर्जन गरे, ‘जुन हो बेबकुफ, स्ट्यान्ड अप आन दि डेस्क।’ लौ, तालुले आज बिताउने भो के गर्नु न के गर्नु भएर म त्यसैत्यसै रनभुल्ल परे”।

‘वामदेव पहाडी इज डिक्टेटिङ, जुन हो महामुजी † स्ट्यान्ड अप आन दि डेस्क।’ मैले चाक टेकाउने बेन्चमा खुट्टा टेकाए”। यसो डेस्क हल्लाइहेरे”, त्यो धराप थियो। र, पाखे अंग्रेजीमा त्रस्त स्वरमा याचना गरे”,’सर, इट इज विक। आई विल फल डाउन।’ ‘जुन हो भाइ, इङ्लिस पो बोलिरहेछौ, आहुम्।’ एकाएक उनको क्रोध साम्य भयो। र, रिसको पारो झरेको नरम स्वरमा उनले भने, ‘जुन हो, तल झर्नू।’ म तल झरे”। ‘जुन हो भाइ, पूर्ववत् बस्नू।’ म पूर्ववत् बसे”। अनि उनले प्रश्नको अर्थ पहिले नेपालीमा खुलाए। र, त्यसपछि ब्ल्याकबोर्डमा अंग्रेजीमा लेखिदिए। ‘जुन हो, संग्रौला”जी, अब त केही बुझ्नुहुन्छ कि?’
‘बुझ्छु, सर।’
‘जुन हो बेबकुफ चेष्टै गर्दैनौ त भु”त्रो बुझ्दछौ? आहुम्।’

सत्संग गर्दै जा”दा मलाई वामदेव पहाडीको मनोरचनाको राम्रैस”ग तत्वबोध हु”दै गयो। लाग्यो, उनको सनक र संयमबीचको र क्रोध र करुणाबीचको दुरी धेरै छोटो छ। पानीका फोकाको यात्राकै दुरीजस्तो। वर्षातमा पानीको फोको उठ्छ, रहमा अलि परसम्म सलल्ल बगेर जान्छ र प्याट्ट फुट्छ। बस्, किस्सा खत्तम। तैपनि पहाडी सरस”ग डर भने सधैं नै लागिरहने। मेरा लागि उनी एकसाथ आकर्षणकारी र विकर्षणकारी मनुवा हुन गए। टाढा हु”दा नजिक परू”परू” लाग्ने, नजिक भयो कि कसोकसो डर लागिरहने। तर, आकर्षण र त्रासको द्वन्द्वमा सधैं नै मेरो त्रासलाई आकर्षण पक्षले परास्त गरिदिन्थ्यो। र, मैले पहाडी सरलाई मियो बनाएर त्यसको वरिपरि परिक्रमा गरिरहे”।

त्यो बेला दार्जिलिङमा तेस्रो आयाम नामक प्रयोगशील लेखनशैलीको रजगज राज चलेको थियो। आयामेली उमंगले निकटवर्ती आठराईको साहित्य लेखन अभियानमा राम्रैसँग राप र ताप सञ्चार गरिदिएको थियो। र, मेरो कलेज ’roundको भूगोलमा तेस्रो आयामका बाल सुगाहरू भटाभट जन्मिरहेका थिए। ती दुरुह, क्लिष्ट र अबोधगम्य लेख्नु नै गजप लेख्नु हो भन्ने भ्रमको झुत्रे झन्डा बोकेर धक्कु लाउ”दै लुखुर-लुखुर हि”ड्थे। मेरा सहपाठीत्रय गंगाप्रसाद उप्रेती, यज्ञराज प्रसाईं र जयप्रसाद उप्रेती यस मोर्चाका जौडे जोदाहा थिए। वामदेव सर बुझनी न सुझनीको यो सुगाप्रवृत्तिप्रति अत्यन्तै क्षुब्ध थिए। उसो त तेस्रो आयामका माउ अभियन्ताहरूका कतिपय ताल न तुकका रचनाहरूको पनि उनी खुलेरै खिल्ली उडाउ”थे। झमझम पानी परेर विशाल वटवृक्षमुनि जमेको पानी हेर्दै पहाडी सर क्यारिकेचर गर्थे :
‘जुन हो माथि छ वरको रुख
तल जुन हो दहमा तपतप पानी
जुन हो दहमुनि भ्यागुत्तो ट्वारट्वार
आ”हुम्, मेरी प्रेमिका तिमी सुत।

‘यो पनि कुनै कविता हो, बेबकुफ? तर, जुन हो केही महामु..हरू कर्कस हल्ला गर्दै भनिरहेछन् कि यो नै सानदार कविता हो। जुन हो म वामदेव पहाडी डबल एमए, बिएल भन्दछु कि कविताको नाममा यो सफेद हुल्लडबाजी हो। आ”हुम्।’
त्यो बेला म साहित्य पठन र लेखनको बाल विद्यार्थी थिए”। ममा रुचि र रहर त उत्कट थियो, तर ज्ञान र सीप भने केही पनि थिएन। झो”कैझो”कमा वामदेव सरले मलाई ऊबेलाको नेपाली साहित्यका चर्चित कर्ता, प्रवृत्ति र द्वन्द्वहरूको आरम्भिक जानकारी गराए। ऊबेला तेस्रो आयामका हस्तीत्रय त चर्चामा थिए नै, ताना सर्मा र शंकर लामिछाने, पारिजात र प्रेमा शाह पनि चर्चामा थिए। यस कुराको सुइ”को पाइने माध्यम ‘रूपरेखा’ थियो। मेरा काका दिलिप र दाइ भीष्म संग्रौला, मावली दाइ भूपाल र यज्ञराज खरेलहरू ‘रूपरेखा’का ग्राहक थिए। उनैस”ग मागेर म ‘रूपरेखा’ पढ्थे”। मलाई डोर्‍याएर ‘रूपरेखा’सम्म पुर्‍याउने अगुवा वामदेव सर नै थिए।

आ”हुम्। शिरीषको फूल र लामिछानेको टोपी †’ यसरी वामदेव सरको कटाक्षको तीर छुट्थ्यो। …जुन हो भाइ, शंकर लामिछानेले पारिजातको शिरीषको फूल नामक उपन्यासको शरीरमा भूमिका नामक टोपी पहिराइदिए। र, छलकारी टोपी नै शरीर हो भन्ने भ्रमको जन्म भयो। भन्नू बेबकुफ † शिरमाथिको टोपी कसरी शरीर हुनसक्छ? आ”हुम्, आ”हुम्।’
वामदेव सरको बेबकुफले शिरीषको फूल पढेकै छैन, बरा ऊ के भनोस्?

‘आ”हुम्, ताना सर्मा †’ अर्को प्रसंगमा ताना सर्मा वामदेव सरको प्रहारको निसान बन्थे। ‘जुन हो भाइ ताना सर्मा भन्दछ कि म मार्क्सवाद बुझ्छु”। आ”हुम्। जुन हो वामदेव पहाडी डबल एमए, बिएल मार्क्सवाद बुझ्दैन त बेबकुफ ताना सर्मा के बुझ्दछ? भाइ † मार्क्सिज्म इज नाट ए जोक क्या। त्यो त जटिल ज्ञानको सागर पो हो, भाइ। आ”हुम्।’

वामदेव सरका वचनमा घरिघरि आइरहने एउटा प्रिय नाम थियो ऊबेला चर्चित रहेको ‘पहेँलो गुलाफ’ कथाकी स्रष्टा प्रेमा शाह। प्रेमा शाह वामदेव सरकी एमए अंग्रेजीकी सहपाठी। जब प्रेमा शाहको प्रसंग उठ्थ्यो, वामदेव सरको स्वर भित्रभित्रै दबिन्थ्यो। त्यो स्वरमा सन्तापजस्तो, पश्चात्तापजस्तो के-केको विरहव्यथा ध्वनित हुन्थ्यो। मलाई सम्झना छ, प्रेमा शाहको चर्चा प्रायः प्रच्छन्न शैलीमा हुन्थ्यो।

साहित्य चर्चा दार्जिलिङबाट थालिएर काठमाडौंको फेरो मार्दै रैथाने परिवेशमा खुत्रुक्क ओर्लिन्थ्यो। ‘भाइ, हाम्रा पण्डित भानुभक्त पोख्रेललाई पनि जुन हो म ठूलै कवि हु” भन्ने घमण्ड छ।’ नेपालीका मेरा कुशल गुरु र साहित्ययात्राका मेरा असल साथीमाथि वामदेव सर यसरी धावा बोल्थे, ‘जुन हो भाइ, जीवनमा यति धेरै असंगति, जटिलता, रहस्य, अलमल र भद्रगोलहरू छन्। छन्दको खोरमा जीवनका यी सब जन्जालहरू कसरी अटाउँछन्, बेबकुफ? भन्नू, स्वरको लयदार नर्तन थोडै कविता हो? आहुम्।’

र, आखिरमा साहित्य चर्चाको लहरो तेह्रथुम, साबलाका ऊबेलाका अभिनारायण सुवेदीमा थुरिन पुग्थ्यो। अभि दाइ ऊबेला ‘रूपरेखा’मा किस्ताकिस्ता गरी चालु कवितायात्राको प्रवृत्तिगत विवेचना गर्न कम्मर कसेर लागिपरेका गिए। औद्योगिक क्रान्ति नै नभएको नेपालमा औद्योगिक क्रान्तिले पैदा गर्ने असंगति र अप्ठ्याराहरू भिœयाएर कविहरू अनेपाली टाइपका कविता रच्दैछन् भन्ने उनको जब्बर जिरह थियो। र, त्यो जिरहमा वामदेव सरको मतैक्य भएझैं लाग्थ्यो। ‘जुन हो भाइ, अभिनारायण सुवेदी भन्ने लडको खुबै लेख्न खोजिरहेछ।’ उनी भन्थे, ‘जुन हो ऊ केही न केही पढ्दछ, केही न केही बुझ्दछ, केही न केही सोच्दछ र केही न केही लेख्दछ। मोर्निङ सोज दि डे’को मत्लब बुझ्दछौ बेबकुफ?’
‘बुझ्छु, सर।’
‘जुन हो बेबकुफ जे बुझेका छौ त्यो भन्नू।’
‘दिन कस्तो हुने हो बिहानीले देखाउ”छ, सर।’
‘आ”हुम्। ठिकै त बुझिरहेछौ, भाइ। त्यो लडकोका पदचिन्ह टेकेर हि”ड्न चेष्टा गर्नू। जुन हो भाइ, भु”ट्ट कही” न कही” पुगिहाल्छौ।’
‘हस्, सर।’
‘आ”हुम्, आ”हुम्।’

रह”दा-बस्दा एक दिन वामदेव सरको विद्रूप रूप गोचर हुनगयो। छक्क पर्दै हेरे”, हे दैव † वामदेव सर त चर्को स्वरमा बर्बराउ”दै बाटामा लम्पसार परेको ढुंगोलाई जुत्ता र छाताले भकाभक गोदिरहेका छन्। सोचे”, आज भने जुन हो यी बेबकुफ पूरै बौलाएछन्। डर लाग्यो। उनका आ”खा छलेर कान्लामुनिबाट लुसुक्क अगाडि जाऊ” कि भन्ने लाग्यो। तर कुन प्रेरणा र आकर्षणले घिसारेर र घ”चेटेर हो, म त झ्वास्सै उनका अगाडि पो पुगे”। मलाई देखेर झन् हौसिंदै र पत्थरमाथि झन् जोडले प्रहार गर्दै उनी बर्बराए, ‘जुन हो बेबकुफ कसको खुट्टामा ठेस लगाइरहेछौ? जुन हो महामु.. वामदेव पहाडी डबल एमए, बिएललाई ठट्टा सम्झेर जोरी खोजिरहेछौ? आ”हुम्, आ”हुम्, आ”हुम्।’ तर, वामदेव सरको त्यो उग्र, प्रचण्ड झो”क छिनभरमै शान्त भयो। र, हल्का हा”सो घोलिएको स्वरमा उनले समापन कथन जारी गरे, ‘जुन हो खगेन्द्रजी, जीवनमा व्यवधान पैदा गर्ने कुतत्वहरू बहुतै धेरै भए। कहिलेकाही” त लाग्दछ कि जुन हो भु”ट्ट पड्किएर जिन्दगीलाई खरानी बनाइदिऊ”। आहुम्।’

किन हो थाहा छैन, वामदेव सर नजानिदो गरी मलाई धेरै माया गर्थे। यस कुराका अनेकमध्ये एक अविस्मरणीय सबुतको कथा यहा” कहन्छु। तिनताक हेमन्तबहादुर बिसी विद्यार्थी फेडरेसनका सभापति वा यस्तै केही थिए। तिनले काठमाडौंमा कलेजव्यापी निबन्ध प्रतियोगिताको चा”जो मिलाएछन्। प्रतियोगितामा भाग लिने दुई सत्पात्र चयन गर्न हामीलाई निबन्ध लेख्न लगाइयो। निबन्धको एउटा विषय संयुक्त राष्ट्रसंघ थियो र अर्को विषय थियो आमाको ममता। मैले अनुभव र कल्पनाको लेपन लाउन मिल्ने विषय ठानेर आमाको ममता रोजे”। गजप लेखे” भनेर नाक घोक्रयाउँदै मैले भानुभक्त बाजेको कान्तिपुरी नगरी हेर्न जान खुट्टा उचालिसकेको थिए”। एक बेलुका चौकिदार मेरो होस्टलमा आएर भने, ‘प्रिन्सिपल सरले डाक्नुभा’छ।’ सुन्दैमा म झस्के”।

वामदेव सर गुत्थ फुलेर ओछ्यानमा बसेका थिए। अगाडि टेबुलमा मेरो निबन्ध थियो। निबन्ध हरफैपिच्छे रातो मसीले रंगिएको थियो र फड्के किनारमा पनि कमिलाको गोलोसरी राताम्मे अक्षरहरू थिए। त्यो देखेर म खङ्रंगै भए”। काठमाडौं जाने मेरो रंगीन सपनामा आगलागी भयो। ‘जुन हो त्यही” खडा हुनू,’ मैले ढोकाभित्र पाइला टेक्नासाथ वामदेव सर गर्जिए। टेबुलको राताम्मे निबन्धमा खरानी भएको आफ्नो सपनालाई मर्माहत दृष्टिले हेर्दै म मूर्तिवत ठिंग उभिए”। ‘जुन हो खुट्टा उठाउनू,’ दण्ड भोग्ने कसुर बुझ्दै नबुझी मैले आतेसको भावमा दाहिने खुट्टो उचाले।” ‘जुन हो बेबकुफ दुवै खुट्टा उठाउनू।’ म किंकर्तव्यविमूढ भए”। ‘जुन हो महामु’ धरती छोडेर हावा टेकेर हि”ड्नू’ भन्न खोजेको के हो भुत्तिभाङ केही नबुझी म अवाक, अचल र निस्तेज भए”।

कसुर मेरो निबन्धको बान्कीको रहेछ। वामदेव सरका नजरमा त्यो बतासे भावुकताले टनाटन भरिएछ। र नै मौकामा एक राउन्ड प्रशिक्षण दिने मनसुवाले उनी त्यसरी प्रस्तुत भएका रहेछन्। ‘जुन हो भाइ, जिन्दगी धरती टेकेर खडा हुन्छ। विचार पनि जुन हो धरती टेकेरै खडा हुन्छ। र बेबकुफ भावुकता, भावना, संवेदना जे छ त्यो सब पनि धरती टेकेरै खडा हुन्छ। तब जुन हो महामु.. खुबै कल्पनाशील छु भन्ठानेर यो हावादारी गफ के लेखिरहेछौ?’ अलिबेर कोठामा सघन सन्नाटा छायो। अनि बिस्तारै वामदेव सरका अनुहारको भाव र भंगिमा फेरि”दै गयो। ‘जुन हो भाइ, निराश भइहाल्यौ? आ”हुम्।’
‘भए”, सर।’
‘जुन हो बेबकुफ निराश नहुनू।’
वामदेव सर शान्त भए। र उनका सुझावहरूबमोजिम निबन्ध सच्याउने सर्तमा मलाई पासको अग्रिम बधाई दिए, …जुन हो भाइ, एडभान्स कङ्ग्य्राचुलेन्स। आहुम्।’

करिब चार महिनापछि अर्को एक साँझ वामदेव सरले त्यसैगरी मलाई डाकिपठाए। उनी रिसले बुमबुम भएका रहेछन्। ‘जुन हो भाइ,’ उनको सनातनी गर्जन सुरु भइहाल्यो, ‘काठमाडौंमा सुर्जेबहादुर थापाले भारुको सापेक्षमा नेरुको अवमूल्यन गर्‍यो त भन्नू, पदमप्रसादजीको फर्सीको डा”क्लामा त्यसको के असर परिहाल्यो? आहुम्।’ कुरो के रहेछ भने अवमूल्यनलाई आधार बनाएर वामदेव सरले भान्सा गर्ने घरका मूली पदमप्रसाद उप्रेतीले भान्साको भाउ बढाउन चाहेछन्। पदमप्रसाद मेरा भान्दाइ। जमानामा दार्जिलिङमा पा”च-सात कक्षा पढेका उनै पदमप्रसादले अघि लागेर कलेज खोलेका थिए। उनी रैथाने बस्तीको आर्थिक, सामाजिक र संस्थाका वर्चस्वशाली हस्ती थिए। र, वामदेव सरसँग उनको अहंको भयंकर टक्कर थियो। म अर्को घरमा पेइङ गेस्ट थिए”। भान्साको भाउवृद्धिको अवज्ञा गर्ने कुरामा वामदेव सर र मेरो एकसूत्रीय सहमति बन्यो।
‘चुपचाप सहँदै जाँदा जुन हो भन्नू भाइ के हुन्छ?’
‘के हुन्छ, सर?’
‘यी महामुहरूले चुसेर जुन हो हामीलाई सिद्रो बनाइहाल्छन्।’

वामदेव सरको पदमप्रसादस”गको अहंको टक्कर चुलियो। र उनी झोलीतुम्बा बोकेर बाटो लागे। बाटो लाग्दालाग्दै उनले भनेथे, ‘जुन हो भाइ, वामदेव पहाडीले यो माटोमा स्वाभिमानको सानो दृष्टान्त छाडेको छ, याद गर्नू। आहुम्।’

धेरै वर्षपछि तीस सालमा क्षेत्रपाटीको नौलो रेस्टुरा” नजिकै उनको डेरामा वामदेव सरसँग मेरो भेट भयो। मित्रवत् भाकामा उनले मेरो लेखनको तारिफ गरे, ‘जुन हो भाइ, आफ्नो विद्यार्थीले केही गरेको देख्दा आनन्द लाग्दोरहेछ क्या। आ”हुम्। तर ख्याल गर्नू भाइ, मानिसले फुर्किएर जब धरती छाड्छ, ऊ जुन हो हावामा भु”ट्ट विलीन भइहाल्छ। आ”हुम्, आ”हुम्।’ अनि छोटो भूमिका बा”धेर उनले भने, ‘जुन हो राम्रो पढ, भाइ। अब दस वर्षमा भुट्ट कम्युनिजम आइहाल्छ। कम्युनिजममा जुन हो प्रा”पर म्यान इन् द प्रा”पर प्लेस हुनेछ। आहुम्, आहुम्।’

वामदेव सरसँग त्यो मेरो अन्तिम भेट थियो। पछि उनलाई जिब्राको क्यान्सर भयो। जिब्रो काटियो। र, उनको एकबारको जुनी अकालमै सकियो। सतहमा असामाजिक लाग्ने वामदेव सर विचारमा वागी र झुकावमा मानवतावादी थिए। जब उनको याद आउँछ, उनी मेरो स्मृतिको पर्दामा विचरण गर्दै मलाई भनिरहन्छन्, जुन हो बेबकुफ धरतीका कुरा। आहुम्, आहुम्।

नागरिकबाट साभार।

अनपत्यारिला तथ्यहरु (रोचक तथ्यहरु भाग-९), Amazing Facts

१) अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो।
२) पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ।
३) हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ।
४) शँख किरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ। साथै यो एस्तो जिब हो जो नयाँ ब्लेड्को धारमा पनि घाइते नभईकन हिंड्न सक्छ।
५) मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन।

६) “जाइजेन्टेक्स” नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ।
७) गरनाइ नामक माछा पानीमा पौडी , सडकमा डौडन र हावामा उड्न पनि सक्छ।
८) भालु घाइते भयो भने मानिसको बच्चा जस्तै रुन्छ।
९) जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन र यो संसारको सबभन्दा अग्लो जनावर पनि हो , भाले जिराफ १८ फिट सम्म अग्लो हुन्छ।
१०) एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिल सम्मको हुन्छ।

अनपत्यारिला तथ्यहरु (रोचक तथ्यहरु भाग-८), Amazing Facts

१) समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन।
२) कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो।
३) परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन।
४) अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ।
५) एक बर्षमा एउटा लाम्खुट्टेले १५ करोड बच्चा जन्माउन सक्छ।

६) एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउँछ।
७) लामखुट्टेले आफ्नो वजन भन्दा डेढ गुणा बढी रगत चुस्न सक्छ।
८) एक जोडी मुसाले एक बर्ष भन्दा काम समयमा १५ हजार भन्दा बढि सन्तान जन्माउन सक्छ।
९) बच्चा जन्माउने सबै प्राणीको पुछर हुन्छ तर मानिसको मात्र हुँदैन।
१०) आफ्नो आहार खादा रुँने जनावर गोही हो।

अनपत्यारिला तथ्यहरु (रोचक तथ्यहरु भाग-७), Amazing Facts

१) मानिसको शरीरको सम्पूर्ण रक्त बाहिनी नलीको लम्बाई जोड्ने हो भने त्यो लम्बाईले पृथ्बीलाई दुई पटक बाध्न पुग्छ।
२) खगोलशास्त्रीहरुको अनुमान अनुसार अन्तरिक्षमा लगभग एक अरब प्रम्हाण्ड छन र प्रत्येक ब्रम्हाण्डमा करोडौ सौर्यमण्डल छन।
३) अन्तरिक्षमा खरबौ ताराहरु छन एक अनुमान अनुसार प्रति मिनेट १५०० ताराको दरले गन्दा खेरी सम्पूर्ण तारहरु गन्न ७०० बर्षको समय लाग्नेछ।
४) संसारको कुल क्षेत्रफलको ७१ प्रतिशत भुभाग पानीले ढाकेको छ।
५) एक ब्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा लगभग ६१००० लिटर पानी पिउछ।

६) जहिले पनि एकै स्थानमा दिसा गर्ने जनावर गैंडा हो।
७) एक पटक उडेपछि सर्वाधिक लामो समयसम्म उडिरहने पंछी “सुटी टन” हो। यो पंछी ३ देखि ४ बर्षसम्म निरन्तर उडिरहन्छ।
८) आफ्नो गर्भधारण टाउकोमा गर्ने जिव उडुस हो।
९) ३ वटा मुटु भएको जनावर अक्टोपस हो।
१०) सौर्यपरिवारका सबै ग्रहहरु पश्चिम बाट पूर्वतिर घुम्दछन तर शुक्र ग्रह जो पूर्व बाट पश्चिम दिशातिर घुम्दछ।

Blood Group ले पनि तपाईको पोल खोल्न सक्छ। (रोचक तथ्यहरु भाग-६), Amazing Facts

तपाईंलाई आफ्नो कुनै साथीको मानिसको बानीको ’boutमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको ’boutमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको ’boutमा दिईएको छ।

क) Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।

ख) Group A:-
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensitive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।

ग) Group B:-
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।

घ) Group AB:-
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।

यताउताका रोचक तर आश्चर्यजनक तथ्य (रोचक तथ्यहरु भाग-५)

१) गिनीज बुक ऑफ रिकॉर्ड्स को पुस्तक प्राय: सार्वजनिक पुस्तकालय बाट चोरी हुने रिकॉर्ड छ।
२) चार्ली च्यप्लिन जस्तै देखिने हरुको प्रतियोगितामा स्व्यम चार्ली च्याप्लिनले तेस्रो पुरुस्कार जितेका थिए।
३) फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैनथ्यो।
४) Cockroach सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा cockroach नै एक मात्र जिवित हुने सम्भावना छ।
५) एक मिनेटमा करिब ८ लाख कोषिका मानिसको शरीर बाट मर्छन भने त्यतिकै मात्रामा कोशीका बन्छन पनि।

६) प्रत्यक बर्ष चन्द्रमा प्रीथ्बी बाट ३. ८२ cm टाढा गैरहेको छ।
७) मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीर घुम्न २० सेकेण्ड लगाउँछ।
८) कोकाकोला पहिला हरियो थियो।
९) विश्वमा सबै भन्दा मिल्ने नाम “मोहम्मद” हो।
१०) मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो।

११) अमेरिकामा प्रत्यक मानिस सँग २ वटा क्रेडिट कार्ड छ।
१२) कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द TYPEWRITER नै सबै भन्दा लामो शब्द हो।
१३) पुरुषको तुलनामा महिलाहरुले लग्भग दोब्बर पल्ट आँखाको परेला झिम्काउने गर्छ।
१४) सुङुरहरुलाई आकाश तिर हेर्नु असम्भब छ।
१५) 111 x 111,111,111 = 12,345,678,987,654,321 हुन्छ।

१६) गोहीले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन।
१७) चिप्ले किरा ३ बर्ष सम्म केही नखाएर सुत्न सक्छ।
१८) सबै भालु देब्रे हाते हुन्छन।
१९) हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन।
२०) २ वटा मुसाले १८ महिना मा कारीब १ लाख बँश बढाउन सक्छ।

२१) औंलाको छाप हरेक मान्छेमा फरक फरक भए जस्तै जिब्रो को छाप पनि फरक फरक हुन्छ।

जनावर सम्बन्धी (रोचक तथ्यहरु भाग-४)

१) एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ।
२) चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ। अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ।
३) चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ।
४) छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा २ गुणा लामो हुन्छ।
५) चिम्पान्जी ऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन।

६) एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ।
७) हिप्पोपोटामस नामक जलगैडाले पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ।
८) एउटा गाईले आफ्नो जीवन भर लगभग २००००० गिलास दुध दिने गर्छ।
९) डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने गर्छ।
१०) ब्लु व्हेलको आवाज १८८ डेशिवल सम्मको रेकर्ड गरिएको छ जुन अन्य जनावरहरु भन्दा सबै भन्दा बढी हो।

११) ग्रेहाउन्ड नामक कुकुर 41.7 माइल्स प्रति घण्टा सम्म डौडिन सक्छ , यो जातिको कुकुरको अस्तित्व ६००० साल अगाडि प्राचिन मिस्रमा पाईएको छ।
१२) बिरालोले राती मानिसहरुको तुलनामा ६ गुणाले बढि देख्न सक्छ किनकी उसको आँखामा भएको tapetum lucidum नामक कोशीकाले प्रकाशलाई reflect गर्छ।
१३) खैरो भालु साधारण तया घोडा जतिकै डौडिन सक्छ।
१४) पोथी सिँहले भाले सिँहको तुलनामा ९०% सिकार गर्ने गर्छ।
१५) जेल्लीफिश नामक माछामा ९५% पानीको मात्रा हुन्छ।

१६) जन्मिदा खेरी पान्डा एउटा मुसा भन्दा पनि सानो हुन्छ र उसको वजन लगभग ४ औँसको हुन्छ।
१७) बिरालो र कुकुरहरु पनि मानिसहरु जस्तै बाँयाहाते र दाँया हाते हुन्छन।
१८) जिराफले आफ्नो २१ इन्च लामो जोब्रोको कारणले आफ्नो कान आँफै सफा गर्न सक्छ।
१९) गोहीले आफ्नो जिब्रो निकाल्न सक्दैन।
२०) सबै किसिमका धुर्बिय भालुहरु बाँया हाते हुन्छन।

२१) कमिलाहरु कहिले पनि सुत्दैनन।

मानिसको औसत समय कसरी बित्छ ? (रोचक तथ्यहरु भाग-३), Amazing Facts

मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ?

१) करिब २० देखी २५ बर्षसम्म सुतेर
२) करिब १५ बर्षसम्म काम गरेर
३) करिब ६ बर्षसम्म खानपिन गरेर
४) करिब ८ बर्षसम्म मनोरन्जन गरेर
५) करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर

६) करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
७) करिब ७० दिन ऐना हेरेर

जिव जन्तुहरुको नेतागिरी (रोचक तथ्यहरू भाग-२), Amazing Facts

संसारमा धेरै नै भाषामा अनुवाद भईसकेको संस्कृत भाषाको कृति पञ्चतन्त्रमा धेरै नै जिवजन्तुको कथाहरुले भरिएको छ । त्यसमा भएको कथाहरुमा हरेक पशुहरुको राजा, रानी, मन्त्री राजकुमार आदिको रुपमा चित्रण गरी शासन ब्यबस्थाको ’boutमा व्याख्या गरिएको छ । समिक्षकहरुले यो कृतिलाई कल्पना शक्तीको चमत्कार भन्ने गरेका छन तर जिवबिज्ञान सम्बन्धी अध्ययन गर्ने बैज्ञानिकहरुबाट जनावरहरु ’bout नयाँ नयाँ तथ्य बाहिर ल्याइरहेका छन । यसबाट के थाहा हुन्छ भने पञ्चतन्त्र मात्र कोरा कल्पनाको उपज हैन ।

यो संसारमा मानिसहरुको मात्र हैन जिवजन्तुहरुले पनि आफ्नो नेता छान्ने र नेत्रित्व आफ्नो हातमा पार्न संघर्ष गर्ने र आफ्नो बथानहरुलाई नेत्रित्व प्रदान गर्ने प्रथा भएको थाहा लागेको छ ।

१) गाईहरु मुखिया हुन घोराघोर लड्छन । लडेर जितेको गाई मुखिया हुन्छ र त्यही मुखियालाई अगाडि लगाएर अरु गाई पछि पछि लाग्छन , गाईहरु मात्र हैन गोरुहरु पनि त्यही मुखियाको पछाडि पछाडि लाग्न वाध्य हुन्छन ।

२) च्याङ्रग्राहरुलाई भने गाईहरु जस्तो लड्नु पर्दैन, उनिहरुले सबैलाई मनपर्ने एउटालाई नेता बनाउछन र त्यही नेतालाई अगुवा मानि सबै त्यो नेताको सँगसगै हिड्छन । च्याङ्रग्राहरुको यही कमजोरीको मानिसहरुले फाईदा उठाउछन , च्याङ्रग्रा मार्ने बेलामा त्यही नेतालाई चिनेर पहिला मारी दियो भने अरु च्याङ्रग्राहरु आँफै मर्न लाइन लाग्छन ।

३) गधाहरुको बिचमा जो सबै भन्दा फुर्तिलो र होसियार हुन्छ त्यो नै गधाहरुको सरदार हुन्छ । कहिले केही खतराको महसुस गर्‍यो कि त्यही सरदार गधाले धेंचु धेंचु कराउदै अरु गधाहरुलाई सावधान गर्छन् ।

४) भैंसीहरुको बथान बाहिर चरेर आफ्नो मालिकको घरमा फर्किए पछि आफुहरु घरमा फर्किएको सुचना दिन एउटा मात्र भैंसी “भाँSS” भनेर कराउछ ।
५) घोडा, खच्चर र उँटहरुको बगाल अगाडी बढ्दै गर्दा सबै भन्दा अगाडि भएकोले कता कता लैजान्छ पछाडि आउनेहरु त्यतै त्यतै लाग्छन ।

६) हात्तीहरुको नेता प्राय: जसो पोथी नै हुन्छन । पोथी हातीलाई उसमा भएको शरीरिक बल, इमान्दारी र स्वभाब हेरेर नेता चुनिन्छ । नेता भईसकेपछि त्यो पोथी हातीले आफ्नो बथानलाई कडा अनुशासनमा राख्छन । अरु हातीहरुलाई केही सुचना दिनु पर्‍यो कि त्यो नेता हातीले अचम्म लाग्दो ब्यवहार गर्छ , नेता हाती उफ्री उफ्री माटो खन्छ र त्यो माटो आफ्नो सुँडले उठाइ हावामा उडाउछ , यसरी माटो हावामा छरीसकेपछी अरु हातीहरुले त्यो माटोको गन्ध सुंघेर आफ्नो नेता कता छ र उसले के सन्देश दिन लागेको छ भनेर सबै त्यो नेता हाती भएको ठाउँमा डौडेर पुग्छन ।

७) गुरिल्ला, चिम्पान्जी वा बबुन जातीको बाँदरहरुको सरदारले बथानमा भएका सबै राम्री राम्री बाँदरनीहरुलाई आफ्नो अधिकारमा लिन्छ र अरु बाँदरहरुलाई पोथीनै नपाउने गरी दिन्छ । एउटा सरदार मर्यो कि अर्को सरदार छानिन्छ र सरदार भएको बाँदरको कर्तब्य आफ्नो बथानमा भएका सबै बाँदरहरुको रक्षा गर्ने र बँश बृदि गर्ने हुन्छ । बानुन जातीको बाँदर कसै सँग लड्न जादाखेरी सबै भन्दा अगाडि बस्छन र फर्किने बेलामा अरु सबै साथीहरु फर्की सके पछि मात्र आफु फर्किन्छ ।

८) माछाहरु बिचमा कोही पनि माछा आफ्नो सिमा नाघेर जान खोज्यो भने नेता माछाले त्यो माछालाई नराम्रो सँग टोकी दिन्छ ।

९) नेतागिरीको लागि सबै भन्दा नराम्रो सँग लड्ने जाती कुखुरा हो । कुखुराहरुको बिचमा एकजना भन्दा बढी नेता देखा पर्‍यो भने फैसला नभए सम्म उनिहरु लडिरहन्छन । यसरी एक चोटि फैसला भईसकेपछि त्यो नेता कुखुरालाई कसैले छुन सक्दैन । त्यो नेता कुखुराले दाना खाइरहने बेलामा वा फुल पार्ने बेलामा अरु कुखुराहरु उसको छेउमा जान सम्म डराउछन भने त्यो नेता कुखुराले दादागिरी देखाउदै अरुले खाइरहेको दाना खोसेर खाईदिन्छ र अरुले फुल पार्ने बेलामा जिस्क्याइ रहन्छ ।

रोचक तथ्यहरू भाग-१

१) ईंग्लिश शब्द “queue” मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
२) ईंग्लिश शब्दहरु मध्य “set” शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
३) ईंग्लिशमा “French kiss” भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा “English kiss” भनेर चिनिन्छ ।
४) Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द “Almost” हो ।
५) Vowel बिनाको लामो शब्द “Rhythm” हो ।

६) साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
७) मानवको thigh को हड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
८) आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
९) Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
१०) मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।

११) University of London मा गरिने सबै important meeting हरुमा “Jermy Bentham” को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
१२) दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
१३) हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
१४) मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
१५) हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।

१६) हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
१७) महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
१८) महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
१९) कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
२०) हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।

२१) संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
२२) धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
२३) उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
२४) गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
२५) संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।

२६) देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
२७) हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
२८) डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
२९) आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
३०) कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ ।

३१) उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
३२) जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
३३)मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
३४) Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

माथिका Fact हरु मध्य कुनै एउटा झुठो छ , के तपाईंलाई थाहा छ त्यो कुन हो ?

थुतुनो पुराण

साभार:-  Mysansar, April 3rd, 2011

लेखनाथ गौतम/टेक्सास, अमेरिका

थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास फेर्ने काम पनि गरिदिन्छ । त्यसो त मुख उक्काएर सधैं मुखबाट सास फेर्ने पनि धेरै छन् । मुखको अर्को प्रमुख काम बोल्नु पनि हो । बोली गोली पनि बन्छ जब त्यो खतरनाक हुन्छ । त्यस्तो बोलीले समय, ठाउँ र परिस्थिती अनुसार कम्पन पैदा गर्छ । सानो मान्छेको मुखले सानै अनी ठुलो मान्छेको मुखले ठुलै असर गर्छ समाजमा । बोलीले समाज परिवर्तन गर्न सक्छ भने बोलीले नै बिध्वन्स पनि । यसले कहिलेकाही देशको नक्सा समेत बदल्न सक्छ l त्यसैले यसको काम अनुसार कहीले नाम त कहीले काही बदनाम हुन्छ यहि मुख ।

मान्छे कस्तो छ भन्ने कुरा मुखले चाल पाइन्छ धेरै जसो । उस्को बोली नै यस्तो अस्त्र हो जसबाट उस्को ब्यक्तित्व झल्कीन्छ । उस्को दिमागमा कति गुदी छ भनेर सजिलै थाहा पाउने माध्यम उस्को बोली नै हो । आफ्नो कुरा जति लुकाउन खोजे पनि, आफू जान्ने भएको जति स्वाङ पारे पनि बोलीको दमले उस्को सतह स्पस्ट हुन्छ । शब्दलाई घुमाइ फिराइ गरेर आफ्नो अनभिग्यता वा अक्ष्यम्तालाई लुकाउन खोजे पनि बोली बाट उस्को धोती खुस्की हाल्छ ।

यसरी मान्छे बोल्ने जस्तो गहन काम मुखबाट हुन्छ । यसले नै हो इस्टमित्र बनाउने र दुस्मन बनाउने पनि । कुरा गर्ने काइदाले कहीले उसलाई फाईदा त कहीले घाटो हुन्छ । सबै चाहन्छन् मेरो कुरा सबैले सुनुन् । मेरो कुराको राम्रो प्रभाव परोस । ठुलै देशको नेता मात्र होईन ४ जनाको परिवारको प्रमुखले पनि आफ्नो बोलीको प्रभाव राम्रै परेको हेर्न चाहन्छ । त्यसैले तुक नभएको बोली बोले पनि “म”, “मेरो कुरा” “मैले भनेको” जस्ता कुराहरु धेरै जस्तो सुन्न पाईन्छ । यस्सो गफ गर्न बस्यो भने धेरैको मुखारबिन्दबाट यस्ता कुरा निस्किरहन्छन् । यस्मा हामी नेपालीको मात्र कपी राइट छैन, यो युनिभर्सल आइडिया हो ।

तर जब मुखले जथाभावी बोल्न थाल्छ, यो मुख होईन थुतुनो कहलिन्छ । हामी बढी बोल्यो भने भन्छौ कति थुतुनो चलाएको भनेर । जहिले सम्म यो मुख हुन्छ त्यसको नकारात्मक प्रभाव कम वा सुन्य हुन्छ । तर जब यो थुतुनो बन्छ, यसले बित्यास पार्छ, बिगार्छ, भत्काउछ, ध्वस्त पार्छ । यसले इस्ट लाई दुस्ट बनाउछ । साथिलाई सत्रु बनाउछ । वरको लाई परको बनाउछ । माया गर्ने हरु घ्रिणा गर्न थाल्छन् । सुभचिन्तकहरु कुरा काट्ने हुन्छन् । त्यहि थुतुनोले उसलाई एक्ल्याउछ ।

थुतुनो कति प्रकारका होलान् ? बडो जटिल प्रश्न हो यो । यसलाई बर्गिकरण गर्नु सजिलो काम होईन । ’cause हरेकको आफ्नै प्रकारको थुतुनो हुन्छ । एउटै मान्छेको पनि बेलाबखत फरक खालको थुतुनो हुनसक्छ । अत्यन्तै माया गर्ने सतिदेवी जस्ती श्रीमतीको रिसको बेलामा सुरसाको जस्तो थुतुनो हुनसक्छ । साप्रामा टाउको टेकाएर मुकाउदै कुरा गर्ने बेलामा माया गर्दै कपाल मुसार्दै मिठा शब्द बोल्ने बोय फ्रेण्ड रिसाउदा रावण जस्तो बोल्न थाल्न सक्छ । त्यसैले थुतुनाको प्रकार छुट्टाउनु अरिगाठेको खुट्टा गन्नु जस्तै हो । तर सोलोडोलो रुपमा मैले यिनलाई तीन बर्गमा पार्ने प्रयास गरेको छु । त्यस्भित्र पर्ने नपर्ने, अटाउने नअटाउने जिम्मा थुतुनाहरुकै । मलाई केको टन्टन ।

काउले थुतुनो : थुतुनाको प्रकारले नै बुझिन्छ यो कस्तो थुतुनो हो भनेर । काउलो एक प्रकारको रुखको नाम हो । तिहारमा सेल रोटी पकाउदा आमाले त्यहि काउलाको बोक्रो थिचेर हाल्नु हुन्थ्यो । रोटी मज्जाले फुर्थे, आजकाल सोडा हालिन्छ त्यसको ठाउमा । त्यो चिप्लो हुन्छ । त्यसैले काउले थुतुनो पनि चिप्लो हुन्छ । चिप्लोमा टेकेर कति चोटि हामि लड्छौ, पल्टिन्छौ त्यो त भन्नै पर्दैन । यो चिप्लो हुन्छ, चिल्लो हुन्छ । रोटी चिल्लो मिठो कुरा खस्रा मीठा भन्ने उक्ती हाम्रो नेपालमा त्यसै चलेको होईन । यो काउले थुतुनो सुन्नमा मज्जाको हुन्छ । कुरा मिठा हुन्छन् । तर परिणाम त्यसले तपाईंलाई लडाइदिन्छ । त्यस थुतुना बाट निस्केका हरेक बचन अर्थपुर्ण हुन्छन् । त्यस्मा हास्यरस मिस्रित हुन सक्छ तर त्यो कुटिल हुन्छ । त्यहा शब्दको धेरै अर्थ लाग्छन । तपाईं त्यसबाट यति प्रभावित हुनुहुन्छ की आफू चिप्लिएर खुत्रुक्क लडेको तपाईं चाल पाउनु हुन्न । त्यसैले यो निकै सतर्क हुनु पर्ने थुतुनो हो ।

छुचो थुतुनो : यो थुतुनोलाई फत्फते थुतुनो पनि भन्न सकिन्छ । यो दिमागको नियन्त्रणमा प्राय हुदैन । बोल्दा बोल्दै आफ्नो धोती खुस्केको यो थुतुनाधारीहरुले चाल नै पाउदैनन् । यिनीहरुलाई सबैको ’boutमा थाहा भए जस्तो बक्बक गर्छन् माने उनिहरु त्रिकालदर्शी हुन् । सबैको ’boutमा केही न केही प्रतिक्रिया यो थुतुनो वालाहरुसँग हुन्छ । नेपाली समाजमा महिलालाई रुद्रघण्टी नभएको भनेर आलोचना गरिन्छ तर यस्मा महिलाको मात्र कपिराइट छैन, पुरुष पनि कम छैनन् । शायद यो बर्गका मान्छेहरुको रुद्र घण्टि हुदैन । यो थुतुनाधारीहरुको कुराले अरुलाई त असर पर्ने नै भयो, त्यो भन्दा बढी उनिहरुलाई नै पर्छ । बोली दिमागको नियन्त्रणमा नहुने हुनाले के बोले भन्ने भ्याउ उनिहरु पटक्कै पाउदैनन् फल्स्वरुप ऊनीहरुलाई समाज्मा फाल्तु मान्छेको दर्जामा राखिन्छ । “यसको कुरा केको पत्याउनु” धेरैको प्रतिक्रिया यस्तै हुन्छ । पतरपतर बोलिरहने हुनाले बोलिमा कुनै दम हुदैन । गोप्य्ता कुन चराको नाउ हो यिनीहरुलाई पत्तो हुदैन । कुनै गोप्य सुचना वा कुरो कानकान्मा पुराउन एफएम रेडियोमा दिनु पर्दैन, यिनैलाई भन्दिनुस् काम खत्तम । नराम्रो कुरो त यिनले घण्टा भरमै घरघरमा पुर्याउछन् । त्यसैले गोप्य कुरो यस्ता सँग नगर्दै बेश, राख्नु पर्छ धेरै होश ।

दुस्ट थुतुनो : यो थुतुनो लाई गनगने थुतुनो पनि भनिन्छ । यो खाली गनगन गरिरहन्छ । यस्मा खुशी र उमंग हुदैन । बोलिमा गोली हुन्छ । बोल्दा घोचेरै बोल्छन यो बर्गका मान्छेहरु । अर्काको खेदो खन्नु यसको प्रमुख बिशेसता हो । राम्रो कामलाई पनि नराम्रो कोणबाट बिस्लेशण गर्नु, सकारात्मक कामलाई नकारात्मक तरिकाले व्याख्या गरेर त्यसको उछित्तो काढ्नु यो थुतुनाको गुण हो । बोली सुन्दा नमिठो लाग्दैन तर त्यसको असर निम्पत्ताको भन्दा ठीक उल्टो हुन्छ । अरुलाई दुखै दिने, दु:ख र कस्टकै चाहना गर्ने र फल्स्वरुप आफू पनि दु:खमै फस्नु पर्ने यो थुतुनाधारीहरुको बाध्यता हो । आत्मसम्मान भन्ने यिनिहरुमा पटक्कै हुदैन । यो भएन, त्यो भएन, यस्तो भएन, त्यस्तो भएन, उस्को भयो मेरो भएन, उस्ले गर्‍यो मैले सकिन, उसङग छ म सँग छैन् भनेर २४ सै घण्टा गोइडरो गर्नु यो थुतुनाधारीहरुको धर्म हो । त्यसैले यो थुतुनो पनि खतरा नै हुन्छ । सतर्क हुनु नै बेश हुन्छ । टाढै रहनु उचित हुन्छ ।

यसबाहेक थुतुना अरु प्रकारका पनि होलान् सबैलाई येत्तिमा अटाउन गाह्रो छ । तपाईं हामी मध्य को को यो बर्गमा पर्छौ हेर्नु, अनुभव गर्नु र मुखलाई थुतुनो बन्न बाट जोगाउने काम गर्न अझै ढिला गर्नु हुन्न ।

तपाईँ कुन खालको ज्वाइँ?

साभार:-  Mysansar, August 22nd, 2011

-चर्चित ढुङ्गेल-

ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका ’boutमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।

१) भलाद्‍मी ज्वाइँ— भलाद्‍मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा १ पटक ससुरालीको आँगन टेक्ने। समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरुले कमै दर्शन दिन्छन्। यिनलाई मैले भलाद्‍मी ज्वाइँ भन्ने गरेको छु। तपाईँले जेसुकै भने पनि फरक पर्दैन। मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन। जसले जे भने पनि तर यी ज्वाइँहरु मेरा नजरमा भलाद्‍मी ज्वाइँ हुन्। यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको। हुन्छ भने निजकै इज्जतको ख्याल हुन्छ। यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने। असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन्। ज्वाइँ हुन त यस्ता !

२) लिब्रिके ज्वाइँ— यी ज्वाइँहरु कस्ता हुन्छन् भने साह्रै नै सस्ता। लिब्रिक लिब्रिक ससुराली धाइरहने र साली छिन् भने तीसँग प्रेमगीत गाइरहने यिनको बानी हुन्छ। महिनाका सबैजसो दिन ससुरालीमै बिताउन चाहने यस्ता ज्वाइँहरु लाजघिन पचेका र इज्जत नबचेका हुन्छन्। यस्ता ज्वाइँहुरु यसरी ससुराली धाउँछन् कि मानौं घर चैँ ससुराली र ससुराली चैँ घर हो झैँ। यिनलाई ससुरालीमा सत्कार कम र दुत्कार बढी मिल्छ। तर पनि यिनीहरुको नजर ससुरालीतिरै हुन्छ। ससुरालीमा साली रहुञ्जेल र साँझबिहान भरिएको थाली अघिल्तिर रहुञ्जेल यिनको बास ससुरालीमै हुन्छ।

‘ज्वाइँ कहिले फिर्नुहुन्छ?’ भनेर सासुससुराले नसोधेसम्म यस्ता ज्वाइँले पिर्नसम्म पिर्नुहुन्छ। यस्ता ज्वाइँदेखि सावधान हुनु जरुरी भैसकेको छ। लिब्रिक लिब्रिक ससुराली जाने भएकाले नै मैले यस्ता ज्वाइँलाई लिब्रिके भनेको हुँ। तपाईँ जेसुकै भन्नुहोस्।

३) घर ज्वाइँ— ससुरालीघरमा केही साल वा सदाबहार रुपमा बस्ने ज्वाइँलाई घरज्वाइँ भनिन्छ। छोराबिहीन ससुरालीमा यस्ता ज्वाइँहरुले आश्रय पाउँछन्। कतिपयले धनको लोभमा घरज्वाइँ बस्ने गरेको पाइन्छ भने कतिले बाध्यताले। तर घरज्वाइँ बस्नेको हविगत धोबीको कुकुरको झैँ भएको देख्छु म त। ‘ज्वाइँ ! पाहुनालाई पिरा दिनु त।’ भनेर सासु वा जेठीसासुले नोकरको ब्यवहार गरेको देखेर ज्वाइँ कहिल्यै छोरो हुँदैन, छेपारा बढेर गोहोरो हुँदैन भन्ने कुरो स्पष्ट हुन्छ। कति घरज्वाइँ होलान् जसले छोराको स्थान पाएका होलान्? यो धर्तीमा कुन ज्वाइँले स्वास्नीका, उस्तै परे सासुका लुगा नधोको होस्। जे होस्। घरज्वाइँ बस्ने सयकडा पन्चानब्वे प्रतिशतको हालत भिजेको मुसो र डल्लाले थिचेको उम्रिँदै गरेको मकैको टुसो जस्तै होला। सासु वा ससुरा मर्लान् र सम्पत्तिको मालिक बनुँला भनेर यस्ता ज्वाइँको जुनी बितेको देखेको छु। अरुको के कुरा गर्नु। मेरै कुरो गर्छु।

नेपालमा हुँदा नभएको घरज्वाइँ कतारमा भइएको छ। तानेको भिसामा कतार पालेको म यहाँ आइपुग्दा पो थाहा पाएँ ससुराली आएको कुरो। ससुराबाहुन यतै र सालो केटो पनि यतै भएपछि म एयरपोर्टबाट नेपालमा मन्त्री चढ्ने पजेरोमा के चढेको थेँ मभित्रको अँधेरो उज्यालोमा परिणत भएहाल्यो र मैले सेलिया ससुरालीको आँगन टेकिहालेँ। केही हप्ताहरु किचनमा खाना खान बाहेक नपसी बिते। जसै कतार टेकेका दिनहरु लम्बिँदै गए र म पनि घरज्वाइँ हुँदै गइराछु। अब त्यो दिन नजिक आउँदैछ जब हामी सालाभेना र ससुराज्वाइँबीचका मर्यादाहरु नांगिनेछन्। त्यसो त केही महान् मान्छेहरुले अपवित्र शब्द प्रयोग गरेर हाम्रा पर्खालहरु धेरैपल्ट भत्काइ नै सके। तर पनि खुम्चिने क्रम जारी छ मेरो। चाहनालाई भाँचेर बाँच्नुको पीडावोध घरज्वाइँ हुनेहरुलाई बढी हुन्छ सायद ! म त बाध्यताले भइहालेँ। तपाईँ चैँ घरज्वाइँ नहुनुहोला। जय होस् !

‘ए, नारान्!’

-मनोज गजुरेल

साभार:-  Mysansar, October 21st, 2011

‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No Reading Nepali’ नै ‘NRN’ हो– जो बिदेश जानासाथ नेपाली ‘बिर्सिएको’ अभिनय गर्दछन्! केहीलाई लाग्दो हो– Now, Rocking Nepal को ‘छोटकरी’ रुप ’’NRN’’ हो। र केहीलाई लाग्दो हो, ‘NRN’ को ‘लामकरी’ रुप Now, Returning Nepal हो!

तर, यी उडन्ते शब्दार्थसँग मेरो पटक्कै सहमती छैन। ’cause ‘NRNA’ को बिधान अनुसार, ’’NRN’’ भनेको Non Residential Nepali हो जो नेपाल बाहिर रहेर पनि ‘नेपाल र नेपाली’कै हितमा सोचि रहेको हुन्छ। र उ, कम्तिमा १८३ दिन नेपाल बाहिर बसेको हुनुपर्छ। यस बिधानलाई आधार मान्ने हो भने ‘एनआरएन’को प्राचिन इतिहासलाई पनि बिश्लेषण गर्नु जरुरी छ।

तपाईं अनुमान लगाउन सक्नुहुन्छ, एनआरएन अभियानको शुरुवात कहिले भयो? ऐतिहासिक रुपमा जनकपुत्री ‘सीताजी’लाई प्रथम महिला ‘NRN’ मान्न सकिन्छ। पहिलो पटक जनकपुरबाट भारत हुँदै श्रीलंका पुगेकी उनी थुप्रै महिना त्यहाँ बसिन्। कैदी भएर नै सही, १८३ दिनभन्दा बढि बिदेश बसोबास गर्ने उनलाई पहिलो ‘एनआरएन शहीद’ पनि मान्न सकिन्छ। किनकी, लंकाको शंकाकै आधारमा उनलाई ‘अग्नी परिक्षा’को नाममा ‘आत्महत्या’ गर्न बाध्य पारिएको थियो।

त्यसैगरी, कलाकार ‘अरनिको’ प्रथम ‘पुरुष एनआरएन’ हुन्। ‘कलाकारिता’ देखाउन भनेर चाइना गएका उनि, कहिल्यै नेपाल फर्किएनन्। यस अर्थमा अरनिको Never Returning Nepali हुन्, जसलाई हामी राष्ट्रको ‘विभुती’को रुपमा सम्मान गर्दछौं। चिनमा स्थायी बसोबास गर्न पुगेका अरनिको ‘राष्टि्रय बिभुती’ भएझैं बिभिन्न देशको ‘सिटिजनसीप’ लिएका थुप्रै नेपाली कलाकारलाई ‘अन्तराष्टि्य बिभूती’ घोषणा पनि गर्न सकिन्छ– यो मेरो नितान्त ब्यक्तिगत धारणा हो।

त्यसो त महात्मा गौतमबुद्धलाई पनि ‘मानार्थ एनआरएन’ मान्न सकिन्छ। नेपालमा जन्मिएर भारतहुँदै वर्मा, मलेसिया, सिंगापुर, थाइल्याण्ड लगायत थुप्रै देशहरुमा समय बिताएकाले– उहाँमा एनआरएनको ‘ब्राण्ड एम्बेसडर’ बन्ने योग्यता पनि छ। तर, महात्मा बुद्धले यो प्रश्ताबलाई स्वीकार गर्ने संभावना ज्यादै न्यून छ, ’cause ‘नागरिकता’भन्दा माथी उठेर ‘मानवता’को प्रचार गर्ने महात्मालाई ‘डबल नागरिकता’को नारा स्वीकार गर्न निकै अप्ठ्यारो पर्दछ।

भृकुटी, सीता, अरनिकोजस्ता थुप्रै ‘प्राचिन एनआरएन’हरुलाई राष्ट्र्ले सम्मान गरको छ, गर्नै पर्छ। तर, केही कुराको बिश्लेषण हुनु जरुरी छ। राष्ट्र्कवि माधव प्रसाद घिमिरेज्यूको शब्दमा ‘सीताले सारा भिजाईन, दक्षिण लंका भारत।’ उनले लंका, भारत भिजाएर हाम्रो देशको नामलाई ‘शितलता’ त दिइन् तर ‘राष्ट्र् बिकास’मा ‘उर्जा थप्ने काम कहाँ भयो? ‘भृकुटी तारा उदाइन् र उत्तर चीन तिब्बत।’ चिन र तिब्बतमा भृकुटीले माइतीको ‘नाम’ त चम्काईन्’ तर माइतीको ‘घर’ रङ्ग्याउन कहाँ पहल गरिन्? ‘बुद्धले यहीं पाएथे, ज्ञानको पहिलो मुहान।’ कुरा एकदम सही हो, तर त्यतिबेलाका सत्ताधारीले त्यो ‘बुद्धत्व’लाई स्वदेशमा टिक्न दिएनन्, बाध्य भएर बुद्धले बिदेश पलायन हुनु पर्यो!

यस ऐतिहासिकताका आधारमा, नेपालको नाम चम्काउन ‘एनआरएन’हरुको ठूलो योगदान छ। तर, ‘एनआरएन’हरुलाई ‘ए,नारान!’ मान्दै धुपबात्ती बाल्नु जरुरी छैन, ’cause उनीहरु गैर आवासीय भए पनि ‘नेपाली’ नै हुन्, ‘नारायण भगवान’ हैनन्। ‘नेपाली’ले नेपालको लागि केही गरेछन् भने ‘एनआरएन जिन्दाबाद’ भनौंला, गरेनछन् भने ‘गफै त रहेछ सम्धी’ भन्ने बुझौंला!

बुझ्नै पर्ने कुरो के हो भने, ‘कुरा’ले देशको ‘नाम’ चम्किएला, देशको ‘मुहार’ उज्यालो हुन सक्दैन। मुहार चम्काउन ‘काम’तिर लम्किनु पर्दछ। काम गर्ने भनेको त्यसैले हो– जो जहाँ बसे पनि मन र मष्तिष्कमा ‘नेपाल’ बोकिरहेको हुन्छ।

मागी मागी छोराऽऽऽ बे

 साभार:- Mysansar, May 1st, 2012

-बासु श्रेष्ठ-

शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई ? बुआरी खुसुक्क भित्र्याए त भैगो नि। ढ्वाँग फुकेरै भित्र्याउनु पर्छ र ? त्यसकोलागी दाम दुमडी नचाहिने भे त हो त नि। दाम दुमडी नि चाहिने, अनि त्यो चैँ छैन तर रहर चैँ पुरा गर्नुपर्ने रे। अनि त्यो पनि मागी मागी। अनि फेरी त्योपनि आफ्नो बे हो र ? छोराको बे। यसैले मैले भनेको हुँ ‘स्वाँग रचेर ढ्वाँग फुक्नु।’

हुन त हामी नेपालीहरु छोराको बेकोलागीमात्र काँ स्वाँग पार्छौं र ? दिव्य दृष्टिले हेर्नुभयो भने उत्तर देखि दख्खिन, पूर्वदेखि पश्चिम नेपालका हामी मनुवाहरुलाई यस्तै यस्तै रहर लागेको हुन्छ। सरकारमा बस्ने हुन् कि सडकमा बस्ने हुन्, महलमा बस्ने हुन् कि सार्वजनिक हलमा बस्ने हुन् सबैले यस्तै काँचो रहर पालेका छन्।

नपत्याए अहिले ग्यासकै कुरा गरौँ। यो ग्यास भन्ने जिनिस न हामीकाँ बन्छ, न पाईन्छ। तर सोख गर्ने नामाँ हाम्ले ग्यास चुलो जहाजाँ हालेर विदेशबाट शान दे’र मगाउँछौँ, अनि ग्यास चैँ काधाँ बोकेर भित्र्याउँछौँ। यतिन्जेल त ठिकै छ रे लौ। तर जुन दिन ‘साहुकाँ ग्यास सिद्ध्यो’ भन्ने हल्ला चल्छ त्याँदेखि सबैको कन्त विजोग भा’को मैले देख्या छुँ। रित्तो ग्यासको सिलिण्डर बोकेर यो पसल, त्यो पसल गर्दा कम्ता गारो हुन्न। बल्ल बल्ल पाइहालेपनि राउ जस्तो साउले भन्या दराँ लिनुपर्ने हुन्छ। नलेर के गर्ने, भोकै बस्नु भे’न, तर खल्तीको क्यास चैँ महँगो ग्यासको नाममा झ्याम। अब, यै ग्यास हाम्रै नेपालाँ ठ्वास्स पाईदे’को भे’ कति सजिलो हुन्थ्यो। आफ्नो माल, आफ्नै चाल हुन्थ्यो। आफ्नै मादल, आफ्नै ताल हुन्थ्यो। अनि राष्ट्रको क्यास भनौँ तपाई हाम्रो क्यास अहिल्या̕ ठिटाहरु विदेशीएका झैँ विदेशीने त थिएन। याँ त मागी मागी छोरा बे। तर तपाई भन्नु होला नि ‘ति ठिटा त एकदिन फर्किहाल्छन् नि।’ तर म के भन्छु भने ‘तिनमा भ’को करेण्ट अ‍ैले देशमा चलाउन पा’ पो काम लाग्छ त। ति आउने बेलाँ चाउरेर आउँछन्। हात पाखुराका मासु झोल्लिइ सक्या हुन्छ। त्यतिखेर के काम। रिटायर्ड लाईफ पो विताउँछन् त।’ त्यसकारण तिनमा भ’को करेण्ट र ग्यासमा हालेको पैसा अहिले बाहिर गयो गयो, मरे नि फर्कन्न। अनि भेन मागी मागी छोरा बे ?

अर्को कुरा, मोटराँ हाल्नी प्याट्रोल नि त्यस्तै त हो। तर प्याट्रोल नि हामीकाँ बन्दैन। प्याट्रोल जस्तै पानी त छ नि। दिनरात त्यो प्याट्रोलरुपी पानी कुद्या कुदै छ। तर माल पा’र चाल पा’ पो हाम्रा नेताहरुले। लौ है, कुरा भाँडिन थाल्यो। सँविधान बनाउन भाँडिया जस्तो। जे होस् नेता देखि जनता सबैलाई करोडपर्ने मोटर नेपालको थोत्रो र आन्द्राजस्तो मसिनो रोडमा कुदाउनु पर्या छ। त्योपनि बेला बेलाँ प्याट्रोल नपाएर कन्त विजोग। त्यसो त करोड पर्नेमात्र किन हुन्थ्यो र, सलाईको बट्टा जस्तो दुईचार लाखाँ पाउने नि गाडी छन् केरे। जसले करोड बेहोर्न सक्दैनन् तिनले सलाई किन्छन्। तर तिनलाईपनि प्याट्रोल नभै हुन्न। सदा सर्वदा, बाह्रै महिना, बाह्रै काल गण्डकि कोशी बग्या झै प्याट्रोल नि सललल बगे पो सलाई चढे नि जिप चढे नि मज्जा आउँथ्यो। तर ह्याँ पनि मागी मागी छोरा बे। जुनदिन प्याट्रोल भन्ने अमृत सकेको खबर चल्छ, अनि ति प्याट्रोल वाहनलाई चढेर, घचेटेर, घिसारेर विरामीलाई वैद्य वाकाँ लग्या जस्तो अमृत ख्वाउन लैजानु पर्छ। अनि लामको लामो लर्को देखिन्छ। यसमा अर्को थरी पनि मिसिएको हुन्छ भटभटे। यो भट्भटे नभा त घरै छैन। जसरी अहिले नेपालाँ कुनै पनि परिवारमा विदेश नजाने घरै छैन त्यसै गरि धेरैले घराँ भटभटे पाल्या हुन्छन्। जे भे नि यि सब मोटरकार, भटभटेका रहर हुने हाम्लाई प्याट्रोलको चटारोले जतिसुकै पेलेपनि हाम्ले यो रहर छोडेका छैनौ। अनि भेन मागी मागी छोरा’ बे ? पितिक्क बिरालोको मूत झैँ अलिकति प्याट्रोल जर्किनमा हालेर घर आउँदा उसले नाक घिरौँला भन्दा नि ठुलो बनाएको हुन्छ मानौँ उ सँसारलाई पछारेर आ’को छ। एकछिन अघिसम्म लाईनमा कतिचोटि पछारियो त्यसको चैँ बाल मतलब छैन।

त्यसो त ग्यासकोमात्रै के कुरा गरम् र। अब हाम्रा बाउरामले गँडतन्त्र इस्मारक बनाउने रे किर्तिपुराँ। अनि त्यो बनाउन चैँ एक अरब एक्काईस करोड चाहिने रे। तर त्यो पैसा काँबाट आउँछ होला भन्ने हाम्लाई लाई राख्या छ। जे गर्न नि विदेशीको मुखाँ हेर्नुपर्ने हाम्ले यत्रो रकम यस्तो सुइरो झैँ खामो बनाउनलाई खर्च गर्ने रे। व्हाँ गाउँघराँ, पहाडाँ पुल नभेर तुर्लुँगमा तुर्लुँ….ग झुण्डेर मान्छेहरु आउजाउ गरिराख्या छन्। त्यै पैसाले त्याँ पुल बनाई दे कति जाति हुन्थ्यो। नभे, कति स्कूले बच्चाहरु नाममात्रको स्कूलाँ बाहिर चौराँ बसेर पढ्नु परिराख्या छ, तिनलाई त्यै चैने स्कूल बनाई दे’ हुन्थ्यो। तर मागी मागी छोरा बे गर्ने हाम्रो बानी भा’कोले त्यतातिर के बुद्धि जान्थ्यो र ? उसमाथी यै स्तम्भ रत्नपार्काँ राख्ने भनेर माकुनेले उद्घाटन गर्दा ‘पेरीसको आईफल टावर जस्तै बनाउ है’ भनेर आदेश दि बक्स‘थ्यो रे। म त्याँ भैद्या भे ‘ईस् खा.. पैसा नि पेरीसबाट आउँछ कि’ भनेर सोध्ने थेँ। फेरी घरमा खानलाई जाईफल छैन आईफलको नक्कल गर्नुपर्ने। अनि त भनेको नि मागी मागी छोरा बे।

यै बेलाँ मैले प्रपुले सगरमाथा चढ्ने भनेर हिन्या खबर पनि सुनेँ। बाउरामबाट दुई करोड फुत्काई सक्या ‘थ्यो। बाउरामलाई नि के ‘थ्यो र? आफ्नो जाने होइन। यामीको जाने होईन। दिएछन् ख्वात्तै ‘लाउ, बाउ लाउ’ भन्दै। नदिए बाउको बाउबाट खप्की सुन्नु पर्ने ‘थ्यो क्यारे। के गर्नु, तपाई हामीले कर बलले तिरेको करको पैसा उसले रहरै रहरमा झण्डै उडाई देको थियो। त्यो त धन्न नेपालीको एकले अर्काको खुट्टा तान्ने बानी भ’को भे’र सब चिच्याएर, कराएर पैसा फिर्ता दिनुपर्यो विचराले। सर्वहारा वर्गकोलागी जिउ ज्यान फालेर लागेका बाउको त्यस्तो छोराको चाला देखेर मन उदेकमात्र होईन झण्डै हुलुक्क नि भाथ्यो मेरो। सरकारसँग लेर, बरु उल्टो सरकारलाई राजस्व नै नतिरी सगरमाथा चढ्न हिँडेका प्रपुको पारापनि मागी मागी छोरा बे भन्या झैँ भाथ्यो। बरु त्यै पैसाले सर्वहारा वर्गलाई यसो बाँड्या भे कति आशिक लाग्ने थ्यो नाई। तर के गर्नु र, बुद्धिमा बिर्को लागेपछि मागी मागी भे नि सगरमाथा चढनै पर्ने। आखिराँ नाकाँ ठोसो बोकेर फर्केछन्। भको नाक नि सिद्ध्याएर। हुन त नाकै भन्न लायकको नाक त काँ थ्यो र ? हेर्दा फुलौरा टाँस्या जस्तो।

तपाईपनि मागी मागी छोरा बे कत्तिको गर्नुहुन्छ कोनी। गर्ने भे आफ्नो बे गर्नु मागी मागी, चाहिए म नि हाल्दिउँला यसो तपाईको ट्वाकाँ ट्याँगर्याँग एक दुई सिक्का खसालेर। तर मागी मागी छोरा बे चैँ कत्ति नगर्नुस है। सुहाउँदैन के, पटक्कै सुहाउँदैन।

अनलाइन लभ

साभार:- mysansar, February 4th, 2012

-जनकराज भट्ट

– “कसको हो ?”

“कहाँबाट आयो ?”

“कोसँग डेटिङ थियो ?”

एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले झन् जटिल ‘केस’ बनाइदिएको थियो। पहिले त उसले हाँसेरै उडाउन खोज्यो। त्यसपछि रिसाएर पन्छाउने कोशिश गर्‍यो। तर अहँ, सम्झाउन सकेन। काठमान्डुमा माइक्रो नामको डब्बा चढेर हिंड्नेको जिउमा अर्काको ‘बिग’ नै झरेर अड्के त थाहा हुन्न, कपाल कहाँबाट आयो भन्नु अब। दुई चार दिनलाई निहुँ खोज्ने मेलो पुग्यो, उसले सोच्यो।

आज घरमा भात खान नपाउने छाँट देखियो। यसैगरी साना झगडाले कति जागिरेहरु भात नचेपी अफिस जाँदा हुन्, भोकै गए नि के फरक पर्छ र, टन्न हुने गरी हाकिमको उपदेश र गाली त फ्रीमा खान पाइहालिन्छ नि। ऊ निरुत्तर फुत्त घरबाट बाहिर निस्क्यो अफिस जान र माइक्रोबस चढ्ने ठाउँमा उभियो अल्छि मानेर आङ तन्काउँदै। बिहानको घाम लागेर मौसम न्यानो थियो। दुई वटा माइक्रो आइसक्यो, चढ्न सकिने होइन। काठमान्डुमा गुड्ने यी स्याना कदका मोटर साह्रै लचकदार हुन्छन्, जति पनि मान्छे अटाउने। तेस्रो माइक्रोमा ऊ बल्जफ्ती झुन्डियो र ढोकानिर ढाड कुप्र्याएर उभियो।

“ओ दाइ, खुट्टा सिधा गर्नु त!” खलासी चिच्यायो। यो खलासी भन्ने जिनिस यस्तै हुन्छ, ढाड बाङ्गिएको देख्दैन, खुट्टा सिधा देख्छ। बनाउने कम्पनीले पनि नसोचेको संख्यामा मान्छे कोचेर माइक्रो घस्रिन थाल्यो। अलिक अगाडि गएपछि एक जना मान्छे झर्‍यो। अब बल्ल एक छिन कुप्रिएको ढाड सिधा पार्दा ठीक्क भैगो। अनि दाँयापट्टी हेर्न भ्यायो। बिहान बिहानै बडी स्प्रे हर्र बास्ना आयो। बिहानै के सारो नक्कल पार्न सकेका, उसले हेर्दै नहेरी सोच्यो।

“ए, तिमी पो!?!? ला सरप्राइज प्लान गरेथेँ मैले!” ऊ छक्क पर्‍यो, सबैभन्दा ठूलो सरप्राइज त उसले उनलाई चिनेकै छैन, त्यसमाथि पनि के सरप्राइज भन्छिन् यिनी।

“के सरप्राइज र?” उसका मुखबाट बल्जफ्ती निस्के।

“म हिजै मात्र काठमान्डु ल्यान्ड गरेको, भर्जिनियाबाट। तिम्लाई च्याटमा नभनी आएर सरप्राइज दिम् भनेको, तिम्ले देखिहाल्यौ। मलाई देख्दा पनि तिमी चाँही कस्तो कोल्ड के? खुसी छैनौँ है ?!?”

ए हत्ते, अब चिन्दै नचिनेको मान्छेसँग हट कसरी हुनु त ए कोल्ड नभएर। ह्या, तपाईंलाई म चिन्दिन भन्देर बाटो लागुँ जस्तो लागेको थ्यो उसलाई। तर भनेन, चिनेको साथी पो हो कि भनेर। अम्रिका गएसि मान्छे फेरिन्छ, न सानोमा स्कूलकलेजतिर सँगै पढ्ने कुनै रुन्ची भुन्टी हो कि। हेरुम् न के भन्दिरैछे, मुड फ्रेस गरुम् अफिस पुग्नुअघि- उसले सोच्यो।

“अनि भनेर आउनु पर्थ्यो नि त, म एअरपोर्ट लिन आउँथे नि” उसले सहज हुने प्रयास गर्‍यो।

“ठीकै छ, फ्लाइट लेट थ्यो, त्यही भएर! सुनाऊ न। तिमी अझै पनि नचिनेको मान्छेजस्तो पो बोल्छौ त। म चाँही तिमी भनेर वहाँदेखि आएँ, के भो क्या ? खुशी छैनौ तिमी ? कम अन, गिभ मि अ हग स्विट्स!”

ए आपत, उस्लाई फसाद पर्‍यो। गाडीमा वरीपरी बस्नेहरु ट्वाल्ल परेर उसलाई हेरिरहेका थिए। न गाडीमा सबैको अगाडि “हग” भनेर अर्काकी गर्लफ्रेन्डलाई अङ्गालो हाल्नु, कोही चिनेकाले घरमा खबर पुर्‍याइदियो भने त बिहान भातमात्रै भेटिएको थिएन, साँझ त बासै पाइन्न। उसले सोच्दै थियो, ऊ फेरि चिच्याई।

“आरन्ट यु कम्फर्टेबल विथ मी, टेल मि इफ यु ह्याभ सेकेन्ड थट्स!” उसले यसो विचार गर्‍यो, गाडीमा कोही चिनेको मान्छे रैछ भने बिजोग हुन्छ। किनकी यो त चिच्याउन छोड्दिन। उसलाई एक मन त सबै कुरा भनेर “भाँड मे जा” भन्दिम् जस्तो लागेको थ्यो, तैपनि एक्छिन रमिता हेर्ने लालसाले उसले भन्यो “काल्म डाउन, कहाँ यति मान्छेको अगाडि हग गर्नु त अनि? लेट्स गेट अफ एन्ड गेट इन्टु अ रेस्टुरेन्ट, ह्याभ मच् टु टक !” “यु आर बिहेभिङ स्ट्रेन्ज, ओके लेट्स अफ!” उसले भाडा तिर्‍यो, “कार्ड छ” भन्दै। अनि मान्छेहरुलाई पन्छाउँदै उनीहरु गाडीबाट उत्रे। * * * * * * * *

छेवैमा रहेको क्वालिटी रेस्टुरेन्टमा छिर्दा उसले थाहा पायो, केटी मोडर्न ड्रेसमा रैछे, अरुले ट्वाँ परेर हेर्दैथे। केटीले उस्लाई अङ्गालो हाली “आइ मिस्ड यू सो मच्!” भनेर।

उसले धेरै समयपछि परस्त्रीसँग अङ्गालो मारेको, छुट्टै आनन्द अनुभव भयो उसलाई। तर मान्छेहरुले हेरिराखेको देखेर उसले उनलाई छुट्ट्यायो “पिपल आर स्टिएरिङ्ग एट अस” भन्दै।

“यु युज्ड टु बि रोमान्टिक, बट यु ह्याभ टर्न्ड कोल्ड!” उसँग उत्तर थिएन । मेरी जस्ती बूढीको श्रीमान् भाको भए तँ नि कोल्ड हुन्थिस्। उसले मनमनै सोच्यो। “अनि कहाँ ठाउँ न कुठाउ रोमान्टिक हुनु त ?” उस्ले अझै सहज हुने कोशिश गर्‍यो। “अनि मलाई के ल्याइदियौ त ?”

“म आएँ त, अरु के चाहियो?” उनको प्रतिप्रश्नमा लाडेपना थियो । उस्ले सोच्यो, कत्ति न आफूलाई सेलेना गोमेज ठान्छे कि क्या हो ? “त्यो त हो, अनि अरु सुनाऊ न कस्तो चल्दैछ।” उसको मुखबाट फुत्किहाले, ज्या के भनें भन्ठान्दै।

“तिमी किन आज फर्मल भैराछौ क्या ? यु ह्याभेन्ट किस्ड मि टिल नाउ!” ऊ फेरि पहिले कै च्यानलमा फर्की। उस्लाई आपत, नचिनेकीलाई किसै त के गरिहाल्नु। “एम स्टिल स्टन्न्ड बाइ द वे!” उस्ले कुरा अन्तै मोड्ने प्रयास गर्‍यो। उनले एक झोकमा दुईवटा टुबोर्ग बियर, एउटा बफ चिल्ली र मम अर्डर गरिन, घराँ बुढीले स्वस्थानीको ब्रत बस्ने भएर चिकेन पनि खान दिन्न, ह्याँ यल्लाई ब्यानब्यानै बियर र राँगा मासु चाहिने।

“तिमी धेरै सोच्ने भएछौ, केही समस्या छ र?” उनले सोधिन्। उसलाई आपत। समस्यै समस्या छ, तँलाई चिनेको छैन, किचेनमा ग्याँस छैन, बाइकमा पेट्रोल नभएर माइक्रोमा झुन्डेर अफिस जानुपर्छ,घराँ बुढी रिसाएर बम छे, अफिसाँ हाकिमले रातो लगाइसक्यो होला हाजिर कापीमा, यो भन्दा के समस्या हुनु भन्दिम जस्तो लागेको थ्यो उसलाई। उल्ले यत्ति भन्न भ्यायो “तिमी साह्रै राम्री भैछौ।” यी शब्द कहाँबाट निस्के उसलाई पत्तो छैन। राम्री भन्दिम् जस्तो लागेको अलिक बढी नै भनिएछ कि क्या हो ? उस्ले सोच्यो। उसको हावा तिरले काम गर्‍यो। ऊ मुसुक्क मुस्काई।

अर्काकी गर्लफ्रेन्ड भए नि राम्री छे है। उल्ले अप्ठेरो मान्दै बियर तन्कायो। चिसो बियरले घाँटी भिजायो। पेट भोकले रनन थ्यो, आज लाग्ने भो खाली पेटमा उस्ले सोच्यो। बफ चिल्ली आइपुग्यो, उसले टोक्न मात्र आँटेको थ्यो, उनले भनिन्, “अनि भन तिम्री श्रीमतीको खबर के छ नि ?” ऊ झसङ्ग भयो । यल्लाई मेरो श्रीमती छ भन्ने कसरी थाहा भो, लौन जासुस पो हो कि क्या हो श्रीमतिले पठाको, हो रेछ भने आज खत्तम भन्ने सोच्दै उसले भन्यो “ठिकै छे किन र?”

“अस्ति मैले तिमीसँग स्काइपमा कुरा गर्दा मेरा बुढाले डाउट हानेका थे नि त, अनि मैले तिमी म्यारिड हो भन्दें।” उनले बफ चिल्लीको छोक्रा अड्केको दाँत फिस्स देखाइन्, उसलाई बसिनसक्नु भो। ए बाबा, अब यसको बूढो कहाँबाट निस्क्यो फेरि? हे प्रभु बचाउ मलाई, उसले। जुरुक्क उठेर यसले “मै तेरी बच्चेकी माँ बन्ने वाली हुँ” टाइपको डाइलग दियो भने ? यल्ले त के बेर र। लौ खत्तम !

“मैले अनलाइन चिनेकोमध्ये त सबसे हेन्सम तिमी नै लाग्छ के मलाई त। आँखा राम्रा छन तिम्रा।” उनी उता के-के फलाक्दै थिइन्, यता उसका दिमाग तिरिमिरी भए। अफिसाँ फेसबुक ब्लक गर्‍या १ वर्ष भो। घराँ बत्ती आए पो नेट चलाऊनु, मोबाइल घर पुगेसी केटाकेटीले गेम खेलेर दिक्क लाउँछन्। होइन, आँखासमेत हेर्ने गरी कहाँबाट चिनी क्या यल्ले मलाई। फेरि झल्याँस्स भो, ज्या है मै पो अर्काकी गर्लफ्रेन्डसँग आको त गाँठे।

“ए, अनि तिमी एक्लै आको ? तिम्रो श्रीमान् खोइ त ?” उसले अलिक बिषयमा प्रवेश गर्न खोज्यो। “हरे तिमीले बिर्सेको ? ऊ कहाँ मेरो अथोराइज्ड् हस्बेन्ड हो त । हामी त लिभ इनमा हो नि। उता गाको बेलामा ऊ हुन्छ यता तिमी। आइ एम कम्फर्टेबल विथ बोथ अफ यु गाइज। आइ वान्ट टु बि अ फ्री बर्ड।” उता उनले जानेको जति अङ्ग्रेजी बोलेर सकिन्, यता यस्को हंसले ठाउँ छोड्यो। बियरको नशा त गायब। अब कसरी भाग्ने, यल्ले घरमा आउने या फोन गर्ने या पछि लागी भने त मेरी बुढीले पुलिस लाउँछे। उसलाई एउटा जुक्ति फुर्‍यो। “एम गोइङ रेस्टरुम है, प्लिज क्यारी अन” भनेर ऊ निस्क्यो र ट्वाइलेट्को पछाडिपट्टिको भागबाट बरान्डा हुँदै सडकमा हाम्फाल्यो।

बाहिर निस्केर उसले एउटा सूर्य चुरोट सल्कायो र घर जाने निर्णय गर्‍यो। धन्न अनलाइन पुस्ता, धन्न लभ। चिन्नु न जान्नुको मान्छेसँग कम्फर्टेबल, हरे शिव सोच्दै घर आइपुग्यो। बिहान कोटमा रौँ भेट्दा उफ्रिने स्वास्नीले जासुस बनाएर पठाएकी रैछे भने त आज दह्रो भेटिन्छ भन्ठान्दै उस्ले डोरबेल थिच्यो। “अलिक तान्नु न ढोका खुल्लै छ, किन तपाईं चाँडै आउनुभा? सञ्चै त छ?” भन्दै उसकी बुढी निधार छाम्न आइपुगी। “एक्कासी यो खुशी किन नि ? बिहान त मलाई झन्डै खाउँला झै थियो त अनुहार?” उसले सोध्यो। “ग्याँस पाइयो नि त, अब एक महिनालाई आनन्द, एक महिनामा त आउला नि है।” बुढी दङ्ग छे, उसलाई छुट्ट्याउन गाह्रो भो, बुढा घर आएर भन्दा ग्यास पाएर बुढीहरु खुशी हुने जमाना आएछ।

उसले मनमनै सोच्यो, “यस्ता कुलङ्गार देशमा बसेर पनि अझै आसाबादी हुनु पागलपन हो। तँ रिसाएकी छैनस् भन्ने थाहा भाको भए त त्यो बियर सकेर आउँथे नि थुइक्क ।” अनि मुस्कायो। 🙂

[जनकको आफ्नै ब्लग जनक एप्रोचमा पहिलो पटक प्रकाशित]

सम्झौता

साभार:- (रुपरेखा, पूर्णाङ्क २१८, २०३६ असारबाट) 

-विश्वम्भर चन्चल-

एकदिन उनले मलाई भेटेर सुनाइन् “मलाई छोरो पाउने इच्छा छ, तिमी पूरा गराइदिन्छौ ?” अप्रत्याशित उनको यस कुराले म अवाक् भएँ र ट्वाल्ट्वाल्ती उनको अनुहारलाई हेरिरहेँ।

के हेरिरहेको ? उनले अनुहारको हाँसो लुकाउँदै सोधिन्, ममा छोरो पाउने गराइदिन तिमीमा सामर्थ्य छ भने म तिमीसँग सुत्न राजी छु।

उनको यस भनाईमा मेरो पौरुषमाथि एउटा हाँक झल्कन्थ्यो। उनलाई छोरो पाउने गराइदिन मलाई कुनै गाह्रो त थिएन तर उनले मसँग यस्ता कुरा त्यतिको आँट गर्नुमा मेरो मनमा शंका उत्पन्न हुनु पनि स्वाभाविकै नै थियो। मैले सोधेँ, तिमीमा किन यो चाहना भयो ? फेरि……तिम्रो र मेरो बीचमा यस्तो काम हुनु समाजमा के मान्य होला ?

मेरो कुराले उनी झन् हाँसिन्। भनिन्, तिमी काँतर भयौ। समाजको मान्यतालाई आड दिएर आफ्नो काँतरपना लुकाउन खोज्छौ। कि तिम्रो पौरुष पनि मरिसकेको छ ? अथवा तिम्रो वीर्य नै क्षीण बनिसकेको छ ? तिमी आफूलाई नै ममा छोरो पाउने गराइदिने विश्वास छैन भने भैगो तिमी पनि नपुंसक बनिसकेछौ। होइन भने सुत मसँग र मेरो छोराको बाबु बन।

मलाई बाबु बन्नुमा कुनै रहर थिएन। ’cause मेरा आफ्नै बगाल छोराहरु जन्मिसकेका थिए। मेरी स्वास्नीको भर्खरको यौवन पनि बूढ्यौतिमा खुम्चिसकेको थियो। प्रत्येक पल्ट छोरो जन्मँदा स्वास्नी भन्थी, परिवार नियोजन गर्नोस्। म भन्थेँ, हामीलाई एउटा छोरीको खाँचो छ। पख तिमीले एउटी छोरी पाएपछि या तिमीले या त मैले नै नियोजन गरुँला। तर हामी दुई केवल छोराकै प्रयोजनका लागि मात्र भयौँ। हाम्रो बीचमा छोरीको आशाले नियोजन भने कहिल्यै हुन सकेन।

यही कुरा मैले उनलाई सुनाउँदा उनले भनिन्, तिमीलाई जसरी एउटी छोरी पाउने इच्छा छ उसरी नै मलाई एउटा छोरो पाउने इच्छा छ। छोरी, तिमी केवल व्यक्तिगत इच्छास्वरुप पाउने चाहन्छौ, छोरीको बालसुलभ क्रिडाको अनुभव गर्न खोज्छौ। म सामाजिक मान्यता र करले एउटा छोरा पाउन चाहन्छु।

किन, आजको जमानामा छोरी र छोरामा के भिन्नता ? छोरी पनि त छोरा जस्तै शिक्षित, बुद्धिजीवी र ठूला ओहोदामा पुग्न सक्छन् भने तिमीमा किन सामाजिक मान्यता नहुनु ? किन छोरो नै पाउने रहर हुनु ? मैले भनेँ।

यो भाषण नगर तिमी, उनले सहज प्रवृत्तिमा सुनाइन्, हो ! मलाई छोरो पाउने पक्कै रहर छ। यो मेरो आफ्नै रहरले होस् वा कसैको करले होस्। तर मलाई छोरो पाउने गराइदिने सामर्थ्य मेरो लोग्नेमा भएन। त्यसैले तिमीसँग सुत्न चाहन्छु धक मारेर।

उनको यस कुराले मलाई आश्चर्यसाथै हाँसो उठ्यो र भनेँ, त्यतिका छोरीहरु कसले पाइदिने गराइदियो त ? भन त कतिवटी छोरीहरु भए ? कि ती सबै छोरीहरुका बाबु अरु हुन् ?

आफ्नो यस अन्तिम भनाईमा उनी रिसाइन् कि भन्ने डर लाग्यो र झटपट माफी माग्दै थिएँ, उनले सहजभावमै भनिन्, यसमा तिमीले शंका गर्ने ठाउँ छैन। ती सब पाँचै वटी छोरीहरु आफ्नै लोग्नेका हुन्। अरुका भए सायद तीमध्ये कुनै पनि एक दुई वटा छोरा जन्मिने थिए होलान् !

**** ************** *********************

छोरा नजन्माउनुमा तिम्रो लोग्नेको के दोष छ त ? मैले सोधेँ।

छोरा नपाउनुमा मेरो के दोष त ? उल्टो उनले मलाई सोधिन्। उनको यस सोधाईमा मलाई फेरि हाँसो नउठी रहन सकेन। हाँस्दै भनेँ, दोष न तिम्रो हो, न तिम्रो लोग्नेको। यो त संयोगको कुरा हो छोरा वा छोरी हुनुमा। या त हुनसक्छ- भाग्यको पनि खेल हो।

सम्झ दोष न मेरो हो, न मेरो लोग्नेको। हामी दुवै ठीक छौँ- बच्चा जन्माउन। नत्र यी पाँच पाँचवटी छोरी कसरी जन्मिन्थे ! उनले सुनाइन्, र म समाजका लागि बाँझी भएँ। घरमा अरु परिवारका लागि मैले सन्तानको बाटो मेटिदिएँ। माइतीका लागि उपेक्षित भएँ।
’cause मैले छोरो जन्माउन सकिनँ। त्यसकारण यी सबबाट मान्य हुन मैले एउटा छोरा जन्माउनै पर्छ। एउटा बलियो वीर्य मैले ग्रहण गर्नैपर्छ।

मैले भनेँ, यसमा सम्झ- म राजी भएँ र यो पनि सम्झ तिमीले छोरो नै जन्मायौ। तर के……मबाट जन्मिएको छोराले तिमीलाई शान्ति मिल्ला ? फेरि….तिम्रो घर या समाजले यो कुरा थाहा पायो भने…………………..?

त्यसमा तिमी फिक्री नगर। तिम्रा यी सब तर्कहरु पूर्वाग्रही हुन्। मेरो घर, समाज, लोग्ने सब पूर्वाग्रही हुन्। होइन भने म यसरी सबैबाट परित्यक्ता हुने थिइनँ। मेरो खुद लोग्ने जो एक शिक्षित र समाजमा प्रतिष्ठित व्यक्ति छ, उसले पनि यो कुरा कर्मको खेल हो वा स‍ंयोग हो भनी भनेन र ममाथि सँधै अवहेलनाको दृष्टिले व्यवहार गर्‍यो। त्यो ममा अब सह्य हुन सकेन। सुन्दछु- ऊ अब अरु कोहीसँग लागिरहेको छ रे। उसले त आफूलाई नै दोष दिनुपर्थ्यो जसले एउटा बलियो वीर्य ममाथि खसाल्न सकेन। म त केवल एउटा थैली हुँ। उसको सामर्थ्यले मभित्र जे हालिदिन्छ त्यसलाई मैले बोक्नु नै पर्छ।

मैले हाँसोमा कुरा थपेँ, यदि मबाट पनि छोरी नै जन्मिई भने के गर्छ्यौ ?

तिमीलाई छोरीको रहर छ, होइन र ? तत्कालै उनले कुरा काटिन्।

यसपालि म चुप लागेँ। हामीमा सम्झौता भयो- छोरो उनलाई, छोरी मलाई।

बिदा

साभार:- mysansar, on January 7th, 2012

-सुधीर ख्वबि-

आज शनिबार,अफिस बिदा। घर जाने हतारोमा चिया नै नपिई ऊ डेराबाट निस्क्यो। दायाँ बायाँ कतै न हेरिकन सरासर बसपार्कतिर लाग्यो। उसको मन मष्तिष्क घरको सम्झनाले निथ्रुक्क हुँदै आइरहेको छ।

कहिलेकाहीं उसलाई सहरको डेराको जीवनदेखि वाक्कदिक्क नलागेको पनि होइन। तर के गर्ने गाउँमा भएको खेतीपातीले वर्ष दिनको भोकलाई माथ गर्न पर्याप्त छैन । फेरि लुगाफाटो नून तेलको जोहो पनि त मुख बाएर बसेको नै हुन्छ। पिउनको जागिर। जेनतेन धाउनु त पर्यो नै।

गाउँमा हुन त तीन ज्यान मात्रै छन्। बा, आमा र छ महिना अघि मात्रै बिहे गरेको श्रीमती मात्रै। दाई भिन्नै बसेको बर्षौं बिती सक्यो। भिन्नै बसेपछि बाउ , आमालाई हेर्नै नपर्ने चलन। अंश न पाउन्जेल बाउको खुशामद गर्यो। पाएपछि , नाक मुख नदेखेको बर्षौं बित्यो। अधिकार मात्र खोज्छ , कर्तव्यलाई स्वास्नीको फरियामा पोको पार्छन्। आफ्नो बाउ आमा हो। उसलाई त माया लाग्छ। कुनै बेला मन अमिलो हुने कुरा मात्र हो यो , उसको।

उसो त बिहे गरेको लगत्तै श्रीमतीलाई पनि काठमाडौँ ल्याउन न चाहेको कहाँ हो र! तर बल्ल कर गरि गरि छोरालाई मनाएर भित्राएकी बुहारीलाई घरधन्दामा न लगाईकन छोराको पछी पछी लगाई पठाउन कुन सासुले सक्लिन र उसले पनि मुखै फोरेर पनि भन्न सकेन आफ्ना बा आमालाई।

हुन त काठमाडौँबाट तीन घन्टाको मोटर बाटो, एक घन्टाको पैदल बाटो मात्र हो। घरमा पुग्न बढी से बढी लाग्ने समय भनेको पाँच घण्टा मात्र हो । शनिबार बिहान सखारै हिड्यो भने बिदा मनाई वनाई, आईतबार घरबाट चारै बजे हिड्यो भने दस बजे भित्र जसरि पनि अफिश पुगिहाल्छ। उसको समयको तालमेल मिलेको पनि छ अहिले सम्म त। बिहे गरेको शुरु शुरुमा ऊ हप्तैपिछे घर न पुगेको पनि काहाँ हो र एक दुइ महिना सम्म। बाउले t उसलाई केहि भनेन तर आमा कराउन थालीन्। छोरो यसरि घर आउन थालेकोमा।। त्यसैले यहि कुरामा रिसाएर ऊ घर न गएको पनि महिना दिन नाघिसकेको थियो तर आज ऊ मनले बाँधिएर , खुट्टाले डोर्याएर उसलाई उसको गाउँ तिर लगिरहेको छ।

बस आफ्नो तालमा गुद्दैछ। बसको गति भन्दा उसको मनको गति अत्यन्त तिब्र छ। तर लोकल बस न हो गन्तव्यमा पुग्न जति ढीला भो उति ड्राईभर र खलासीलाई उति फाईदा। बाटोमा हिंड्ने बटुवाले जहाँ हात उठायो त्यहीं बस घ्याच्च रोकिन्थ्यो। बसमा बस्ने त के उभिने ठाउँ सम्म पनि मुस्किल थियो तर ऊ बाध्य थियो उसलाई बस संगै यात्रा गर्नु थियो। बसलाई, ड्राईभरलाई उसको हतारो सित केहि मतलब थिएन जब जब बस रुक्थे उसलाई सिटमा बसी नसक्नु हुन्थे जुरुक्क उठेर निस्कुँ जस्तो लाग्थे। बरु हिंडेरै छिटो घर पुगिन्छ कि जस्तो पनि लाग्थे ।

अरु बेला तीन घण्टामा आईपुग्ने, आज बल्ल चार घन्टामा उसको बस बिसौनी आईपुगे। ऊ हतारिंदै बसबाट ओर्ले र आफ्नो गाउँको बाटोको उकालोतिर लम्के। उसका पाईला त्यो गोरेटोमा हिंडेको भन्दा पनि उडेको जस्तो भान हुन्थे। ऊ सासै न फेरिकन एक तमासले हिंडेको हिंडे गर्यो।

करिब आधा आधि घण्टा पछी पीपलको चौतारी निर पुगेपछि उसले पर सम्म आँखा डोर्यायो। यहाँबाट अलि टाढा उसको घर देखिन्थ्यो र उसलाई अलिकति राहत मिल्थ्यो तर ऊ कहिले पनि थकाइ मार्न चौतारीमा बस्दैनथे। ऊ झन् घर पुग्न हतारिंथे . आज पनि ऊ थकाइ मार्न बसेन। उसका पाईला झन छिटो छिटो बाटो नाप्न थाले।

ऊ घर पुग्यो। रुखको हाँगाले बन्द गरिराखेको आँगनको प्रवेशद्वार खोल्दै भित्र छिर्यो। पिढीमा बसिरहेको बाउलाई ढोगे र यता उति नजर डुलाउँदै सोधे – ‘आमा खोइ त ? ‘ – जवाफमा बाउ चाहिंले त्यहिँबाट आवाज लगाए ‘ए बले कि आमा तेरो छोरा आ’को छ , बाहिर आ’ त .”

ऊ एक छिन सुस्ताउन पिढी मै थचक्क बसे . एकछिन पछी हातमा आम्खोरा लिएर आमा देखा परी .

‘धेरै दिन पछी आयौ नि छोरा, ल पहिला हात गोडा धो, आराम गर अनि खाना खानु पर्ला .’

तर उसको मन र आँखाले पातलीलाई खोज्न थाल्यो। अरु बेला त ऊ आएको थाहा पाउना साथ ढोकाको खापामा जिउ आधि लुकाएर चियाउन आइपुग्थी र उसलाई हेरेर लाजले अनुहार रातो पारेर भाग्थी, तर आज किन देखा परिनन् !

उसले पुलुक्क आफ्नो बा आमाको अनुहार हेरे, र सोधे-’ पातली त देख्दिन नि म , कता गईन , घाँसपातको लागि गा’की छिन कि ?’

उसको प्रश्नमा आमा चाहिं ले लामो सास फेरिन। उसको छाती नराम्रो आशंकाले धक्क फुल्यो . अनुहारको रंग फुरुंग उड्यो .

‘कहाँ घाँसपातको लागि जानु नि। मेरो यो बुढी हड्डीले बुहारी पाएर पनि सुख पाएन . के गर्नु , मेरो त कर्म नै यस्तो .’

अब त उसको हृदयको स्पन्दनले तिब्र गति लिन थाल्यो। लगभग चिच्याएको आवाजमा सोधे -’के भो आमा पातलीलाई ?’

– ‘के हुनु नि त्यसलाई। थला परेकी छे। स्वास्थ्य चौकीमा हिजो लगेर देखाको कम्पाउन्दरले टाईफाईड हो कि के हो भनेको छ। औषधि लिएर आ’की छुँ। जरो त हनहन्ति नै छ बिचरीको। ,तँलाई खबर गरूँ कि जस्तो लाग्या’थ्यो, तँ नै आइपुगिस् , ठिकै भो ‘

आमाको कुरा सुन्दा सुन्दै ऊ हत्तारिंदै घरभित्र पसे।

भित्र कोठामा गुन्द्री माथि ओछ्यईएको बिछ्यौनामा जरोले थला परेकी पातली, बले आएको देखेर बिस्तारै उठ्न खोजिन् .

-’भयो भयो न उठ तिमी आराम गर। ‘

भन्नलाई त उसले पातलीलाई आराम गर भन्यो। तर उसको मुखबाट मनको कुरा पनि प्याच्च निस्की हाल्यो -’आज शनिबार, बिदा भनेर घर आ’को के गर्ने <'

– ऊ दिक्क माने जस्तो भयो उसलाई स्वास्नी बिरामी परेको पीर भन्दा पनि उसको बिदा खेर जाने कुराको पीर पर्यो .

आफ्नो लोग्नेको कुरा सुनेर पातलीको मन कुँडियो तर पनि लोग्नेको मन राख्न भनिन् -‘जरो त त्यति साह्रो छैन जस्तो छ औषधि खाएर कम भा’को छ धन्दा न मान्नुस, तपाईं ‘- पातलीको कुरा सुनेर उसको मुहारमा चमक देखा पर्यो ।

बेलुकीको खाना पछी सुत्ने सुरसार गरे। उसले मलाई त निन्द्रा लाग्यो, भोलि बिहान नै फेरी अफिस भ्याउने गरि हिंड्नु पर्छ भन्दै अर्को पट्टि फर्केर सुत्यो। तर ऊ कहाँ सुत्न सक्यो र बस आँखा चिम्लेर सुतेको स्वांग पार्दै पल्टीरहे। रातको बाह्र बज्यो , एक बज्यो। घरि यता पल्ट्यो घरि अर्को पट्टि पल्ट्यो। जसरि कोल्टे परे नि उसको निन्द्राको ठेगान नै भएन।

जरोले थला परेकी पातली आफ्नो लोग्नेको छटपटी , चाहनाबाट अनभिज्ञ थिईनन-‘ किन तपाईंलाई निन्द्रा लागेन जस्तो छ आउनुस वर आउनुस’- पातलीले आफ्नो लोग्नेलाई आमन्त्रण गरिन। ऊ बिस्तारै अघि सरे। उसका हात सल्बलाउन थाले। जिउ भरि बिजुली चम्के जस्तै भयो। उसका हातले पातलीको शरीर स्पर्श गर्न थाले जहाँतहीं। ,अहो ! ऊ त तर्स्यो। कस्तो तातो जरोले हरंत , पसिनाले निथ्रुक्क पातलीको ज्यान। ऊ अन्तरद्वन्दमा फंस्यो। एकछिन मन मनै गुन्यो , जरो त निकै नै छ। अब के गर्ने के नगर्ने, अघि बढ्ने कि न बढ्ने। केहि बेर ऊ शून्य प्राय: स्थितिमा अचल बने। एकछिन पछी फेरि सोचे, भोलि बिहान अफिसको लागि हिंड्नु त जरुरि नै छ। अब फेरी गाउँमा आउने भनेको फेरी कहिले कहिले हुन्छ। उसले सम्झ्यो। बसमा घन्टौंको यात्रा , डेराको एकाकिपन। उसको गला स्याप्प सुक्न थाले। मनको प्यास , तनको भोकले ऊ पूर्ण रूपमा घेरिसकेको थियो . उसको अगाडी यतिबेला बिरामी स्वास्नी नभई, नारी शरीर पसारिएको छ , अनि उसले अघि बढ्ने नै निस्चय गर्यो र अघि बढ्दै गयो।

विवशता (कथा)

साभार: mysansar, on March 10th, 2012

-भक्त गुरुङ-

रातको समय, पुष-माघ महिनाको जाडो मौसम, म छटपटाई रहेको थिएँ ।मलाई पट्टक्कै निँद लागेको थिएन । नाडी घडीमा आखा दौडाएँ बाह्र बज्न दश बाह्र मिनेट के बाँकी थियो,घर माथि सिमलको रुखमा हुंचिल कराई रहेको, स्यालहरु कराई रहेको र कुकुरहरु भुकी रहेको एकोहोरो आवाज मेरो कानमा परि रहेको थियो! म नजिकै, मेरी प्राण भन्दा प्यारी पत्नी स्वाँ स्वाँ निन्द्रामा थिइन् । लाग्थ्यो, म उनको साथमा रहंदा तिनलाई कुनै भय थिएन, न त त्रास चिन्ता नै …।पूर्ण संरक्षणको महशुस गरेकी थिइन् होली सायद; तिनले घोर निन्द्रामा पनि मलाई समाती रहेकी थिइन् ,मानौं , म अन्तै एक्लै रातमा नै बिलिन हुँदै छु!मलाई उनि प्रति मायाँ लाग्दछ ,दया अनि सहानुभूतिको बाढी नै आउँछ ,अनि म उनको सुकोमल मुहार हेरी रहन्छु , आखाँहरु रसाउँछन् ; आशुका थोपाहरु उनको गालामा तप्किन पुग्छन् म भावआवेशमा उनको निधारमा च्वाप्प म्वाई खान्छु !


मेरी प्यारीले मलाई लाखौ लाख बिन्ति गरेकी थिइन् । आँखाबाट आँशुका बलिन्द्र धारा पोखाएकी थिइन् । उनको त्यो नै अन्तिम हतियार थियो मलाई विदेश जान रोक्न …। म तीन बर्ष अघि वेलायती सैनिकमा भर्ति भएको थिएँ ! देशमा रोजगारी थिएन , १२-१३ हजार युबकको बीचबाट म १७० जनामा परेको थिएँ मलाई अतिनै हर्ष भएको थियो! यस साल म तीन महिनाको छुट्टीमा आएको थिएँ ! छुट्टी पुरा भई भोलि बिहानै मलाई घरबाट लाहुर तर्फ हिड्नु थियो ।उनलाई मैले छुट्टीमा आएको दस पन्ध्र दिनमा नै भित्र्याएको थिएँ ।साइनोले उनी मेरै मामाकी छोरी थिइन् !उनी रोइ कराई गरिन् ! मैले भविष्यको लागि भए पनि म जानु पर्छ ,दुइ चार पैसा कमाएर ल्याउला भनी उनको कोमल भावनालाई दबाएको थिएँ । केही सीप नलागी उनी थकित भई निन्द्रा देवीको शरणमा परेकी थिइन् !

म भोली बिहानै पल्टनमा हाजिरका लागि मेरा सेतै फुलेका बाबु आमा, साथी संगी , गाउँका चौतारा खेत अनि मेरी प्राण भन्दा प्यारी पत्नीलाइ छाडेर बिदेशी भूमिमा पुन: बन्दुक बोक्न जानु थियो। बिदेशी भूमिमा लड्नु थियो, रगत पोखाउनु थियो अनि एउटा भाडाको सिपाहीको रुपमा नाम कमाउनु थियो। मैले मेरी पत्नीलाइ जे जसरी सम्झाउने बहाना बनाए पनि आफ्नो गाउँ घर छाडेर जानु त मलाई पनि कहाँ मन थियो र? यसमा मेरो आफ्नै बाध्यता थियो ,विवशता थियो अनि समाजको एउटा “रित” थियो या परम्परा थियो भनौं ! केही पैसा कमाएर पल्ला घरे क्याप्टेनको भन्दा ठुलो घर बनाउनु थियो ! आफ्नो छोरा छोरी लाइ शहरको महँगो बोर्डिंग स्कूलमा दाखिल गर्नु थियो आदि इत्यादि सपनाहरु……….. थिए !
तिनले रुँदै बिन्ति गरेका कारुणिक शब्दहरु मेरो कानमा गुन्जी रहेका थिए । “…………….खै ! तीन बर्ष पछी त के हो ,के हो ? यु. के.मा त ठुला ठुला शहरहरु छन् भन्छन् , के भर ,न उतै तिर रमझममा डुबेर हाम्लाई भुल्नु हुन्छ कि! कति भन्दा पनि मान्नु हुन्न , आमा बाबा बुढा बुढी, डाँडा माथिका घाम जुन जस्ता कति पीर गर्लान ,बिचरा हरे! पैसा मात्रै ठुलो कुरा हो र ?!” मेरो मनमा, मुटुमा दिमागमा जोर संग घोच्यो दर्द भयो , मेरा आँखाहरु रसिला रही रहे। मैले उनलाई सम्झेको थिएँ ,”हेर मायाँ , जिन्दगि लामो छ, पैसा नभए कति हेला हुन्छ ,तिमीलाई थाहा छदैं छ ।केही गर्न पनि सक्दैनौं । त्यहाँ केही दु:ख गरे केही पैसा आउँछ ,केही सजिलो हुन्छ ,फेरी म मात्र पनि त होइन, कति छन् कति म फुल्याउँथें : मुटुमा भक्कानो फुटे पनि ओठमा मुस्कान छर्दै भन्थे ,”मा तिम्लाई सुनको चुरी ,माडवारी राम्रा राम्रा साडीहरु ल्याई दिउला नि, म आए पछी भुन्टे संगै डाँडाको जात्रामा घुम्न जाउँला नि “? हुन्न र!
**************************************************
म सुस्केरा हाल्छु ……..! म निदाई रहेकी मेरी पत्नीको मुहारमा एक टक हेरी रहन्छु ! मुहारमा निर्दोषपन ,भावुकता,सरलता प्रष्ट छरिएको देख्छु ।आह! प्रकृतिको सृस्टी कति अनौठो ,मायाँ प्रेम यी जालहरु कति अचम्म छ संसारमा ,प्रकृतिको नियम , अहो ! मा झस्कन्छु । पतिलाइ कति मायाँ गर्छिन् ,कति चाहन्छिन् । मेरो आखाँमा वाल्यकाल देखि युवास्थासम्मका सम्पूर्ण घटनाहरु मानसपटलमा यादको रुपमा फिल्ममा झैं उपस्थित हुन्छन् । केटाकेटी छँदा बेशीमा हजुर-बा र साथीहरु संग गोठालो गएको,माछा मार्न हिंडेको ,लुकामारी खेलेको आदि इत्यादी! तर अब त्यो समय कहिले फर्किएर आउँला !फेरी उमेर परिबर्तन संगै पूजा आजामा सोल्टिनीहरुसंग गफ गर्दै हिंडेको,दशैँ तिहारमा रोहोटे पिंग खेल्दै हिंडेको,दु:ख पाएर पढ्न नसकी “लाहुर” कै बाटो लग्नु परेको ,लाहुरमा, रकरुटमा गाली, लात्ती खानु परेको ,भाडाको सिपाही भई विभिन्न इलाकामा ,विभिन्न मुलुकमा गई लडाईं लडेको आदि! ओह ! कति विवशता एकातिर देशमा रोजगार नहुनु, बिदेशमा खुकुरीको धारमा हिंड्नु पर्ने! म झन्डै अर्धहोस भई सकेको हुन्छु ;पुन: ब्यूँझन्छु …………उही स्यालहरु ,कुकुरहरु अनि हूचिलको एकोहोरो आवाजले……………….।
तीन महिनामै आफ्नो गाउँबाट बिरानो हुनु पर्दा, अन्तरद्वंध भई रह्यो मनमा ,के गरौ,कसो गरौँ भक्कानो फुट्यो ,…………भर्खरै विवाह भएको ……..म आफैंलाइ धिकार्छु ,म आफ्नो विपन्नतालाइ र गरिवीलाइ धिक्कार्छु ! वाध्यता हो, विवशता हो! पत्नीको अनुहारमा पुन: नजर दौडाएँ ! मुहारमा उही निर्दोषपन कोमलता भावुकता …….!फेरी भावावेशमा उनको कोमल मुहारमा मैले मुलायम स्पर्श गरें अनि निर्दोष चुम्बन दिएँ ! आँखाबाट आँशुका थोपाहरु उनको मुहारमा तप् तप् चुहि रहे, मन पग्लिए ,मुटुमा बेदना रुपी पीडाको अनुभूति भयो। म जाग्राम बसेको थिएँ त्यो रात ,अर्धहोसमा त कहिले बेहोसमा ………..। बिहान चार बजे तिर भाले को डाँकोले बल्ल म तन्द्राबाट ब्युंझियें ।
मलाई थाहा छ ,त्यो रात,कति कष्ट प्रद भयो काट्न !घर छोड्न भोली बिहान मरेकै जुनी भएको थियो मलाई ।आमा बुढी मान्छेलाइ त झन् कति पिडा भयो होला! बाबा त अलि कठोर हुनुहुन्थ्यो। बिहानै आमाले भात पकाई सक्नु भएछ ।भातमा थोरै भैंसीको सुकुटी,छुलुलु हुने गरि लुरी गाईको घ्यु ,एक गिलास तीन पाने रक्सी, कति मिठो थियो त्यो खाना तर बिछोडको समयमा त्यसको के महत्व………..!आमा रुँदै केही बोल्न सक्नु भएको थिएन ! बाबा चाहिँ,” बाबु! दुश्मनलाई चाईने….हँ ……चट्टै छिनाउनु पर्छ ,गोली लागे पनि पिठ्युँमा नहोस छाती मै हुनु पर्छ नि है । हामी गोर्खालीलाइ पशुपति नाथले सदा दया गर्छन् ! तलाई पनि गरुन्, रक्षा गरुन्। ” आत्माबिश्वासका साथ, स्वर दह्रो बनाई भन्नु भएको थियो!मलाई अझै प्रष्ट याद आइ रहेको छ त्यस क्षण । त्यस्तै अहिले म यु.के. को मेल्ट्री हस्पिटलमा छु ! मन मनै भन्दै छु ……………..”बा ! बा!! मैले छिनाएँ, बा मैले छातीमा नै गोली थापें ….पिठ्युमा थापिन !
++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
रुचि नरुचि खाना खाएँ । ड्रेस लगाएँ तयार भएँ साइतको लागि , आमा रोएको रोएकै हुनुहुन्थ्यो , बुबाले भन्नु भो,” साइत को बेलामा आँसुले छेक्नु हुन्न छोरालाइ खादा र टिका लगाएर हासेर बिदा गर्नु पर्छ , सासु बुहारी नरोउ ।” मायाँ आँखामा एक टक ले हेरी राखेकी थिइन् ।बाबा आमालाई हिंड्नु भन्दा अगाडी ढोगें। आशिर्बाद दिंदै हुनुहुन्थ्यो’,” बिसआसय आयू हुनु ,जमदार सुब्दार कप्तान हुनु ।” म घरमा बिदा लिइ हिंडे । मायाँ पनि पुर्याउन खोला वारी सम्म आईन् त्यहाँ पो बिछोड हुन ,हामी मा सार्है गार्हो परेको थियो…………..त्यो क्षण!
पल्टन मा हाजिर भएँ ! सात आठ रात सम्म त मलाई गाउँ घर परिवार कै झल्झली याद आई रहे ,एकान्तमा मात्र बस्न मन लाग्थ्यो। छाउनी मा न हो सबै केटा केटा मात्र …त्यहाँ जीवन र जगत ’bout गम्भीर कुराहरु केही सुन्न पाईंदैन ,खाली जोक्स त्यो पनि फोहरी फोहरी मात्र ,गीत तेस्तै गफ तेस्तै अनि दिउसो चाहिँ बन्दुक, गोली, अनावश्यक अनुशासन ……………।अत्यन्तै सम्झना आई रह्यो , चिट्ठी लेखें केही हल्का भयो। आफु पनि पल्टने त्यस्तै वातावरणमा रमाउन वाध्य भएँ ! विवश थिएँ!
केही दिन पश्चात नै हामीलाई संसारको एउटा विवादास्पद देश अफगानिस्थानमा डिप्लोय हुनुपर्ने भयो, नाटो फौज संग मिलेर तालिवानहरु संग लड्नु पर्ने हुन्थ्यो, थुप्रै सिपाहीहरुले बहादुरीका साथ लड्दा लड्दै बीरगति प्राप्त भएको समाचार पनि आईरहेको थियो.।नुन पानी खाए पछी “रुल एंड अर्डर” त मान्नु नै पर्छ !त्यो हाम्रो फौजी कर्तब्य नै थियो। एघार महिनाको कडा तालिम पश्चात् “बा- आमालाई पनि आफ्नो खिलाफमा आए छोड्ने छैनौं “भन्ने कसम खाएका थियौं । हामी त्यस्तो अन्जान क्षेत्रमा थियौं , न त हामी लाइ त्यहाको हावापानी थाहा थियो न त भाषा भेष भुषा, हामीले किन लड्ने भन्ने पनि थाहा थिएन ! कहिले अत्यन्त गर्मी त कहिले अत्यन्त जाडो मौषमले गर्दा हामी बिचलित भएका थियौं ! लडाईं देखा देखि थिएन , लडाईं लुकेर कसरि मार्ने र ज्यान जोगाउने थियो। म लगाएत साथीहरु पेट्रोलिंग गर्दै गई रहेका थियौं अकस्मात डाँडा माथि बाट फायर हुन थाल्यो। उताबाट गोलीको पर्रा छुटी रहेका थिए । हामी तल भएको हुनाले हामीलाई अफ्ठ्यारो भई रहेको थियो। म लगायत साथीहरु लड्दै गयौं कति साथी हरु गोली लागि ढल्दै थिए ,कोहि “आमा”भन्दै खुत्रुकै भएका थिए..! हो ,मलाई राम्ररी थाहा छ ,त्यसबेला जब हाम्रा साथीहरुका साथ लडाईंका फिल्डमा पुग्यौं ! सर्बप्रथमत: मलाई मेरा बाबा, आमा , पत्नी गाउँका सम्पूर्ण इष्ट मित्रहरु ,घर लहरा पहरा मनो मष्तिष्कमा रिंगियो ! अनि केही याद आएन ,एक पटक श्री पशुपति नाथसंग आफ्नो रक्षार्थ प्राथना गरें ! अनि अघि बढें ! कतिलाई च्वाट्टै छिनाएँ ! बिदेशीको लागि लडी रहेको थिएँ ,हाम्रो त अफगानीहरु संग त केही दुश्मनी पनि त थिएन ,त्यसकारण पनि आफुलाई अफसोच भई रहेको थियो ! मेरो जिउमा गोलीको पर्रा छुट्यो,मैले पहेंला पहेंला रंगी बिरंगी बाहेक केही देखिन, बेहोस भएछु!
वेहोशीबाट ब्यूँझदा आफुलाई ठुलो कोलाहलमा पाएँ , त्यो यु.के. को एउटा मिलिटरी हस्पिटलमा रहेछ । उठ्न खोजें ,उठ्न सकिन सम्पूर्ण शरीर सिथिल भएको रहेछ । मलाई आफु प्रति नै घृणा लाग्यो। आफ्नो हालत प्रति घृणा लागेर आयो……………….।
मलाई घर फर्कन त पट्टक्कै मन लागेन ,लागेर पो के गर्नु सिर्फ मेरा लास घरमा जानु थियो। मलाई आफु मर्ने भन्ने मा अफसोच थिएन ,तर अफसोच त केवल यसमा थिएँ कि, ती मेरी पत्नी लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा बिधुवा हुने र मेरा माता पिता बिचल्लीमा पर्ने ,गर्भमा रहेका बच्चा देख्न नपाउने । हाय !मेरो विवशता ! म बारम्बार केहि समय बचाई दिन भगवानसंग प्राणको भिख माग्दै थिएँ !
मलाई सकी नसकी मायाँलाइ चिट्ठी कोर्न मन लग्यो ,चिट्ठी कोर्ने सामर्थ्य केही थिएन । मायाँको मधुर आवाज कानमा गुन्जी रहयो । “………………..सहरको रम् झम् …………..हाम्लाई मायाँ नमार्नु नि है ………” मैले के के लेखेछु …..कागज पोको पारें अनि चिट्ठीको मुनि तिर घरमा पुर्याई दिनका लागि आग्रह गरें ।अचानक कलम खस्यो………आखाँ अगाडी भयंकर अन्धकार ब्याप्त भयो!
पछी डाक्टरको अथक परिश्रमको बाबजुद मलाई बचाउन त सफल भएछन् तर मेरो दुइ खुट्टा कहिले फिर्ता नहुने भए ! आजभोली म गाउँमा नै रिटायर्ड जीवन बिताएको छु।
*******************************************************
आजकल देशको बाध्यता टुलुटुलु हेरी बसेको छु । विदेशिने प्रवृति हावी भएको छ। म चाहिँ आफ्नो छोरा छोरी ,आफन्तहरुलाई स्वदेशमा नै परिश्रम गर्न सल्लाह दिन्छु । बिदेशमा गरिने दु;ख स्वदेशमा गरेर देशको मुहार हँसाउने सर-सल्लाह दिन्छु । आफ्नो जीवनको दु;ख सुखलाई सम्झी रहन्छु ।

आँपको रूख

(साभारः दीपक जडितको मेरो साहित्य संसार र विविध)

-दीपक जडित-

‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।

म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई गर्भ बोकाउनै नहुने’ अथवा ‘मैले उसलाई गर्भवति बनाउनै नहुने’ । तर……… मैले त्यसैगरी सम्झिएँ । …………….

जे होस् उ गर्भवति भएकि थिई र त्यसमा म जिम्मेवार हुनसक्ने ठाउँ थियो ।

झण्डै १३ वर्षको अन्तराल पछि आज यहाँ आँपको रुख छैन । तर आह्रा लगाएर ढालिएको त्यसको ठुटो भने अझै रहेछ । फेदैदेखि दुई बराबर काण्डहरुमा बिभक्त भएर हुर्किएको त्यो आँपको रुखलाई यौटा अग्लो र अर्को अलिक होचो हुनेगरि ढालिएको थियो । दुबैमा समान रुपमा आह्राले समतल काटेको भाग र ढल्नेबेला मर्किएर लामो लामो छेस्का सहित रहेको उबडखाबड भाग थिए ।

 

म होचो काटिएको ठुटोमाथि चढेँ र कुर्शीमा बसेझैं अग्लो काटिएको ठुटोमाथि बसें । बसें यस्तरी कि मानौं म भर्खरै एक जघन्य अपराधी घोषित भएको छु ।

‘हे! भगवान, किन अझैसम्म मलाई यहि कुराको अपराध बोध भैरहन्छ?’ यत्रो काल-अन्तरमा पनि यो कुरा मेरो मन मश्तिष्कबाट मेटिन सकेको छैन ।

सहजै मेटिन सक्ने कुरा पनि त थिएन यो । हो कैले कैले धेरै दिनसम्म स्मृतिमा ओझेल परेर भने बस्छ । तर अनेकौं यस्ता घटनाक्रमहरु देखापर्छन् जिन्दगीमा जस्ले यो कुरालाई स्मृतिपटमा उघारिदिएर ताजा गराईदिन्छ र मलाई दुखि बनाएर राख्छ ।

यसपटक त म स्वयं यहिँ छु जहाँ आजभन्दा बाह्रतेह्र वर्ष अगाडि मानवीले आत्महत्या गरेकि थिई । मानवीको आत्महत्याले मलाई त्यो बेला विक्षिप्तताको हदसम्म पुर्याएको थियो । एकैपल पनि उसको त्यो आँपको रुखमा झुण्डिइरहेको मृत शरिर मेरो आँखाबाट हट्दैनथियो । कैंयन रात म निदाउन सकेको थिइनं । निदाइहाले पनि सपनामा उसैलाई देखेर म आत्तिंदै ब्युझन्थें । उसको आत्महत्या पछिका धेरै दिनसम्म म बेहोसे भएको थिएँ । कहाँ छु? कतिबेला भयो? के गर्दैछु? केहि थाहा पाउँदिनथिएँ ।

गाउँघरका सबैले म एकोहोरिने भएको थाहा पाएका थिए । म टोलाईरहने र अस्वभाविक कृयाकलाप समेत गर्ने थाहा पाएर कतिले मलाई झुण्डिएको लास देखेर त्यसको सातो उडेको छ भन्थे । कतिले त अझ बहुलाहा नै भयो भन्ठान्थे ।

हुनपनि मानवीको झुण्डिरहेको मृत शरिर सबभन्दा पहिले मैले नै देखेको थिएँ । त्यसअघि धेरै पटक लाशहरु देखेको भएपनि यसरी रुखमा झुण्डिएर मृत्यूमा प्राप्त भएको शरिरलाई अह्ररो भएर झुण्डिरहेकै अवस्थामा त्यसभन्दा पहिले देखेको थिइनं । मेरो निम्ती त्यो बिभत्स र भयावह दृश्य थियो । म साँच्चै डराएको पनि थिएँ त्यसबखत । डरले शरिरका सारा रौं जुरुरु भएर ठाडो भएका थिए । अझै त्यो क्षण सम्झँदा पनि त्यहि बेला जस्तै सारा शरिर सिरिङ्ग भएर आउँछ ।

त्यो बेलामा म बिहान बिहान अँध्यारैमा उठेर दौडन जाने गर्थें । लगभग चारपाँच किलोमिटर टाढा रहेको स्कूलसम्म दौडंदै जाने र त्याँहा भेला भएका अरु परिचित अपरिचितहरुसँग फूटबल खेल्ने गर्थें । बिहान छिट्टो उठ्ने भएकोले जोत्ने गोरुलाई बिहानको राति नै घाँस भए घाँस नत्र ढेडीबाट पराल थुतेर हाल्ने जिम्मा हुन्थ्यो मेरो ।

त्यहि दैनिकि अनुशार त्यसदिन बिहान पनि म अँध्यारैमा पराल थुत्न ढेडीमा गएको थिएँ ।

मेरो घरको पश्चिमपट्टि आँगनसँग जोडिएर गाईबस्तुको गोठ रहेको थियो । गोठको उत्तरपट्टी थियो परालको ढेडी । र यो आँपको रुख जहाँ अहिले म त्यसैको ठुटोमाथी बसेको छु, त्यस परालको ढेडी भन्दा पश्चिमतर्फ चालिस मिटर जत्तिको दुरीमा थियो ।

पराल थुत्न ढेडीको पल्लो छेउपट्टि पुग्नासाथ मैले अँध्यारोमै झ्वास्स कुनै आकृति आँपको रुख मुनि हल्लिरहेको जस्तै देखें । त्यो आकृति देख्दा मेरो आङ्ग ढक्क फुलेर आएको थियो । अलिअलि डराउँदै म पराल थुत्ने उपक्रममा लागें तर ‘पहिले केहि नभएको ठाउँमा आज के हो त त्यस्तो आकृति?’ दिमाग त्यसैमा केन्द्रित रह्यो ।

त्यसो त भुक्भुके उज्यालो पूर्व क्षितिजमा आइसकेको हुँदो हो त्यसबेलासम्म तर त्यो आँपको रुखको चारैतिर धर्तीमा खस्नै लागेको उज्यालोको पूर्व आभा छेक्नलाई केहि दुरीमा एकातिर बाँसको झ्याङ्ग र अर्कातिर केराघारी थियो । यस्तोमा त्यसबेला त्यो आकृति यहि हो भनेर ठम्याउन सकिन्नथियो ।

‘कसैको बस्तुभाउ फुकेर आएको हुनसक्छ ।’ सम्भावना औंल्यायो दिमागले ।

म पराल थुत्दै त्यहि आकृतितिर हेर्दैथिएँ ।

‘अहँ त्यो बस्तुभाउ फुकेर आएको हैन । फुक्का बस्तु त्यसरी एकैठाउँ उभिइरहँदैन ।’ म त्यो आकृति फुकेर आएको वस्तु हैन भन्ने निचोडमा पुगेँ । त्यसमाथि त्यो आकृतिलाई नियालिरहँदा मलाई कोहि मान्छे नै उभिइरहेको; अझ हातले ईशारा गरेर मलाई नै बोलाउँदै गरेको भान पर्यो ।

मलाई झट्ट मानवीको याद आयो । यो पक्कै पनि मानवी नै हुनुपर्छ । उ सँग मेरो भेट भएको पछिल्लो पटक पनि राति एघार बजेसम्म मानवी मसंगै यहि आँपको रुखमुनि थिई । मैले कर गरेर उसलाई घर लिएर गएको थिएँ । उसको घरमा पुगेर मैले कति बोलाउँदा पनि उसको घरकाले सुनेको नसुन्यै गरेका थिए । उनिहरु उसको निम्ति घरको ढोका खोल्न सम्म तयार थिएनन् । अन्तत उसकि बैनि आएर चुपचाप ढोका खोलिदिएकि थिई ।

यो आँपको रुख मानवीको ज्यादै प्रिय ठाउँ थियो । यहि रुखको फेदमा खेलेर हुर्किएकि थिई मानवी र म पनि । उमेरले मानवी म भन्दा पुरा पाँचवर्ष ठुलि थिई । र पनि हामी सानोमा यो आँपको रुख मुन्तिर भातपकाई, पूतलि या यस्तै अरुकेहि खेल्ने गर्थ्यौ ।

ठ्ल्ठुला भैसकेर पनि हामी यो आँपको फेदमा घण्टौं बिताउंथ्यौं । आफ्ना हरेक खुसीहरु मानवी मलाई यहि आँपको रुखमुनि बोलाएर सुनाउंने गर्थी । दुखि हुँदा त झन यो आँपको रुख जति नजिकको साथी उसको कोहि हुँदैनथ्यो ।

चैते खडेरीले खरो भएको ढेडीको पराल थुत्दा हातले समातेको मध्ये एकतिहाई मात्र निस्कन्थ्यो । मलाई यता पराल थुत्न जोड परिरहेको थियो भने उता मानवीको कुराले दिमागमा झन जोड पारिराखेको थियो । मैले पराल थुत्ने उपक्रमलाई निरन्तरता दिइरहें । म सायद गोरुलाई पराल हाल्ने काम सकेर मात्र आँपको रुखतिर जान्थें ।

निक्कैदिन देखि मानवी तनावमा थिई । उ दुई जिउकि भएको कुरा उसले मलाई यहि आँपको फेदमा ल्याएर सुनाएकि थिई । भनेकि थिई, ‘दीपक, मैले भुँडी बोकेकि छु । अब के गर्ने होला?’

त्यो कुरा उसले यति सहजताका साथ भनेकि थिई कि, मानौं उ मलाई ढाँटिरहेकि छे अथवा मलाई डर देखाएर उ मेरो प्रतिकृया बुझ्न चाहन्छे ।

निश्चय नै त्यो मेरो लागी अप्रत्याशित कुरा थियो । हुनसक्छ म त्यो बेला अनुहारले नीलोकालो भएको थिएँ ।

‘के भनेकि मानवी तिमीले यो? त्यस्तो कसरी हुन्छ? तिमी त केहि पनि हुन्न भन्थ्यौ ।’ प्रतिक्रियामा बोलेथें म ।

‘खै? हुँदैन भन्ठान्थें म, तर हुँदोरहेछ । यि भयो त । मैले भुँडी बोकें । अझ घरमा सबैले थाहा पाएका छन् । कोहि बोल्दैनन् मसँग । बोल्नु पर्यो भने गाली मात्र हुन्छ उनिहरुसँग मेरोलागी ।’ केहि उदाश स्वरमा बोली उ ।

म निशब्द थिएँ । के बोल्ने? के भन्ने ? केहि पत्तो थिएन । बरु डरले थरहरी भएर के के सोच्न थालेथें म ।
‘हरे! भगवान! यो के भयो? के यहि उमेरमा म बच्चाको बाउ हुने भएँ? अब मेरो भविश्य के होला? छरछिमेकले मलाई के के मात्र भन्दा हुन्? कुन दिनमा म यसरी फसेँ?………’

मेरो सातोपुत्लो उडेको अनुहार उसले नियाँलिरहेको हुनुपर्छ । त्यसैले उसले भनि, ‘तिमीलाई के भयो नि? तिमी किन यसरि नीलोकालो भ’को? भुँडी बोकेकि मैले हुँ, तिमीले हैन ।’ विचरी उ उल्टै मलाई नै सम्झाउँला झैं गर्दै थिई तर उसको अनुहारमा अन्यौलको गहिरा रेखाहरु खिचिएको देखिरहेथें म ।

‘बोका’को त मैले होला नि…..’ काँपेको आवाजले यतिमात्र भनें मैले । म असाध्यै डराएको थिएँ । डरले कामुँला झैं भैरहेथ्यो मलाई ।

‘तिमीले होइन दीपक, नडराउ तिमी । तिमीसँग त्यस्तो गरेको त अस्ति भर्खर स्वस्थानीको साङ्गे हुने बेलातिर न हो । त्यो त कति भयो र? मैले यो पेट बोकेको त चार महिना भैसक्यो ।’ आफ्नो पेट छाम्दै बोलीथि मानवी, ‘फेरि तिमीले केहि गरेको पनि होइन मलाई; मैले नै बरु गरेकि हुँ…..।’

मानवीको कुराले ठुलो राहत मिलेथ्यो मलाई । अचानक आकाश खसेर किच्नै लागेको बेला फेरि अचानकै आकाश जस्ताको तस्तै माथि गएझैं महसुस भएथ्यो ।

‘त्यसोभए कस्तो त?’ अलि सास आएझैं सोधें मैले ।

‘थाहा पाएर के गर्छौ? त्यो मान्छे छैन यहाँ ।’ उ एकाएक रुन्चे देखिई । भन्न नखोजे जस्तै उसले मुण्टो अर्कोतिर फर्काई तर उसको अनुहार हेर्दा लाग्थ्यो उ मसँग यहि कुरा बाँडेर हलुका हुन चाहन्छे ।

एकछिन अगाडीसम्म आफैं फन्दामा परिसकेझैं अत्तालिइरहेको म त्यसबेला ढुक्क थिएँ र जान्न चाहन्थें कि, को हो त्यस्तो मान्छे जस्ले मानवीलाई गर्भ बोकायो र अहिले यहाँ छैन? अझ त्यसबेला त म मानवीलाई आवश्यक परामर्श दिनसक्ने समेत भएको ठान्दैथिएँ आफुलाई । दोहोर्याएर सोधें मैले, ‘र पनि भनन त को हो त्यो?’

‘अर्जुन’ उसले नाममात्र लिई र फेरि चुप भई ।

मानवीले संगत गर्ने गरेको अर्जुन यौटै मात्र हुन सक्थ्यो जो उसकै क्याम्पसमा कहलिएको क्रान्तिकारी बिध्यार्थी नेता थियो र यतिबेला सेनाले समातेर बेपत्ता पारेको थियो । मानवी पनि क्रान्तिकारी संगठनको पछि लाग्ने; सम्भवत सदस्य समेत रहेकि हुँदा अर्जुन त्यहि हुन सक्थ्यो । मानवीको अर्जुनसँग त्यस्तो नजिकको उठबस भएको तर मलाई थाहा थिएन त्यसैले निश्चय गर्न सोधें, ‘त्यहि नेता अर्जुन?’

उसले हो मा तलमाथि गरेर केहिबेर टाउको हल्लाईरहि । केहि बोलिन ।

यदि त्यो गर्भ अर्जुनकै हो भने त बोल्नु पनि के थियो? अर्जुनलाई सेनाले बेपत्ता पारेको सबैलाई थाहा थियो । कतिपय त उसलाई सेनाले मारिसके भन्थे ।

‘कसरी? कैले भयो त त्यस्तो? तिमी अर्जुनसँग त्यति नजिक भएको पनि मैले त कहिले थाहा पाईंन ।’ मैले प्रष्टिकरण चाहेँ ’cause हुनसक्ने सम्भावना भएपनि मलाई कसरी भयो या कैले भयो भन्ने कुरामा सन्देह थियो ।

‘अब त्यो सबै थाहा पाएर के गर्छौ तिमी भनत?’ बिस्मित नजर पर पर फाल्दै बोलिथि उ, ‘क्यामपसको चुनाव हुनुभन्दा अगाडी भ’को । गल्ति गरेँ मैले । अब सुधार्न सकिँदैन । अर्जुन भएको भए कुरा अर्कै हुन्थ्यो । उ नै नभएपछि अब यो कुरा कोट्याएर पनि फाईदा छैन । झन दुखि हुनु मात्र हो ।’

अर्जुन पक्षको कुरा यहाँ भन्दा सुनाउनु आवश्यक पनि थिएन उसले मलाई । उ अर्जुनको थप कुरा गर्न चाहन्नथि तर यो समस्याको निकास त चाहिएको थियो उसलाई ।

एकछिन अगाडिसम्म यो सब आफ्नै कारणले भएको हो भनेर तिल्मिलाएको म आफ्नो कारणले होइन भन्ने हुँदा ढुक्क त थिएँ तर तत्काल फेरि मानवीको गर्भको दोश्रो जिम्मेवार ब्याक्ति जो बेपत्ता छ उहि निस्किएपछि अर्को छट्पटि भयो मलाई । मानवीले अब के गर्ने? यहि चिन्ता हुन थाल्यो ।

‘अनि, घरमा के भनेकि छौ नि? कस्को हो भन्यौ?’ सोधेको थिएँ मैले ।

‘जे हो, जस्को हो त्यहि भनेकि छु । अर्जुनकै हो भनेकि छु । त्यसैले त झन उग्र छन् घरमा सबै । लगेर जिम्मा लगाउने ठाउँ पनि राखिन भन्छन् ।’ वास्तवमै मानवीको मुद्दामा जिम्मालिने पात्र नै थिएन । उसको घरमा पनि कसरी जाने जब उ नै बेपत्ता छ ।

‘तिमीले बरु बेलैमा गर्भपतन गराउनु पर्ने त्यता किन सोचिनौ?’ समस्याको निकास त्यो पनि त हुनसक्थ्यो भन्ने अभिप्रायले सोधेथें मैले ।

‘त्यो आँट नै आएन पहिले; पछि घरका सबैले थाहा पाएपछि ग’कि हुँ । ढिलो भैसकेको रहेछ ।’ पिर्लिक्क उसका आँखाबाट आँसुका थोपा खसे । निकासको सम्भावनाको यो पाटो पनि समाप्त भैसकेको रहेछ ।

‘त्यसो भए अब म हुन्छु यो बच्चाको बाउ । तिमी पनि यो मेरै हो भन । अनि हामी बिहे गरेर अन्तै कतै गएर बसौंला ।’ मानवीको अगाडी अँध्यारो भविश्य मात्र देखेपछि म मा यो आँट त्यसै पलाएर आएथ्यो । उसको सुरक्षार्थ म उसको पेटको बच्चाको बाबु बन्न तयार थिएँ तर मैले अन्तै कतै गएर बसुंला भन्ने कुरालाई जोड दिएको थिएँ त्यसको मतलब हुन्थ्यो कि म यो समाजलाई ठाडो चुनौति दिन पनि डराउँथें ।

‘नाईं हुँदैन । तिमी म भन्दा ५ वर्ष सानो मान्छे कसरि मेरो लोग्ने हुने?’ ईन्कार गरिथि मानवीले ।

‘त्यो दिन त तिमीले मलाई ५ वर्ष सानो भनिनौ त?’ मानवीसँग सहवास गरेको दिनतर्फ थियो मेरो ईसारा । त्यसदिन जे भएको थियो त्यसको साक्षि पनि त्यहि आँपको रुख थियो ।

गाउँकै यौटा घरमा स्वास्थानीको साङ्गे भएको रात मौका छोपेर मानवीले मलाई त्यो आँपको फेदमा लगेकि थिई र सम्भोग गर्ने प्रस्ताव राखेकि थिई । उसैले मलाई बिश्वास दिलाएकि थिई त्यसो गर्दा केहि बिग्रिदैन बरु सम्भोग गर्दाको आनन्दको अनुभव हुन्छ भनेर । मैले पेट बोक्यौ भने के गर्ने नि भन्दा समेत उसले एकपल्ट गर्दा के को पेट बोकिनु धेरै गर्दा पो बोकिन्छ त पेट भनेकि थिई । उसको हठको अगाडि प्राय हार्ने म त्यसरात पनि हारिदिएको थिएँ । कहिँ त म भित्र पनि सम्भोगको अनुभव हासिल गर्ने लोभ जागेर आएको हुनसक्छ त्यसरात । डराई डराई सुरु भएको त्यसरातको क्रिडा कल्पना भन्दा धेरै सुखद अन्त्यमा टुँगिएथ्यो बरु त्यसपछि भने परिणामको चिन्ताले केहिदिनसम्म खाएथ्यो मलाई र केहिदिन पछि त्यो पनि हटेर गएथ्यो ।

‘त्यो अर्कै कुरा हो दीपक, त्यो दिनको लागि तिमीले पश्चताप गर्नु पर्दैन ।’ उ अझै मानिन ।

निक्कै प्रयास गरेर मैले उसलाई मनाएँ । उ ह्रदयले नै राजी भएकि थिइन तर उसको अगाडि अरु विकल्प नभएकोले हुन्छ भनिथि । त्यसैले मानवीको पेटको बच्चा मेरो हो भन्ने दाबि गर्दै म उसको घर गएथें ।

तर परिस्थिती सोचे जसरि निस्किएन । उसका बाबा आमाले पहिले उसैलाई सोधे ‘यसैको हो त तेरो पेटको अवगाल?’

मानवीले भयपूर्ण आवाजले हो मात्र के भनिथि उसका बाबा आमा खनिए उसैमाथि, ‘हिँजोसम्म यौटाको हो भन्दैथिई, आज अर्कैको हो भन्छे । यो रण्डि कतिजनासँग सुतिसकि? लाजशरम भन्ने त कुरा त फिट्टिक्कै पो रहेन ए । भोली फेरि अर्कैलाई देखाएर यस्को हो भन्लि । यौटाको पाप बोकेर क-कस्लाई मुस्छेस् हँ? यस्ता वेश्याहरु त गर्भैमा तुहिएर जानु नि यो दिन देखाउनलाई किन बाँचेका हुन्?……………’

चट्याङ्ग सहितको साउनको कालो मेघजस्तै उनिहरु एकोहोरो वर्षिरहे मानवीमाथि । उसको बचाउ गर्दै मैले भनें, ‘यो मेरै बच्चा हो । हामि बिहे गर्छौं । बरु हामि टाढा कतै गएर बस्छौं ।’

मानवीका बाबा आमा मतिरै खनिए, ‘तँ नाथे छुसि! हामिले हगेको मुला! हिँजोको चल्ला, बडो आएछ यो वेश्यालाई बचाउन । निस्किहाल्, तँ यहाँबाट गैहाल् । ओठमा दुध मरिसकेको छैन; बडो आएको बच्चाको बाउ हुन ।’ उनिहरुले मलाई त्याँहाबाट लखलखे लाएर खेदे ।

मानवीको घरबाट खेदिएपनि मैले उसलाई बिहे गर्ने र उसको पेटको बच्चाको बाबु बनेर उसलाई साहारा दिने प्रण नै गरेको थिएँ तर नियतिलाई सायद त्यो मञ्जुर थिएन । मलाई मनवीको घरतिर ढिम्किनै दिंदैनथिए उसका बाबा आमाले । उ पनि मेरो घरतिर आईन । मैले केहि दिनसम्म रातबिरात पनि आँपको रुखमा उसको प्रतिक्षा गरेँ तर अहँ उ घरमा बन्दि थिई या के थियो उ बेखबर भई । बरु उसको बदनामीको हल्ला भने आगोजस्तै गाउँभरि फैलिएथ्यो साथमा अर्जुनको नाम जोडिएर ।

अरु केहि दिन यसरी नै बितेका थिए । मानवीको चिन्ता लिए पनि मैले केहि गर्न सकिराखेको थिईनं । म आफ्नो नियमित दैनिकिमा उसैगरि चलिरहेथें जस्तो कि यस्तो कुनै अवस्था सिर्जना नभएको बेलामा चल्थें । त्यहि केहि दिनपछिको अवस्था थियो मैले पराल थुत्दै गर्दा आँपको रुखमा त्यो आकृति देखेको ।

गोरुलाई पुग्नेगरि थुतिसकेको परालको थुप्रो त्यहिँ छोडेर म आँपको रुखतिर लागेँ । मानवी हो भने म पहिले उसलाई लिएर आउँछु र आजै उसँग भागेर कतै जान्छु भन्ने सोच्दैथिएँ म त्यो बेला । अँध्यारो अझै छँदैथियो तथापि त्यस आकृतिको नजिक पुग्दा नपुग्दै म चिसो भएँ । आकृतिको अवस्था र आकृति के हो बुझ्न मलाई बेर लागेन ।

त्यो मानवी नै थिई तर मलाई पर्खिरहेकि मानवी थिईन त्यहाँ । त्यहाँ त म लगायत सबैसँग सदबिदा भैसकेकि मानवी थिई ।

हो, मानवी झुण्डेर मरिसकेकि थिई, त्यहि उसको प्रिय ठाउँमा, त्यहि उसको प्रिय रुखमा, डोरिको पासो लाएर झुण्डिएकि मानवीलाई त्यसरी फेला पारेथें मैले त्यो बिहानको राती ।

होचोहोचै हाँगामा झुण्डिएकि मानवीको यौटा खुट्टा तन्किएर भुँई छुन कोसिस गरेझैं र अर्को खुटा चैं अलि खुम्च्याए जस्तो थियो । खुल्ला छोडेको उसको कैलो कैलो केशहरु अनुहारतिर छरिएको थियो । दुबैहातहरु लुत्रुङ्ग झुण्डिएका थिए । मैले झम्टेर गएर उसलाई समातें तर उ अह्ररो र चिसो भैसकेकि थिई ।

त्यसक्षण मेरो मुखबाट राम! राम! निस्किएथ्यो । तत्क्षण नै म एकदम बिचलित भएको थिएँ यद्दपि मैले त्यसबेला ठस्स गुहूको दुर्गन्ध थाहा पाएको थिएँ । सम्भवत प्राणपखेरु उड्दा कष्ट परेर मानवीको मलद्वारबाट दिसा निस्किएको हुनुपर्छ ।

एकाएक मलाई चारैतिरबाट डरले घेरेर ल्यायो । म चिच्याउँदै रुँदै अझ लड्खडाउँदै पराल ढेडीतिर भागें र आफैंले थुतेर थुपारेको परालको थुप्रोमा अल्झिएर लडें । मलाई पछाडिबाट कालले लखेटिरहेझैं भएको थियो त्यतिबेला ।

म चिच्याएको सुनेर सबैभन्दा पहिले आख्खुम दाइ आउनुभयो । त्यसपछि आमाबाबा लगायत घरका सबै आईपुगे । सबैलाई मलाई सर्पले डस्यो भन्ने परेको रहेछ । परालमा प्राणै जान लागेझैं लम्पसार परिरहेको ममाथि टर्चलाईट लाउँदै आख्खुम दाइ सोध्नुहुँदैथियो, ‘खै कहाँ टोक्यो?’

बाबा ‘ए डोरी ल्यावो झट्टै, बाँध्नुपर्छ।’ भन्नुहुँदैथियो ।

मैले मुश्किलले सर्पले टोकेको हैन भन्न सकें तर अगाडि केहि बोल्न सकेको थिईनं ।

‘के भयो त के?’ उनिहरु सबै एकमुखले सोध्दै थिए । आख्खुमदाइ स्थितीको जाँच गर्न ’round टर्चलाईट लाउनुहुँदैथियो । खास नाम रत्न भएका आख्खुम दाइ हाम्रोमा खनजोत गर्ने काम गर्नुहुन्थ्यो र हाम्रै घरमा बस्नुहुन्थ्यो । जतिबेला पनि खोके जस्तै आख्खुम आख्खुम् गरिरहने आदत भएर वहाँको नाम आख्खुम रहेको थियो । वहाँले नै हात दिएर मलाई उठाउनुभयो ।

सबैजना वरिपरी भएपछि मलाई निक्कै साहारा भएको भएपनि म काँपिरहेकै थिएँ । मैले हातको ईशाराले आँपको रुखतिर देखाउँदै अस्पस्ट बोलेँ, ‘मानवी…………आँपको रुखमा…………’

परिस्थिती बुझ्न त्यहाँ भएका कसैलाई पनि मैले स्पस्ट बोलिरहनु पर्ने आवश्यकतै परेन । मानवीले भोगिरहेको तनावसंग सबै परिचित थिए । मेरि आमाले त पहिल्यै अनुमान गर्नुभएको थियो । भन्नुहुन्थ्यो ‘कसै न कसैको त साहारा चाहिन्छ त्यसलाई । के भ’का यो घरका मान्छेहरु? कुनदिन घरभित्रै पासो लाएर मर्छे अनि थाहा पाउँछन् ।’
त्यसबेला उपयुक्त मौका ठानेर मैले आमालाई भनेथें, ‘त्यै त, उसलाई बुझ्ने कोहि भएनन् । कि म बिहे गरुँ आमा? उसको पेटको बच्चाको म जिम्मा लिउँ?’ भित्रभित्रै मानवीलाई बिहे गर्न तयार भैसकेको अवस्था भएपनि त्यो मौका घरको; अझ आमाको प्रतिक्रिया बुझ्न उपयुक्त ठानेको थिएँ मैले र कतै आमाको तर्फबाट सकारात्मक जवाफ पाईहाल्छु कि भन्ने आसा पनि थियो मेरो ।

‘हैन के भन्छ यो?’ आमाले मेरो टिप्पा उडाउंदै भन्नुभएथ्यो, ‘साथी हो भन्दैमा त्यो कस्को कस्को गलपासो आफ्नो घाँटीमा झुण्ड्याउने कुरा गर्छस्? भएन त्यो तेरि दिदी भन्न सुहाउँछे । मायादया पलायो भन्दैमा सारा संसार थाम्न खोज्नु हुँदैन त केटा, आफुले थाम्नसक्ने मात्र थाम्नुपर्छ ।’ ज्यादै कठोर नजरले हेर्नुभएथ्यो आमाले त्यसबखत मलाई ।

मैले ईशारा गरेतिर आख्खुमदाइले आफ्नो छ ब्याट्री जाने ठुलो टाउको भएको टर्चलाईट लगाउनुभयो । त्यसको उज्यालो आँपको रुखमा झुण्डिइरहेको मानवीको मुर्दा शरिरलाई देखाउन प्रयाप्त थियो ।

मेरो झैं सबैको मुखबाट एकसाथ राम! राम! निस्कियो । त्यसपछि त के? कोहि रुन लागे, कोहि चिच्याउन । ठुलै हल्लिखल्लि भयो । वल्लोघर पल्लोघरका छरछिमेकिहरु पनि एकएक गर्दै हल्लिखल्लिमा समेल हुन हाजिर हुँदै गए । मानवीका घरबाट पनि सबै आए र मुर्छा पर्दै रुन लागे । हिँजोसम्म त्यत्रो मानसिक कष्ट सहिरहेकि त्यहि मानवीलाई उसका घरका कसैले कठै! सम्म भनेका थिएनन् । अहिले त्यसरी मुर्छा पर्दै रुँदै गरेको देख्दा मलाई लोकलाजको कतिसम्म पाईंन हुनेरहेछ त भन्ने लागेको थियो ।

उज्यालो भैसक्दा सम्म त्यहाँ मानिसहरुको मेला लागिसकेको थियो । तमासेहरुको भीड देख्दा लाग्थ्यो त्यहाँ कुनै राजनैतिक दलको आमसभा भैरहेछ ।

तमाशा हेर्न आउनेहरु प्राय सबै जना लासको नजिक गएर धित मरुञ्जेल हेर्थे र ‘यस्तो अगति परेर मर्नेलाई पनि के हेर्नु? थुक्क!’ भन्दै अर्कोतिर लाग्थे । उनिहरु मरिसकेकि मानवी र उसलाई गर्भ बोकाउने, बेपत्ता भएको अर्जुनलाई ‘छि! छि! र थू! थू!’ गरिरहेथे ।

अहो! कति कठोर बन्न सकेको हाम्रो समाज? कारण जे सुकै होस्; प्रकृति जस्तो सुकै होस् तर मृत्यु त आँखिर मृत्यु नै हो । त्यहि मृत्युमा मानिसहरु किन यति निर्दयि हुन सकेका? कतिसम्म संवेदनाहीन रहेछ हाम्रो समाज त्यो दिन बुझेथें मैले ।

तमाशेको हुलमा मरेकि मानवीसँग जोडिएर अर्जुन पनि बदनाम भैरहँदा मैले मनमनै भनेथें, ‘हे भगवान! धन्न मानवीले मेरो पेट बोकिनछ । नत्रभने आज मेरो के हविगत हुनेथियो? यत्रा मान्छेको सामुन्ने म कसरी मुख देखाउँथें होला?’ र तत्काल तुलना गरेथें मैले भर्खरै संवेदनाहीन भनेका तमाशेहरुलाई र आफु घानमा नपरेर भित्रभित्र एक प्रकारको खुशी मनाईरहेको स्वयँलाई ।

‘छि! छि! हरेक मान्छे स्वयँमा कति निर्लज्ज र स्वार्थी हुँदोरहेछ?’ आफुलाई ति तमाशेहरु भन्दा अझ तल गिरेको पाएथें मैले ।

प्रहरीहरु आए । घटनास्थल र लाशको प्रकृति मुचुल्का उठाए । मृतकका आफन्तहरु, केहि छरछिमेकीहरु र लाशलाई सबभन्दा पहिले देखेको नाताले मेरो पनि बयान टिपे र लाश झिकेर पोष्ट मार्टमको निम्ती जिल्ला पठाए । प्रहरीहरुले मृतकले कतै कुनै चिठ्ठी लेखेर छोडेको छ कि भनेर लाशमा साथै मानवीको कोठामा समेत खान तलासी गरे तर केहि फेला परेन ।

प्रहरीहरुले त्यसरी धुँईपाताल लाएर मृतकले चिठ्ठी लेखेको छ कि भनेर खोजिगर्दा मलाई मानवीले चिठ्ठी लेखेकि थिई भने लुकाएर राख्न सक्ने त्यहि आँपको रुखमा यौटा ठाउँ भएको सम्झना भयो तर त्यसबखत म त्यहाँ गएर त्यो चिठ्ठी छ होला भन्न पनि सक्दिनथिएँ र गएर खोज्न पनि सक्दिनथिएँ । सानैदेखि चढेर हाँगाहाँगा नाच्ने गरेको त्यो आँपको रुखमा यौटा गोप्य टोड्को पत्ता लगाएका थियौं मानवी र मैले । हामी सानोमा के के कुराहरु लुकाएर राख्ने पनि गर्थ्यौं त्यो टोड्कोमा । मलाई त्यो टोड्कोमा गएर हेर्ने छट्पटि भैरह्यो र म उपयुक्त अवसरको ताकमा बस्न थालेँ ।

मानवीको सदगत भैसकेपछिको केहिदिनमा मानवीका बाबाले त्यो आँपको रुख ढाल्ने निर्णय गरे । कोरामा बस्नेलाई राती रुङ्न आउने छिमेकिहरुले पनि त्यस्तै सल्लाह दिएका थिए । त्यो आँपको रुख मेरो घरको नजिक भएपनि मानवीकै बारीमा पर्थ्यो । डरले गर्दा त्यो आँपको रुखमा गएर टोड्कोमा केहि छ कि हेर्न सकिरहेको थिईनं तर त्यसलाई ढाल्ने कुरा उठेपछि मैले अबिलम्ब त्यो टोड्कोमा हेर्नैपर्छ भन्ने सोचेको थिएँ ।

त्यहिरात म मौका पारेर आँपको रुखमा गएँ । त्यसैपनि मानवीको झुण्डिरहेको शरिर आँखा अगाडी हरबखत झुलिरहन्थ्यो र मलाई भित्रदेखि डर लागेर आउँथ्यो । मानवीको आत्मा त्यहि रुखमा बसेको भए भूत बनेर मलाई मार्न आउने हो कि भन्ने ठुलो त्रास हुँदाहुँदै पनि म खै कस्तो आँटले त्यो रुखमा चढेर अँध्यारोमै टोड्कोमा हात छिराएँ । नभन्दै टोड्कोमा मैले पट्याएर राखेको यौटा कागज फेला पारें । यो मानवीले नै राखेको हो र चिठ्ठी नै लेखेर राखेको हो भन्ने कुरामा मलाई कुनै शंका थिएन । सायद उसले मर्नु अगाडी मलाई नभेटेका बेलामा भएका कुराहरु लेखेकि छे या हुनसक्छ कुनैदिन अर्जुन फर्किएर आएछ भने उ म मार्फत अर्जुनलाई कुनै खबर् छोड्न चाहन्छे । त्यो कागज बोकेर घर आउँदा सम्म म त्यसमा लेखिएको हुनसक्ने कुराहरु अनुमान गर्दैथिएँ ।

त्यसरात बाबा मानवीकै घरमा कोरामा बस्नेलाई रुङ्न जानुभएको थियो । घरमा बाँकि रहेका सबै निदाईसकेका भएपनि मैले श्वास दबाएर पढेको थिएँ त्यो चिठ्ठी । त्यहि चिठ्ठीले त मलाई बिक्षिप्त बनाएको थियो । लगभग पागल भएको थिएँ म । र घरमा बस्न नसकेर मानवी मरेको महिनादिन नबित्दै घर छोडेर हिँडेको थिएँ । भलै हिंड्नलाई पढ्न जाने बाहाना थियो तर कारण मानवीकै आत्महत्या थियो र आज तेह्र वर्षपछि बल्ल फर्केको थिएँ यो ठाउँमा म । त्यसबेला त्यो चिठ्ठी पढेर म आफैंले पनि झण्डै आत्महत्या गरेको थिएँ । त्यस चिठ्ठीमा लेखिएको थियो –

दीपक,

तिमीले दिएको त्यत्रो आड भरोसाले पनि मैले आफुलाई भोलीको दिनमा खुसी देख्न सकिंन । आफ्नै जन्मदिने बाबाआमाले समेत बात बातमा यस्ता त मर्नु नि बरु भनेको सुन्दा सुन्दा मलाई अब मर्नुभन्दा अर्को बिकल्प छ जस्तो लाग्दैन । मैले तिमीसँग बिहे नै गरेँ भनेपनि म बाँच्न त सकुँला तर जिन्दगी खुसी भएर बिताउन गाह्रो हुन्छ । हामी कहाँ जान्छौ? के गर्छौ? घरमा कहिले पनि हाम्रो बिहे स्वीकार्य हुँदैन । यस्ता कुराहरु सम्झँदा म जिन्दगीमा कतै पनि उज्यालो देख्दिनँ । त्यसैपनि तिमी म भन्दा पाँच वर्ष कान्छो मान्छेलाई आफ्नो लोग्नेको रुपमा कल्पना सम्म गर्न सक्दिंन म नत्रभने आफुले गरेको गल्तिमा बिनाबित्थामा अर्जुनलाई मुछ्दै झुठा कहानी किन रच्नु पर्थ्यो?

हो दीपक, अर्जुनको कहानी मैले त्यसै रचेको काल्पनिक कहानी थियो । मेरो पेटमा त तिम्रै बच्चा हुर्किंदैथियो तर हेरन मलाई यो कुरा तिमीलाई पहिले नै भनेर या घरका मान्छेलाई तिम्रो हो भनेर तिमीलाई तकलिफमा पार्न कत्ति पनि मन भएन । बदनाम त म जसै गरेपनि भैसकेकि थिएँ तिमीलाई पनि किन बदनामीको कालो दाग लगाउनु भन्ने लाग्यो मलाई । त्यसैले धेरैदिन सोचेर मैले बेपत्ता भएको अर्जुनलाई दोष लगाएँ । बिचरा! उ जिउँदो छ कि मरिसक्यो त्यो पनि थाहा छैन । मरिसकेको रहेछ भने उसको आत्माले मेरो मजबुरि बुझेर मलाई माफ देवोस्………..साँच्चि त म पनि मरिसकेको हुनेछु त्यसबेला त…………. उसको आत्माले मेरो आत्मालाई माफी देवोस् । यदि उ जिउँदै रहेछ र कुनैदिन फर्केर आएछ भने उसलाई मैले बदनाम बनाउनु परेको यो कथा तिमीले सुनाएर सम्झाईदिनु उसलाई ।

मेरो साथी, तिमीले मेरो मृत्युमा शोक नगर्नु ल? यो सब मेरै कारणले भएको हो । यो सब हुनुमा म एक्लै जिम्मेवार छु र जे भोग्न गैरहेकि छु त्यसको योग्य हकदार पनि म एक्लै हुँ । यतिबेला मलाई तिम्रो बाहेक अरु कसैको पनि माया लागेको छैन । आफ्नै पनि माया लागेको छैन ।

तिमी सुखी रहनु ल मेरो साथी । मलाई बिदा देउ ।

सदबिदा
मानवी